पर्यटन प्रवर्द्धन र विश्व शान्तिको सन्देश सहित २ सय २५ साइकल यात्री प्राचीन कपिलवस्तु आएका छन्। बुद्ध परिपथ प्रचारप्रसार र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यकासाथ बुद्ध ज्ञान यात्रामा निस्केका उनीहरु प्राचीन कपिलवस्तु आइपुगेका हुन।
चर्चित साइकल यात्री पुष्कर शाह सहित भारतका विभिन्न सहरहरू, चिन र नेपालका विभिन्न जिल्लाका साइकल यात्रीहरू यात्रामा सहभागी छन्।
साइक्लिङ संघ रुपन्देहीको आयोजनामा गौतम बुद्धको अस्तुधातु रहेको नवलपरासीको रामग्रामबाट उनीहरुले शुक्रबार यात्रा सुरु गरेका थिए।
बुद्धको मावली देवद हुँदै शुक्रबार साँझ उनीहरु कपिलवस्तु नगरपालिका वडा नम्बर-९ स्थित विश्व सिमसार क्षेत्रमा सुचीकृत जगदीशपुर पुगेका थिए। शनिबार बिहान शाक्यहरूको नरसंहार गरिएको सगरहवा हुँदै बुद्धको क्रिडास्थल तिलौराकोट पुगेका थिए।
तिलौराकोटको अवलोकनका क्रममा कपिलवस्तु नगरपालिका मेयर सुदीप पौडेल, वडा नम्बर-३ का अध्यक्ष प्रकाश गैरे र कपिलवस्तु साइक्लिङ संघका जिल्ला अध्यक्ष नासिर गौरीले यात्रीहरुलाई स्वागत एवं सम्मान गरे।
सो क्रममा रुपन्देही साइक्लिङ संघले समेत मेयर सुदीप पौडेललाई सम्मान पत्र प्रदान गरेको थियो। मेयर पौडेलले प्राचीन कपिलवस्तुसहित बुद्ध परिपथको प्रचारप्रसार गर्ने उद्देश्यले गरिएको बुद्ध ज्ञान यात्रा प्रभावकारी रहेको बताए।
उनले ओझेलमा परको कपिलवस्तुका बुद्ध स्थलहरुलाई विश्वमा चिनाउन यसले मद्दत मिलेको बताए। उनले आफूले पनि १५ वर्ष अघि साइकलले मेची – महाकालीको यात्रा गरेको स्मरण गर्दै उनले पर्यटक प्रबन्धन कालागि यो महत्त्वपूर्ण कार्य रहेको सुनाए।
साइकल यात्रीहरू क्रकुछन्द बुद्धको जन्मथलो गोटीहवा र बुद्धले बुद्धत्व प्राप्त गरे पछि आफ्नो परिवारलाई पहिलो पटक भेटको निग्रोधराम कुदान हुँदै शनिबार दिउँसो लुम्बिनीमा पुगेको छन्।
बुद्ध ज्ञान यात्राका संयोजक दिनेश आमात्यले आफुहरुले बुद्ध परिपथको प्रचारप्रसारकालागि यो अभियान चलाएको बताए। उनले आफूहरूको यो कार्यले ओझेलमा परको बुद्ध स्थलहरूको प्रचारप्रसार हुने जिकिर गरे।
रामग्रामम देवदह, कपिलवस्तु लुम्बिनी हुँदै रुपन्देही सम्म १ सय ८० किलोमिटर यात्रा तय गरिने उनले बताए। लुम्बिनीमा प्रदेशका मुख्यमन्त्री दिल्ली बहादुर चौधरीसँग भेटघाट पछि यात्रा सकिनेछ।
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
गुठीचौर गाउँपालिका-१,मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।
जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।
उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...