महोत्तरी – मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा चार जना युवकलाई इलाका प्रहरी कार्यालय वर्दिवासले पक्राउ गरेको छ।
वर्दिवास लगायत आसपासको ग्रामीण तथा शहरी क्षेत्रहरुबाट संगठितरुपमै मोटरसाइकल चोरी गर्ने कार्यमा संलग्न रहेको आरोपमा इप्रका वर्दिवासले सर्लाही हरिवन ३ का १८ वर्षिय रमेश कुशवाहा, २० वर्षिय सरोज कुमार महतो, १८ वर्षिय संजय महतो र हरिवन २ का २० वर्षिय नागेन्द्र महतोलाई पक्राउ गरेको छ।
प्रहरीले बा२९प ४६४८ नम्वरको पल्सर २२०, बा३०प ७६३१ नम्वरको पल्सर १५० र ना८प ७७३५ नम्वर उल्लेख गरिएको अपाचि मोटरसाइकल समेत बरामद गरेको हो। बरामद भएको मोटरसाइकल मध्ये दुई वटाको नम्वर नक्कली रहेको प्रहरीले जनाएको छ। एक वटा मोटरसाईकलको धनी सम्पर्कमा नआएकोले सो मोटरसाइकलबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरुले बरामद भएको तीन वटा मोटरसाईकल मध्ये दुई वटा वर्दिवासकै सूर्यआर्ट फिक्स प्रिन्टको कार्यालयको ताला पुटाएर एक महिना अघि चोरी गरि लगेको इप्रका वर्दिवासका अपराध अनुसन्धान शाखाका असई कौशल न्यौपानेले बताए। उनका अनुसार चारै जनालाई उनीहरुको आ—आफनै घरबाट पक्राउ गरि ल्याइएको हो।
पक्राउ परेका मध्ये युवक संजय महतो पहिल्यै बर्दिवासस्थित एक ग्रिल कम्पनीमा काम गर्ने गर्थे, पछि उनी मोटरसाईकल चोरी गर्ने गिरोहमा संलग्न भई मोटरसाईकल चोरी गर्नेका लागि सुराकी गर्ने कार्य गर्दै आएको प्रहरीको भनाई छ।
संजयले पहिल्यै नै चोरी गर्ने मोटरसाईकलको लोसनबारे आफनो साथीहरुलाई जानकारी गराउने र जानकारी पाए लगतै दुई जनाकोे संख्यामा आउने चोरहरुले ५ सेकेन्डमै कुनै पनि मोटरसाईकलको लक तोडेरर फरार हुने गर्दै आएका थिए।
चोरी गरि लग्ने मोटराईकल मध्ये केहि मोटरसाईकलको नम्वर परिवर्तन गरेर आफै प्रयोग गर्ने गरेको र केहि २० हजारदेखि २५ हजारमा विक्री गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ।
यसैबीच वर्दिवास नगर क्षेत्रमा पछिल्लो क्रममा मोटरसाईकल चोरीको विगविगी नै बढेको वर्दिवास प्रहरीले जनाएको छ। इप्रका वर्दिवासको अपराध अनुसन्धान शाखाले दिएको जानकारी अनुसार भदौं १३ देखि हाल सम्म १२ वटा भन्दा बढी मोटरसाईकल चोरी भएको उजुरी दर्ता भएको छ।
मोटरसाइकल चोरी सम्बन्धी दर्ता भएको उजुरीबारे आवश्यक अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ।