भक्तपुरको चाँगुनारायण क्षेत्र उच्च विपद् जोखिममा
०८ माघ २०८०
•
३ मिनेट पाठ
भक्तपुरको चाँगुनारायण क्षेत्र उच्च विपद् जोखिममा
भक्तपुरको चाँगुनारायण नगरपालिका क्षेत्र विपद्को उच्च जोखिममा रहेको जनाइएको छ। यही कारण नगरपालिकाले विपद् व्यवस्थापन सक्रिय बनाएकाे छ। 




साथै वडा स्तरमा स्थानीय विपद् व्यवस्थापन समिति समेत गठन गरिएकाे छ। यस नगरपालिका क्षेत्रमा वडा ९ वटा वडाहरु रहेका छन्।

नगरपालिकाले सबै वडामा विपद् उद्धारका २६ प्रकारका सामाग्री सुरक्षित रुपमा राख्ने कार्य गरिएको जनाएको छ। साथै विपद्का वेला उद्धार गर्ने दस्तालाई समेत तालिम दिएर तयार पारेकाे छ।

नगर प्रमुख जीवन खत्रीले विपद् व्यवस्था ऐन समेत निर्माण गरिसकेको जनाए। नगरपालिकाले जुनसुकै बेला आइपर्ने विपद्का समयमा आर्थिक समस्या नहोस् भनेर तीन करोड रुपैयाँ बराबरको विपद् व्यवस्थापन कोषसमेत स्थापना गरेको नगर प्रमुख खत्रीले बताए।

उनका अनुसार विपद्बाट हुने क्षति कम भन्दा कम गर्ने उद्देश्यले रणनीतिक कार्ययोजना निर्माण गरिएको छ भने गाउँ वडातहसम्म पनि तालिमको व्यवस्था गरिएको छ। विपद् व्यवस्थापनकै लागि नगरपालिकाले चालु आर्थिक वर्षमा २८ वटा योजना अघि बढाएको उनले जानकारी दिए।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुरामणि पन्थीले विपद्का समयमा उद्धार तथा राहतका लागि काम गर्ने स्वयंसेवक दस्ता तयार गर्न लागेको जानकारी गराए।

नगरपालिकाको विपद् व्यवस्थापन समितिका संयोजक एवं चाँगुनारायण नगरपालिका वडा नं-२ का अध्यक्ष सोम प्रधानले चाँगुनारायणका ५, ६, ७ र ८ नं. वडामा बढी विपद्को जोखिम रहेको बताए। उनले नगरवासीहरूबाट प्राप्त हुने सुझावका आधारमा विपद्का क्षेत्रमा आगामी वर्षको कार्यक्रम तयार गरिने जनाए।

चाँगुनारायण नगरपालिकाका विपद् व्यवस्थापन विज्ञ दिनेश थापाले नगरपालिकाले विपद् व्यवस्थापनका क्षेत्रमा विभिन्न कार्यहरू गरेर विपद् जोखिमको न्यूनीकरणमा काम गरिरहेको जानकारी गराए। 

नेपाल रेडक्रस सोसाइटीका उपनिर्देशक शिवराम गौतमले चाँगुनारायण नगरपालिकाजस्तै अन्य नगरपालिकालाई समेत विपद्का क्षेत्रमा काम गर्नका लागि झकझक्याउनुपर्नेमा जोड दिए।

सम्भावित जोखिमको न्यूनीकरणका लागि नगरपालिकाले वडा स्तरीय विपद् व्यवस्थापन समिति गठन तथा पुनर्गठन, नगर स्तरीय आपत्कालीन कार्यसञ्चालन केन्द्रको स्थापना, स्थानीय विपद् व्यवस्थापन कोष स्थापना  (३ करोड), दमकल तथा एम्बुलेन्स सञ्चालन, नगर स्तरमा रहेको खुल्ला स्थान पहिचान एवं नक्सांकन, उद्धार सामग्रीहरु भण्डारण (नगरपालिकाको सभाहल हेल्मेट डाँडा), सुरक्षित आश्रयस्थल निर्माण  (नगरपालिकाको सभाहल हेल्मेट डाँडा) र डकर्मी तालिम, समिति तथा कर्मचारीहरुलाई विपद् जोखिम न्यूनीकरण सम्बन्धी प्रशिक्षण, तालिम प्राप्त २३ जना डकर्मी जनशक्ति तयारी अवस्थामा राखिएको, प्रत्येक वार्डमा १० जनाका दरले खोज तथा उद्धार कार्य दल गठन गरिएको, वडागत रुपमा आधारभूत खोज तथा उद्धारका सामग्रीहरु भण्डारणमा रहेको नगरपालिकाले जनाएको छ।

विपद् व्यवस्थापन सामाग्री हस्तान्तरण

भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सरेन्द्र श्रेष्ठको नेतृत्वमा सशस्त्र प्रहरी बल २२ नम्बर गण, भक्तपुर तथा नेपाली सेना भैरव बहान गुल्म, गठ्ठाघरलाई सोमबार एक कार्यक्रमबिच विपद् व्यवस्थापन सामाग्री हस्तान्तरण गरिएको छ।

मध्यपुर थिमि नगरपालिकाको कार्यालय मध्यपुर थिमिमा भएको कार्यक्रममा नगर उपप्रमुख विजयकृष्ण श्रेष्ठ, प्रवक्ता कृष्णहरि आचार्यलगायतका विशिष्ट व्यक्तिहरु सहभागी रहेका थिए। 

विपद् व्यवस्थापन सामाग्रीका रुपमा विपद् व्यवस्थापनका लागि आवश्यक पर्ने विभिन्न सामानहरु रहेका थिए।
अर्को समाचार
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
२२ मिनेट अघि
•
१ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
काठमाडौंमा खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।




जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा ५६७ किलो बाख्रीको मासु दुई वटा गाडीमा लोड गरिरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले बा ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सिन्धुलीका ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुका ३२ वर्षीय करण बानियाँ, ललितपुरका ५० वर्षीय मनोज थापा, धादिङका २६ वर्षीय सनम तामाङ र २२ वर्षीय राजु लामा छन्।

त्यस्तै, काभ्रेपलान्चोकका २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाका २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलान्चोककै २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन्।

प्रहरीले पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ४४ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस