रुख काट्न आव्हान गर्ने वडाध्यक्ष भन्छनः भएभरको रुख काट्न भनेको होइन
१६ माघ २०८०
•
३ मिनेट पाठ
रुख काट्न आव्हान गर्ने वडाध्यक्ष भन्छनः भएभरको रुख काट्न भनेको होइन
पोखरा महानगरपालिका–१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले बाँदर धपाउन ‘मेरो रुख म काट्छु’ अभियान सञ्चालन गर्न वडाबासीमा अपिल गरे। तर पाण्डेको आग्रहलाई महानगरले अस्वीकार गरेको छ।  




पोखरा–१९ को पुरुञ्चौर बाँदरबाट अति प्रभावित क्षेत्र हो। बाँदरले लगाएको फलफूल लगायतका खाद्यान्न सखाप पार्नुका साथै स्थानियलाई आक्रमण गरेर घाईते तथा आतंकित बनाउने गरेका छन। सोहि कारण स्थानियले बाँदर नियन्त्रणका लागि स्थानिय, प्रदेश र संघ सरकार गुहार्ने गरेका छन्।

यसैलाई आधार बनाएर वडाध्यक्ष पाण्डेले सोमबार बाँदर नियन्त्रणका लागि भन्दै जारी गरेको सूचनामा भनिएको छ, ‘१० दिन भित्र ‘मेरो रुख म काट्छु’ अभियान सञ्चालन गरी आ–आफ्नो घर वरपर रहेका सम्पूर्ण रुखहरु कटान गरि बाँदर नियन्त्रण अभियानमा सहयोग पु¥याउनका लागि वडा कार्यालयको तर्फबाट सम्पूर्ण वडाबासीको लागि यो सूचना प्रकाशित गरिन्छ।’

बाँदर धपाउन रुख काट्ने अभियान सञ्चालन आफूले गण्डकी प्रदेश सरकारको नीति अनुसार नै गरेको उनले दाबी गरेका छन्। उनका अनुसार बाँदर नियन्त्रणका लागि रुख काट्न पाईने नीति गण्डकी सरकारले अख्तियार गरेको छ। ‘प्रदेश सरकारले आव.०८०/८१ को नीति तथा कार्यक्रममा समेत बाँदर नियन्त्रण सम्बन्धि नीति पास गरेको हुँदा रुख कटान गरि प्रदेश सरकारको नीति तथा कार्यक्रमलाई सहयोग पु¥याउनुका साथै आ–आफ्नो घर क्षेत्रमा बाँदर नियन्त्रण अभियानमा सहयोग पु¥याउनका लागि यो सूचना प्रकाशित गरिन्छ,’ सूचनामा भनिएको छ।

वडाध्यक्ष पाण्डेले वनजंगल बढी भएका कारण बाँदरले दुःख दिएकाले त्यसलाई नियन्त्रणका लागि रुख काट्ने अभियान सञ्चालनका लागि सूचना जारी गरिएको बताए। तर, जथाभावी रुख काट्न नदिइने उनको दाबी छ। उनले भने, ‘नीजि सम्पतीमा भएको रुख काट्न मात्र भनेका हौं। भएभरको सबै रुख काट्न भनेको होईन,’ सूचनामा भने यसबारे प्रष्ट खुलाइएको छैन।
वडाध्यक्षले यो सूचना जारी गरेको थाहा पाएपछि पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्यले भने रुख काट्ने वा फाँड्ने अभियान सञ्चालन नगर्न अपिल गरेका छन्। वडाध्यक्ष पाण्डेले निकालेको सूचनाको खण्डन गर्दै उनले भनेका छन्, ‘रुख काट्ने, फाँड्ने अभियान सञ्चालन नगर्नु नगराउनु हुन सम्बन्धित सम्बन्धित सबैमा जानकारी गराईसकिएको छ। भ्रममा नपर्नुहुन अनुरोध छ।’ मेयर आचार्यले बाँदर धपाउनेका लागि रुख काट्न पाईने निर्णय महानगरपालिकाबाट नभएको स्पष्ट पारेका छन्।  

वडाध्यक्षको सूचनाले सर्वसाधारणलाई भ्रमित पारेको भन्दै उनले भनेका छन् ,‘आफ्नो रुख आफै काटौं भनेर रुख काट्न आह्वान गरेको भन्ने सूचना प्रकाशित भएको सन्दर्भमा यस सम्बन्धमा स्थानिय सरकार सञ्चालन ऐन वमोजिम महानगरपालिकाबाट कुनै निर्णय नभएको जानकारी गराउँछौं।’

यसैबीच महानगरपालिकाले वडाले जारी गरेको सूचना र अभियान दुबै रद्ध गर्न निर्देशन दिएको छ । महानगरपालिकाका वरिष्ठ कानून् अधिकृत नारायणप्रसाद शर्माले मंगलबार एक सूचना जारी गर्दै भनेका छन्,‘प्रस्तुत विषयमा त्यहाँ वडा कार्यालयबाट मिति २०८०/१०/१५ मा प्रकिाशित भएको रुख काट्ने सम्बन्धि सार्वजनिक सूचना प्रकाशन भएको देखियो । उक्त सूचना अविलम्व रद्ध गरि रुख कटान गर्ने कार्य बन्द गर्नुहुन अनुरोध गरिन्छ।’

जिल्ला वन कार्यालय कास्कीका प्रमुख पूर्णेश्वर सुवेदीले वडाध्यक्षले जारी गरेको सूचना उर्दी जारी गरेजस्तो भएको टिप्पणी गरे। ‘उहाँले कुन कार्यविधिमा टेकेर रुख काट्न आह्वान गर्नु भएको हो मलाई थाहा भएन,’ उनले भने, ‘घरायासी प्रयोजनका लागि, घाँस दाउराका लागि रुख काट्न पाईन्छ। तर त्यो रुख काट्नका लागि महानगरपालिका वा जिल्ला डिभिजन कार्यालयबाट अनुमति लिनुपर्ने हुन्छ। अन्यथा भोलि काटिएको रुखको काठ, दाउरा ओसारपसार गर्नेबेला समस्या आउँछ, त्यसका लागिपनि अनुमति अनिवार्य चाहिन्छ।’  

गण्डकी प्रदेश, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वन महाशाखा प्रमुख केदार बरालपनि प्रक्रिया पूरा नगरी रुख काट्न नपाइने बताउँछन्। उनका अनुसार रुख काट्न अनुमति लिनुपर्ने हुन्छ। ‘व्यक्तिले आफ्नो जग्गामा भएको रुख काट्नलाई वन ऐनले खुल्ला गरेको छ,’ उनले भने,‘तर त्यसका लागि डिभिजन वन कार्यालय वा सब डिभिजन वन कार्यालयबाट अनुमति लिनुपर्छ।’
अर्को समाचार
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
३ घण्टा अघि
•
१ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।




पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।

चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।

त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्‍यो।

सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्‍यो भने भुवन खड्का ५५ मतमा सीमित भए।

अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।

त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।

नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।

पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।

समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस