रामेछाप – रामेछाप नगरपालिका वडा नं. ४ हिमगंगा बसेरीकी सीता माझी ६८ वर्ष लागिन् । उनी ६८ वर्ष लाग्नु त कुनै नयाँ कुरा भएन तर उनी जति पाको बन्दै गइन् त्यति नै उनको रोगसमेत पाको बन्दै गएको कुरा भने अनौठोलाग्दो छ । २० वर्षको उमेरमा विवाह गरेकी सीताले पहिलो बच्चा २२ वर्षकी हुँदा जन्माइन् । पहिलो बच्चा जन्माएसँगै खसेको उनको पाठेघर (आङ) को अझैसम्म पनि उपचार हुन सकेको छैन । उनको आङ खसेको ४६ वर्ष पुगेको छ।
‘पहिलो बच्चा पाएको केही समयमा नै समस्या देखापरेको थियो । केही झरेको हो कि हो कि जस्तो लागेको थियो तर त्यति बेला उपचार पनि हुँदैनथ्यो, अरुलाई भन्न पनि लाज मान्नुपर्ने अवस्था थियो’, उनले भनिन्, ‘त्यसैले कसैलाई नभनी, बेवास्ता गरेरै घरव्यवहार धान्दै आइयो ।’ समस्या दिनदिनै बढ्दै गयो । दोस्रो र तेस्रो बच्चा पनि जन्माएपछि त झनै बढ्यो । ‘कसैलाई भन्न पनि सकिएन, अर्को कुरा, यो विषयमा थाहा नै थिएन’, उनले सुनाइन् । धेरै समयपछि गाउँमा आयोजित स्वास्थ्य शिविरमा गएर परीक्षण गराउँदा मात्र आफूलाई आङ खसेको भन्ने जानकारी भएको उनले बताइन्।
सपछि चिकित्सको सुझावमा उनले रिङ राखिन् । रिङ राखेपछि पाँच वर्षयता केही सहज भएको उनले बताइन्। आफ्नो यो समस्याबारे उनी शुक्रबार बज्र समाज नेपालले जिल्लाको साँघुटारमा आयोजना गरिएको स्वास्थ्य शिविरमा चिकित्सकसँग खुलेकी हुन् । ‘रिङ राखेपछि अहिले त सजिलै छ । डाक्टरले अपरेसन गर्नुपर्छ भन्छन् तर काम गरेर खानुपर्ने मान्छे । अपरेसन गरेपछि काम गर्न सकिँदैन भन्छन् त्यसैले डरले अपरेसन गरेकी छैन’, उनले भनिन् । चिकित्सकले अपरेसन गर्दा कुनै फरक नपर्ने बताइरहँदा पनि उनी ढुक्क हुन सकेकी छैनन्।
पछिल्लो समयमा भने आफ्नो रोगका बारेमा महिला बिस्तारै खुल्न थालेका छन् तर त्यो पर्याप्त छैन । विगतको तुलनामा पछिल्लो समयमा महिलाले आफ्नो रोगका बारेमा खुलेर कुरा गर्ने क्रम बढेको भए पनि सोचेअनुसार भने अझै हुन नसकेको शिविरमा खटिएकी स्वास्थ्यकर्मी मिश्रा आलेमगरले बताइन् । पछिल्लो समयमा युवतीहरुले खुलेर कुरा गर्न थाले पनि पाका उमेरका महिला अझै पनि लाज मानेर बस्ने गरेको उनले बनाइन्।
स्वास्थ्य शिविर बज्र समाज नेपालले एक सय आठौं नारी दिवसका अवसरमा आयोजना गरेको हो । सामाजिक कार्यमा क्रियाशील बज्र समाजले ग्रामीण भेगका महिलालाई लक्षित गरी दुईदिने महिला स्वास्थ्य शिविर सञ्चालन गरेको छ। तामाकोसी सहकारी अस्पताल, रामेछाप र सामुदायिक आँखा केन्द्र मन्थलीको प्राविधिक सहयोगमा विहीबार हिमगंगाको बोलङबोलङ र शुक्रबार साँघुटार बजारको स्वास्थ्यचौकीमा सञ्चालित शिविरमाट महिलाले पाठेघरको मुखको क्यान्सरलगायतका स्त्रीरोगबारे परीक्षण गराएर चिकित्सकीय परामर्श लिएका थिए।
हिमगंगामा सञ्चालित शिविरमा ७१ जनाले दाँत, १ सय ९५ जनाले आँखा, २ सय ५ जनाले स्त्री र अन्य रोगको परीक्षण र ७१ जनाले पाठेघरको मुखको क्यान्सरको परीक्षण गराएका थिए । क्यान्सर परीक्षण गराउने ७१ मध्ये ५ जनामा क्यान्सरको लक्षण देखा परेको स्वास्थ्यकर्मीले बताए । यस्तै शुक्रबार साँघुटारमा गरिएको स्वास्थ्यशिविरमा १ सय ४ जनामध्ये ८८ जनाले आँखा, ६५ जनाले स्त्रीरोग तथा अन्य रोग, २७ जनाले दाँत र २४ जनाले पाठेघरको मुखको क्यान्सरको परीक्षण गराएका थिए । ग्रामीण भेगमा स्वास्थ्यसंस्था प्रभावकारी छैनन् भने भौगोलिक विकटताका कारण अन्यत्रका स्वास्थ्यसंस्थामा जान पनि गाह्रो छ । विशेष अवस्थाबाहेक ग्रामीण भेगका सर्वसाधारण स्वास्थ्यसंस्थामा जाँदैनन् । उनीहरुका लागि स्वास्थ्य परीक्षण त धेरै परको कुरा हो । यस्ता सर्वसाधारणका लागि गाउँमा आयोजित स्वास्थ्यशिविर उपलब्धिमूलक हुने हिमगंगाकी स्वास्थ्य स्वयंसेविका फस्तमाया आलेमगरले बताइन् । महिलाका लागि लक्षित गरेर ठूलै खर्चका साथ गरिने औपचारिक भाषणका कार्यक्रमभन्दा गाउँमा पुगेर गरिने शिविर धेरै गुणा बढी फलदायी हुने तामाकोसी सहकारी अस्पतालका निर्देशक सुमन कर्माचार्यले बताए । उनले अब सबैले सोच परिवर्तन गरेर सानो खर्चले पनि ठूलो प्रभाव पर्ने खालका कार्यक्रम गर्न लाग्नुपर्ने बताए । समस्याग्रस्त गाउँबस्ती पहिचान गरेर अन्यत्र पनि यस्तै खालका शिविर सञ्चालन गर्ने बज्र समाज नेपाल रामेछापका अध्यक्ष पूर्ण मगरले बताए।

पछिल्लो समयमा आफ्नो रोगबारे महिला बिस्तारै खुल्न थालेका छन् तर त्यो पर्याप्त छैन ।