लामो दुरीकाे सवारी साधनमा दोस्रो चालकको सट्टा ‘सय-पचास’
०८ माघ २०८०
•
४ मिनेट पाठ
लामो दुरीकाे सवारी साधनमा दोस्रो चालकको सट्टा ‘सय-पचास’
लामो दुरीका सवारी साधन बढी दुर्घटना हुन थालेपछि चालकमा थकान र उनीहरू निदाउनुलाई प्रमुख कारण मानियो। फलतः ट्राफिक प्रहरीले लामो दुरीका सवारी साधनमा अनिवार्य दुई चालक हुनुपर्ने व्यवस्थालाई कडाइका साथ लागु गर्ने निर्णय गर्‍यो। त्यसो त, यो व्यवस्था सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मै व्यवस्था छ। यो ऐनको को दफा १०४ मा लामो दूरीमा चल्ने सार्वजनिक सवारीमा कम्तीमा दुई चालक अनिवार्य राखी चालक परिवर्तन भएर सवारी साधन चलाउनु पर्ने भन्ने उल्लेख छ।




यो नियमलाई कडाइका साथ लागु गर्ने भनिए पनि अहिले लामो दुरीका अधिकांश सवारी साधन भने एकल चालकले हाँक्दै आएका छन्। दुई चालक राख्दा खर्च धान्न नकिने भन्दै लामो दुरीका सवारी साधन धनीहरूले एक मात्रै चालक राख्ने गरेको बताउँछन्। ‘दुई चालक राखेर सवारी साधन कुदाउँदा खर्च धान्न सकिन्न,’ एक सवारी साधन धनीले भने ‘अहिले गाडी लाइनमा कमाई निकै न्यून छ, घाटामा रहेका बेला दुई जना चालक राखेर कसरी गाडी कुदाउन सकिन्छ?’

एक जना चालकले लामो दुरीका सवारी साधन हाँक्नुलाई प्रहरी गलत भन्छ। तर दुई जना चालक अनिवार्य लागु गर्न पनि सकिरहेको छैन। ‘मुस्किलले एकाध बसहरूमा दुई जना चालक होलान्,’ दाङदेखि काठमाडौँ चल्ने एक रात्रि बसका यातायात मजदुरले भने ‘दुई जना चालक राख्ने भन्ने त नियममा मात्रै हो, सबै बसहरूमा एक जना चालकले मात्रै हाँकिरहेका छन्।’ ट्राफिक प्रहरीले केही स्थानमा लामो दुरीका सवारी साधनमा दुई जना चालक भए नभएको चेकजाँच गर्छन्।

तर दुई चालकहरू अनिवार्य राख्नका लागि दबाब दिँदैनन्। सानो तिनो रकममै कुरा मिलिहाल्छ। ‘कुनै कुनै ठाउँमा दुई जना चालक बारे सोधी खोजी हुन्छ,’ ती बसका मजदुरले भने ‘अर्को ड्राइभरको सट्टा पचास÷सय रुपैयाँ दिएपछि कुरो मिलिहाल्छ।’ ती मजदुरको बसमा पनि एकल चालक छन्। दुई जना चालक सोधी गर्ने ट्राफिक प्रहरीलाई उनले कैयन पटक सय÷पचासमै कुरो मिलाउँदै आएको बताउँछन्। ‘हाम्रो बसमा एक जना मात्रै चालक हुनुहुन्छ,’ उनले भने, ‘अर्को चालक खोजेपछि सौ पचास दिए काम चल्छ, हामीले लामो समय देखि यही गर्दै आएका छौँ।’

नेपालगन्ज देखि काठमाडौँ चल्ने एक बसका मालिकले पनि आफ्नो बसमा एक जना चालक मात्रै राखेका छन्। उनलाई पनि लामो दुरीका सवारी साधनमा दुई चालक राख्नु पर्ने नियम बारे थाहा त छ। तर उनी भन्छन्, ‘दुई चालक राखेपछि खर्च कसरी धान्ने? खर्च धान्नै सकिन्न, अहिले गाडी लाइनमा आम्दानी नै छैन।’ तर राजमार्गमा हुने प्रहरी चेकजाँचमा दुई चालक बारे सोधी हुन्छ। यी मालिकले पनि अर्का चालकको सट्टा सय÷पचासको नोट दिन्छन् र गन्तव्य तर्फ जान छुट मिलिहाल्छ। ‘दुई चालक राख्न सकिने अवस्था छैन, एकै चालकले नै गाडी कुदाउने हो,’ उनले भने ‘बाटोमा हुने चेकजाँचका क्रममा हामीले दुई जना चालक देखाउन सक्ने कुरै भएन, अनि सौ पचास दिएर छुट्टी पाउँछौँ, हाम्रा अर्का चालक भनेकै सौ÷पचासका नोट बन्दै आएका छन्।’

कतिपय लामो दुरीका सवारी साधनमा त चालक एकै हुन्छन् तर चालक अनुमति पत्र भने दुई वटा हुन्छन्। दोस्रो चालक अनुमति पत्र देखाएर कैयन सवारी साधन सजिलै चेकजाँचबाट उन्मुक्ति पाउँछन्। यस्ता लामो दुरीका सवारी साधनहरूमा चालक सँगै सहचालक वा कन्डक्टरको पनि सवारी चालक अनुमति पत्र हुन्छ। प्रहरीले चेकजाँचका क्रममा सोधी खोजी गरे यस्ता यातायात व्यवसायीहरूले उनै कन्डक्टर वा सहचालकको सवारी चालक अनुमति पत्र देखाउने गर्छन्। तर सवारी अनुमति पत्रधारी यस्ता सहचालक तथा कन्डक्टरहरु बस हाँक्न अनुभवी भने हुँदैनन्। ‘कुनै गाडीका खलासी वा कन्डक्टरहरुको पनि लाइसेन्स हुन्छ, यी लाइसेन्स चेकजाँचका क्रममा मात्रै काम लाग्छन्,’ ती बस मालिकले भने ‘लाइसेन्स भएका कन्डक्टर तथा सहचालकहरु सबै गाडी कुदाउने अनुभवी हुँदैनन्, उनीहरूको हात बसेकै हुँदैन, फलतः उनीहरूलाई सवारी साधन चलाउन दिए दुर्घटनाको झनै जोखिम हुन्छ।’

यता यातायात व्यवसायी तथा मजदुरहरूले भने जस्तो चेकजाँचमा फितलो नभएको ट्राफिक प्रहरी दाबी गर्छ। काठमाडौँ भित्रने हरेक लामो दुरीका सवारी साधनमा दुई चालक भए नभएको बारे नागढुंगामा नियमित कडाइका साथ चेकजाँच भइरहेको ट्राफिक प्रहरी दाबी गर्छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले नागढुंगामा कडाइका साथ चेकजाँच भइरहेको र सबै सवारी साधनहरूमा दुई जना चालक रहेको दाबी गरे। ‘काठमाडौँ उपत्यका भित्रने लामो दुरीका सबै सवारी साधनहरूमा दुई जना चालक भए नभएको बारे नागढुंगामा कडाइका साथ चेकजाँच भइरहेको छ,’ प्रवक्ता भट्टले भने ‘यो चेकजाँचका क्रममा सबै सवारी साधनमा दुई चालक रहेको र उनीहरूले पालैपालो सवारी साधन चलाएको देखिन्छ।’

प्रहरीका अनुसार २ सय ६० किलोमिटरको दुरी देखि बढी दुरीमा चल्ने सवारी साधनहरूलाई लामो दुरीका सवारी साधन मानिन्छ। यो दुरीमा चल्ने सवारी साधनहरू सबैले अनिवार्य रूपमा दुई सवारी चालकहरू हुनुपर्ने र उनीहरूले पालैपालो सवारी चलाएको देखिनु पर्ने हुन्छ।

यता नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले हरेक सवारी साधनहरुएकै चालकले नभएर पालैपालो चलाउने व्यवस्था रहेको दाबी गर्छ। महासङ्घका सल्लाहकार सुरेश हमालले सवारी साधनमै रहने दक्ष जनशक्तिबाट पालैपालो सवारी साधन चलाउने व्यवस्था रहेको बताए। ‘भत्ता खाने गरेर छुट्टै अर्को चालकको व्यवस्था छैन, तर सवारी साधनमा रहने हेभि लाइसेन्सधारी जनशक्ति सहचालक वा परिचालकहरू हुन्छन्, चालक र सहचालक वा कन्डक्टरले पालैपालो सवारी साधन चलाइरहेको अवस्था देशैभरी छ।’ एकल चालक हुँदा चालक थाक्ने, वा निदाउने समस्या रहने हुँदा दुर्घटनाको जोखिम हुने भएकाले सवारी साधन सञ्चालन अनिवार्य रूपमा दुई जनाले पालैपालो चलाउनु पर्ने नियमलाई कडाइका साथ लागु गरिएको पनि उनले बताए। 
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
१ घण्टा अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
यो पनि पढौँ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस