भक्तपुरमा मनाइयो ‘माटाका भाँडा फुटाउने’ पर्व
११ माघ २०८०
•
२ मिनेट पाठ
भक्तपुरमा मनाइयो ‘माटाका भाँडा फुटाउने’ पर्व
छ्याला पुन्हीको दिन बिहीबार भक्तपुरको चोक चोकमा फुटाइराखेका माटाका भाँडाकुँडा।
कला, संस्कृति, जात्रा, पर्व, परम्परा, चालचलन, रहनसहन आदि इत्यादिले जीवन्त सहर भक्तपुरमा बिहीबार एउटा यस्तै अच्चमलाग्दो दृश्य देखियो, त्यो हो चोक चोकमा माटोको भाडा फुटाइएकाे।




विशेष गरी भक्तपुर नगरपालिका क्षेत्रभित्रका चोक चोकमा बिहानदेखि जताततै सयौं ठाउँहरूमा माटोको भाडा फुटाइराखेको दृश्य देखियो। प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमाको दिन यसरी नै स्थानीयले घरमा भएका पुराना र काम नलाग्ने चर्किएका माटाका भाँडा नजिकको चोकमा ल्याएर फुटाउने चलन छ। यसलाई स्थानीय नेपाल भाषामा छ्याला पुन्ही वा मिला पुन्ही (पूर्णिमा) भनिन्छ।

भक्तपुरकी रामलक्ष्मी प्रजापति अरु सबै पर्वमा भोज खाने परम्परा रहे पनि यो पर्व भने विना भोज मनाउने विशेष पर्व रहेको सुनाउँछिन्। उनका अनुसार प्रत्येक वर्ष भक्तपुर नगरका स्थानीयहरु पूर्णिमाको दिन यसरी नै घरमा रहेका माटाका भाँडाकुँडा नजिकको चोकमा फुटाउन लगेर पूर्णिमा मनाइन्छ।

उनका अनुसार अहिले पनि भक्तपुर नगरभरिका चोक चोकमा यो दृश्य जस्ताको तस्तै देख्न पाइन्छ। परम्परा अनुसार एकाबिहानै विशेष गरेर महिलाहरुले घरमा काम नलाग्ने घ्याप्पो, घैँटो, फिल्टर, कप, बाटा, तपेसलगायतका पुराना माटाका भाँडाकुँडा फुटाउन लग्छन्।

जानकारहरुका अनुसार भक्तपुरमा मनाइने पर्व दुई थरीका हुन्छन्, एउटा भोज खाने र अर्को नखाने। त्यस अनुसार छ्याला पुन्हीको दिन कुनै पनि घरमा भोजको कुनै पनि परिकार पाक्दैन र खाँदैनन् पनि। मात्रै भाँडा फुटाउन लगेर पर्व मनाइन्छ।

संस्कृतिविद् डा. इन्दुल केसीका अनुसार विशेष गरी नेवार समुदाय माटाका भाँडा वर्षमा एक पटक फाल्न लाने र एकपटक भित्राउने परम्परा छ। छ्याला पुन्हीको दिन फाल्न लाने र दसैँमा भित्राउने परम्परा रहेको उनी सुनाउँछन्।

उनका अनुसार पुरानो चर्के फुटेको भाँडा घरमा राखिराख्दा अशुभ हुने जनविश्वासका साथ वर्षमा एक पटक छ्याला पुन्हीको दिन पुराना भाँडा चोकमा फाल्ने गरिन्छ। पर्वलाई जीवन्तता दिन सके एकातिर परम्परागत भाँडाकुँडा बनाउने पेशा जगेर्ना हुने र अर्कोतिर संस्कृति जीवन्त हुने उनको विश्वास छ। नेवार समाजको सभ्यताको सुरुवातदेखि नै यो प्रचलन चल्न थालेको उनी जनाउँछन्।

नेवार बस्तीभित्र साधारणतया दोबाटो वा चौबाटोमा ’छ्वास’ (फाल्ने चोक) बनाइएको हुन्छ। हरेक चाडपर्वमा छ्वासको लागि भोज (भ्वय्) छुट्टयाइएको हुन्छ। चाडपर्व सकिएसँगै भूतको बास हुने धार्मिक विश्वास रहेको छ्वासमा भोजको भाग राखिन्छ। तर पर्वको दिन भने माटाका भाँडाकुँडा फुटाएर मात्रै फालिन्छन्।

यस अवसरमा बिहान देवदेवीको पूजा गर्ने, विभिन्न खोलामा मेला लाग्ने, तीर्थ भर्ने र खोलामा गई नुहाउने परम्परा छ। पूर्णिमाको दिनबाट नै काठमाडौंको साँखुमा माधवनारायणको स्वस्थानी व्रत सुरु हुने परम्परा छ। साथै भक्तपुरको हनुमानघाटमा पनि माधबनारायणको व्रत सुरु हुने गर्दछ। साथसाथै यही दिनबाट घरघरमा स्वस्थानी कथा वाचन गर्ने क्रम पनि सुरु हुन्छ।
अर्को समाचार
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
२२ मिनेट अघि
•
१ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
काठमाडौंमा खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।




जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा ५६७ किलो बाख्रीको मासु दुई वटा गाडीमा लोड गरिरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले बा ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सिन्धुलीका ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुका ३२ वर्षीय करण बानियाँ, ललितपुरका ५० वर्षीय मनोज थापा, धादिङका २६ वर्षीय सनम तामाङ र २२ वर्षीय राजु लामा छन्।

त्यस्तै, काभ्रेपलान्चोकका २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाका २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलान्चोककै २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन्।

प्रहरीले पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ४४ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस