विशेष अदालतले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षित मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेललाई ७ दिन थुनामा राख्ने अनुमति दिएको छ।
विशेष अदालतका अध्यक्ष एवं न्यायाधीश टेकनारायण कुँवर, न्यायाधीशहरु तेजनारायण सिंह राई, मुरारीबाबु श्रेष्ठको इजलासले अनुसन्धानका लागि थुनामा राख्ने आदेश गरेको हो।
आफूहरूलाई पक्राउ गर्न नमिल्ने र म्याद थप समेत गर्नु कानुन विपरीत भएको दाबी गरेका थिए। विशेष अदालत पुराइएका पौडेल द्वयले कानुन व्यवसायी राखेर बहस गर्नुपर्ने माग राखेका थिए। त्यसपछि विशेष अदालतले दुवै पक्षबाट बहस गराएपछि हिरासतमा राख्ने आदेश गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हिजो बुधबार दुवै जनालाई अनुसन्धानका लागि भन्दै नियन्त्रणमा लिएको थियो।