बाजुरा – जिल्ला प्रहरी कार्यालय बाजुरा परिसरमा भेटिएको सकेट बम नेपाली सेनाले निष्क्रिय पारेको छ। कार्यालय परिसरसँगै जोडिएको बडिमालिका ९ का मोती उखेडाको खेतमा भेटिएको बम सेनाको समरजित गुल्मको बम डिस्पोजल टोलीले डिस्पोज गरेको हो।
धान छर्न खेत खन्ने क्रममा बम भेटिएको थियो। बम द्वन्द्वकालिन समयमा राखिएको हुनसक्ने अनुमान गरिएको छ।
पलाष्टीकले बेरिएको अवस्थामा शंकास्पद बस्तु भेटिएपछि नेपाली सेनालाई खबर गरिएको र सेनाको टोलीले निष्क्रिय पारेको डीएसपी हरिबहादुर ओलीले बताए। बम प्रहरी कार्यालयबाट एक सय मिटरको दुरीमा भेटिएको हो।