न्यूरोडका लागि पार्किङको विकल्प खोज्दै महानगर
११ माघ २०८०
•
३ मिनेट पाठ
न्यूरोडका लागि पार्किङको विकल्प खोज्दै महानगर
काठमाडौंको प्रमुख व्यापारिक केन्द्र न्यूरोड क्षेत्रको सडकमा पार्किङ पूर्णतः निषेध गर्ने काठमाडौँ महानगरपालिको निर्णयले सो क्षेत्रका व्यापारी आन्दोलित छन्। महानगरले बन्दै गरेको धरहरासहित सुन्धाराको सञ्चय कोष भवनलाई पार्किङको विकल्पका रूपमा लिएको छ।




राजधानीकै प्रमुख व्यापारिक क्षेत्रबाट पार्किङ हटेपछि सो क्षेत्रको व्यापारमा असर पर्ने भन्दै व्यापारी आन्दोलनमा उत्रिएका छन्। महानगरका सहायक प्रवक्ता दीपक अधिकारीले विकल्पको रूपमा नयाँ सडक वरपरका विभिन्न स्थानमा पार्किङका लागि व्यवस्था गर्न लागिएको जानकारी दिए।

प्रवक्ता अधिकारीले भन्छन्, ‘बन्दै गरेको धरहरा, पिपल्स प्लाजा, आरबी कम्पलेक्स, ताम्राकार हाउस, रञ्जना कम्पलेक्स, विशालबजार, वीर अस्पताल, आर्मी भवन र सुन्धाराको सञ्चय कोष भवन विकल्पका रूपमा छन्। यी स्थानमा पार्किङका लागि महानगरले छलफल गरिरहेको छ।’

धरहराको पार्किङ एक महिनाभित्र सञ्चालन गर्ने र सञ्चय कोष भवनको पसल हटाएर पार्किङ बनाउनका लागि पत्राचार गरिएको सहायक प्रवक्ता अधिकारीले जानकारी दिए। 

उनले भने, ‘तत्कालका लागि नयाँ सडक जान खोजेका सवारीसाधनका धनीलाई काठमाडौँ टावर (साबिक पुरानो बसपार्क) ठाउँमा तीन सय चारपाङ्ग्रे सवारीसाधन र सात सय दुई पाङ्ग्रे सवारीसाधनलाई निःशुल्क पार्किङको सुविधा उपलब्ध गराएका छौँ। सञ्चय कोष भवनको पार्किङ खोल्न व्यवसायीसँग छलफल गरिरहेका छौँ।’

सहायक प्रवक्ता अधिकारीले नयाँ सडकमा पार्किङको व्यवस्था गर्न ‘ह्वील टुल्स प्रालि’ नामक कम्पनीसँग पाँच वर्षका लागि भएको सम्झौताको समय सकिएपछि अब नवीकरण नगर्ने निर्णय भएको जानकारी दिए।

महानगर प्रहरी बलका प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले कर्मचारी सञ्चय कोषले पार्किङ भनेर नक्सापास गराएर व्यापारिक प्रयोजनका लागि सटर भाडामा दिएको आरोप लगाए।

उनले भने, ‘सरकारी निकायले महानगरको काममा सहयोग गर्नुपर्ने हो। आफ्नो भवन आफैँले खाली गर्नुपर्ने हो। तर कोषले पार्किङ प्रयोजन भनेर नक्सापास गराउने अनि व्यापारीलाई भाडामा दिने काम गरिरहेको छ।’

एक वर्ष पहिले महानगरले कर्मचारी सञ्चय कोष भवनका व्यापारीलाई पसलको अन्य स्थानमा विकल्प खोज्न समय दिए पनि व्यापारीले सुनवाइ नगरेको महानगर प्रहरी प्रमुख पाण्डेले गुनासो गरे। अदालतले पार्किङ बनाउनुपर्छ भन्ने निर्णय गरे पनि पसल हटाउन कर्मचारी सञ्चय कोषले सहयोग नगरेको उनको आरोप छ।

महानगरपालिकाले मङ्गलबारदेखि लागू हुने गरी धर्म पथ, जुद्ध सालिकबाट इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्रे सडकमा पार्किङ निषेध गरेको थियो। 

उक्त क्षेत्रका व्यवसायीले महानगरले व्यवसायीसँग समन्वय र पार्किङको विकल्पबिना एकतर्फी रूपमा निर्णय गरेको भन्दै तत्काल निर्णय फिर्ता लिन माग गरिरहेका छन्। व्यवसायीले स्थानीय सामाजिक, व्यावसायिक सङ्घसंस्था र सरोकारवाला सम्मिलित सङ्घर्ष समिति बनाएर सडक आन्दोलन गरिरहेका छन्।

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका संस्थापक अध्यक्ष नरेश कटुवालले महानगरले सरोकारवालासँग परामर्श नगरी एकोहोरो रूपमा पार्किङ निषेधको निर्णय गरेको बताए। 

उनले भने, ‘पार्किङ हटाउने निर्णयले व्यवसायी, स्थानीय तथा सेवाग्राही अन्यायमा परेका छन्। अहिले न्यूरोडको व्यावसायिक भविष्य सङ्कटमा देखियो। विकल्प नदिई पार्किङ निषेधित गर्नु न्यूरोड क्षेत्रका व्यवसायीलाई धराशायी र विदेश पलायन गराउनु हो।’

नेपाल उद्योग वाणिज्य सङ्घ काठमाडौँका अध्यक्ष दिनेश श्रेष्ठले देशभरको व्यापारिक मुटु न्यूरोडमा महानगरपालिकाले पार्किङ निषेधित क्षेत्र घोषणा गर्नु गलत भएको बताए। उनले व्यापारीले सामान ओसारपसार गर्न र सामान किन्न आउने ग्राहकलाई के जवाफ दिने भन्ने समस्या भएको बताए। 

पार्किङको व्यवस्था गरेर मात्रै निषेधित क्षेत्र घोषणा गर्नुपर्ने उनले बताए। अध्यक्ष श्रेष्ठले भने, ‘तीन–चार सय सवारीसाधनका लागि पार्किङ व्यवस्था गरेर हुँदैन। न्यूरोडमा दैनिक हजारौँ सवारीसाधन आउजाउ गर्छन्। त्यसको दीर्घकालीन व्यवस्था गरेर मात्रै महानगरले ‘नो पार्किङ’ को निर्णय गर्नुपर्ने हो।’
अर्को समाचार
ट्रक र पिकअप ठोक्किँदा एक जनाको मृ’त्यु
३३ मिनेट अघि
•
१ मिनेट पाठ
ट्रक र पिकअप ठोक्किँदा एक जनाको मृ’त्यु
नवलपुर। पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–१ स्थित होङ्सी गेटमा ट्रकको ठक्करबाट पिकअप चालकको मृत्यु भएको छ।




सडक किनारमा रोकेर टायर फेर्दै गरेको बा प्र ०१–०३० च १०९७ नम्बरको पिकअपलाई गैँडाकोटबाट बुटवलतर्फ जाँदै गरेको बा प्र ०६–००१ ख ०४५० नम्बरको ट्रकले आज दिउँसो पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका पिकअप चालक मकवानपुरको हेटौँडाका ३० वर्षीय अमर देउलाको उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटनापछि उद्धार गरी मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा पुर्‍याइएका देउलालाई चिकित्सकले मृत घोषणा गरेका थिए।

ठक्कर दिने ट्रक र त्यसका चालक मकवानपुरको मनहरि गाउँपालिका–५ का ३० वर्षीय खुसिलाल घलानलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घलानविरुद्ध सवारी ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्न जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको प्रहरी नायब उपरीक्षक पण्डितले बताए।
झोला बोकेर सिंहदरबार गेट पुगे जेनजीका आफन्त, माग पूरा नभएसम्म अनशन बस्ने (तस्बिरसहित)
फोटो फिचर
Clock २ मिनेट अघि | १ मिनेट पाठ
झोला बोकेर सिंहदरबार गेट पुगे जेनजीका आफन्त, माग पूरा नभएसम्म अनशन बस्ने (तस्बिरसहित)
गत वर्षको ‘जेनजी आन्दोलन’का क्रममा पक्राउ परेका प्रदर्शनकारीको विनासर्त रिहाइको माग गर्दै उनीहरूका आफन्त सिंहदरबार दक्षिण गेट अगाडि धर्नाम...
Whatsapp
कानुन निर्माणमा निजी क्षेत्रका समस्या र आवश्यकतालाई  प्राथमिकता दिन्छौँ : सभामुख अर्याल
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
कानुन निर्माणमा निजी क्षेत्रका समस्या र आवश्यकतालाई प्राथमिकता दिन्छौँ : सभामुख अर्याल
उनले निजी क्षेत्र, व्यापारी, व्यवसायी तथा उपभोक्ताको हितलाई ध्यानमा राखेर कानुन निर्माण गर्नुपर्नेमा जोड दिए।
Whatsapp
चीनले गर्यो अन्तरिक्षमा चार नयाँ उपग्रहको सफलतापूर्वक प्रक्षेपण
अन्तर्राष्ट्रिय
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
चीनले गर्यो अन्तरिक्षमा चार नयाँ उपग्रहको सफलतापूर्वक प्रक्षेपण
चीनले आइतबार चार नयाँ उपग्रह अन्तरिक्षमा सफलतापूर्वक प्रक्षेपण गरेको छ।
Whatsapp
अब नेता फकाउने होइन, जनता फकाउने हो : वरिष्ठ उपसभापति शर्मा
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
अब नेता फकाउने होइन, जनता फकाउने हो : वरिष्ठ उपसभापति शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले आफूहरू अब नेता फकाउनेतर्फ भन्दा जनता फकाउनेतर्फ लागेको बताएका छन्।
Whatsapp
ट्रक र पिकअप ठोक्किँदा एक जनाको मृ’त्यु
समाज
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
ट्रक र पिकअप ठोक्किँदा एक जनाको मृ’त्यु
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–१ स्थित होङ्सी गेटमा ट्रकको ठक्करबाट पिकअप...
Whatsapp
१३२ केभीको चोभार सबस्टेसन सञ्चालनमा
समाज
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
१३२ केभीको चोभार सबस्टेसन सञ्चालनमा
काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ, भरपर्दो र गुणस्तरीय बनाउन महत्वपूर्ण मानिएको चोभार सबस्टेसन सञ्चालनमा आएको छ।
Whatsapp
यो पनि पढौँ
पोखराको मेयर बन्ने लक्ष्यसहित राजनीतिमा आए र्‍यापर जेम्सी
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
पोखराको मेयर बन्ने लक्ष्यसहित राजनीतिमा आए र्‍यापर जेम्सी
उनी आइतबार उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका हुन्। पार्टी प्रवेशसँगै उनले आगामी स्थानीय तहको निर्वाचनमा पोखरा महानगर...
Whatsapp
सुकुमबासीको समस्या पेचिलो बन्दै : सरकार भन्छ उठेर जाऊ, सुकुमबासी भन्छन् जाँदैनौँ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुकुमबासीको समस्या पेचिलो बन्दै : सरकार भन्छ उठेर जाऊ, सुकुमबासी भन्छन् जाँदैनौँ
भक्तपुरको मध्यपुर थिमि नगरपालिका बोडेस्थित होल्डिङ सेन्टरमा आश्रय लिएर बसेका विस्थापित सुकुमबासी परिवार र सरकारबीचको विवाद थप पेचिलो बन्दै गएको छ।
Whatsapp
इरानले अमेरिकी सेनाविरुद्ध स्टारलिंक प्रयोग गरेको खुलासा भएपछि रिसाए एलन मस्क
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इरानले अमेरिकी सेनाविरुद्ध स्टारलिंक प्रयोग गरेको खुलासा भएपछि रिसाए एलन मस्क
अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि इरानले अमेरिकी सेनाविरुद्धको सैन्य अभियानमा स्पेसएक्सको स्टारलिंक स्याटेलाइट इन्टरनेट सेवा प्रयोग गरेको...
Whatsapp
नेपाल एक्सेसिबिलिटी समिट भोलिदेखि पोखरामा, १० देशका चार सय बढी सरोकारवाला सहभागी हुने
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
नेपाल एक्सेसिबिलिटी समिट भोलिदेखि पोखरामा, १० देशका चार सय बढी सरोकारवाला सहभागी हुने
पोखरामा सोमबारदेखि नेपाल एक्सेसिबिलिटी समिट हुने भएको छ।
Whatsapp
ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल : अश्माङ्क च्याम्पियन, महिलातर्फ अञ्जिला विजेता
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल : अश्माङ्क च्याम्पियन, महिलातर्फ अञ्जिला विजेता
गोकर्ण गल्फ क्लबमा आयोजित ‘ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल २०२६’ को उपाधि अश्माङ्क कार्कीले जितेका छन्।
Whatsapp
काठमाडौंका स्पा सेन्टरमा प्रहरीको छापा, १३ महिलासहित १४ जना नियन्त्रणमा
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंका स्पा सेन्टरमा प्रहरीको छापा, १३ महिलासहित १४ जना नियन्त्रणमा
व्यावसायिक तथा सार्वजनिक मर्यादाविपरीत गैरकानुनी गतिविधि हुने गरेको सूचनाका आधारमा प्रहरीले विभिन्न स्थानका स्पा सेन्टरमा चेकजाँच गरेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस