५ किलो नुन किन्न २ दिनको यात्रा, नागरिकता अनिवार्य !
१९ माघ २०८०
•
५ मिनेट पाठ
५ किलो नुन किन्न २ दिनको यात्रा, नागरिकता अनिवार्य !
नागरिकताको भरमा नुन किन्दै स्थानिय। तस्बिर: ललित विष्ट/नागरिक।
शुभकालिका गाउँपालिकाकी नान्द्ररा शाहीलाई जहान परिवारका लागि खाद्यान्न जोहो गर्न जति दुःख छ, त्योभन्दा बढी सास्ती नुन जुटाउन हुन्छ । दश वर्ष अघिसम्म नुन लिन हाट जाने उनी अहिले एक दिन हिँडेर कालिकोटको सदरमुकाम मान्म आउने गरेकी छन्।




उनले ९ रुपैयाँ किलोको नुन किन्न आतेजातेमै एक हजार पाँच सय रुपैयाँ खर्च गरिन्। ‘मान्म डिपोबाट २० किलो जति नुन लैजाने मन थियो।’ तर, ५ किलो मात्रै दिने नियम बनाएको रहेछ’, केही समय लाइन लागेर ५ किलो पाएकी उनले गुनासो पोखिन्, ‘सबै हिसाब गर्ने हो भने एक किलो नुनको २ सय रुपैयाँभन्दा बढी पर्‍यो।’

पिठ्युँमा बच्चा च्यापेर नुन लिन आएकी शाहीले गुनासो पोखिन्, ‘नुन लिन आउँदा पाँच छ पोका भन्दा धेरै दिँदैनन्। कति दिन चलाउनु, बजारको नुन महँगो छ।’

ठूलो घर परिवारमा ५ केजी नुन अभाव देखिएको तिलागुफा ७ छाप्रेका गगन बहादुर शाही बताए। उनले भने ‘पहिला गाई बस्तु, भेडा बाख्रालाई खुवाउन धेरै सस्तो हुन्थ्यो। तर अहिले नुन ५ केजी मात्र मिल्दा सास्ती भएको छ।’

स्थानीय तहमा नै नुन वितरण भएको भए यती सास्ती नहुने उनको भनाई छ। उनले मान्म पुगेर घर फर्कँदा सम्म १६ सय खर्च गरी ५० रुपैयाँको नुन पाउँदा दुःख लागेको सुनाए।

शुक्रबार नुन लिन मान्म स्थित साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड पुगेका उनले भने ‘केही पैसा बचत होला भनेर आयोडिन नुन लिन आएको उल्टै धेरै पैसा खर्च भयो। ५ केजी नुन लिएर कसरी घर फर्कनु ? उनले आफैलाई प्रश्न गरे।’

उनी मात्र हैन कालिकोटका धेरै नागरिकको गुनासो यस्तै छ। पलाँता गाउँपालिकाकी सुसिला बमले २ दिन लगाएर ५ केजी नुन लिन सदरमुकाम मान्म आवतजावत गर्दा गाडी भाडा र खान खर्च ३ हजार भन्दा बढी खर्च हुने गरेको दुखेसो पोख्छिन्।

सिंहदरबारको अधिकार गाउँ-गाउँ आयो भनेर प्रचार गरिएको छ तर उनी भने कहाँ आयो भन्दै गाउँमा आएको सिंहदरबार देखाइदिन आग्रह गर्छिन्।

‘५ केजी नुन पशु चौपायालाई खुवाउनु कि आफू खानु’ नुनको अभावको गुनासो गर्दै शुभकालिका-७ की यशोदा शाही भन्छिन् ‘नुन लिन आउँदा १५/ १६ सय रुपैयाँ खर्च हुन्छ, ५ केजी नुन पाइयो घरमा गाई गोरु भेडा बाख्रा भैँसी छन्। आफू खानेकी पशु चौपायालाई खुवाउने ५ पोका नुन लिनको लागि पनि नागरिकताको फोटोकपी गर्न १० रुपैयाँ तिरियो, दुःख बढी नुन कम पाइयो।’

कालिकोटको शुभकालिका, तिलागुफा, महावै, पचालझरना, पलाँता, नरहरिनाथ, सान्नीत्रिवेणीका नागरिकलाई सधैँ नुनको दुःख छ।

चामल, दाल, घिउ, तेल, चियालगायत उपभोग्य सामान गाउँमै आउने भए पनि ढुवानी समस्याले नुन लिन सदरमुकाम आउनुपर्ने बाध्यता छ। गाउँका व्यापारीले गाउँमा पुर्‍याएको ढिके नुन महँगो भएपछि आयोडिन नुन लिन मान्म पुग्ने गरेको स्थानी बताउँछन्।

जिल्लाभरका लागि ३२ सय क्विन्टल नुनको वार्षिक कोटा तोकिएको छ। जसमध्ये रास्कोट नगरपालिकाको लागि १२ सय क्विन्टल नुन आउने गरेको छ । अहिले रास्कोट नगरपालिकाले मात्र नगरपालिका बाट नुन दिने गरेको छ।

साल्ट ट्रेडिङका कर्मचारी लालबहादुर बमले कार्यालयको बचाउ गर्दै ढुवानीको समस्या र पर्याप्त नुनको कोटा नहुँदा समस्या भएको बताए।

सदरमुकामस्थित साल्ट ट्रेडिङ कर्पोरेसनको शाखा कार्यालय कालिकोटले आयोडिनयुक्त नुन प्रतिव्यक्ति ५ किलो बिक्री गर्छ। यो वर्षका लागि ३ हजार ५ सय ४० क्विन्टल नुन खरिदका लागि ठेक्का भएको थियो। हाल १३ सय क्विन्टल नुन गोदाममा रहेको बमले बताए। उनका अनुसार कुनै नागरिकले दोहोराएर आउने अवस्थालाई कम गर्न नागरिकता अनिवार्य बनाइएको हो।  

नुनकै विषयमा जुम्लाको साल्ट ट्रेडिङमा गत वर्ष तोडफोड भयो। नुन लिन आएका सेवाग्राही र प्रहरीबिच झडप नै भयो। अहिले जुम्लामा वडा बाटै नुनु वितरण सुरु गरिएको छ। एक/दुई किलो नुन पाउन तीन दिनसम्म पैदल मात्रै हिँड्न त सामान्य हो, आन्दोलन र ज्यान दिनुपर्ने अवस्था स्थानीयको छ। जुन नियति भोगिरहेका छन् कर्णालीका नागरिकले व्यथा पुरानै हो। तर, अवस्था उस्तै छ।

५ किलो नुनका लागि २ दिनको यात्रा

कालिकोट पलाँता गाउँपालिका–२ का नन्दाकृष्ण न्यौपाने नुन लिन लामो बाटो हिँडेरै सदरमुकाम मान्म पुगे। तीन सय रुपैयाँको ३३ किलो नुन लाने उनको सोच थियो। तर, डिपोमा उनलाई ५ किलोका दरले मात्र नुन बाडेको देख्दा निराश हुँदै उनले भने, ‘म दुई दिनको बाटो हिँडेर नुन लिन यहाँ आएँ। मलाई ३३ किलो देऊ न भनेँ। तर, कर्मचारीले मानेनन्। धेरै अनुरोध गरेपछि बल्ल सय रुपैयाँको ११ पोका दिए। नुन लिएर फर्किएँ’, उनले भन्छन्, ‘हामी कस्तो देशका नागरिक हौं। सुनभन्दा बढी नुन पाउन मुस्किल यहाँ। बजारमा सुन पसलहरू प्रशस्तै छन्। तर, नुन पाउने एउटै डिपो छ। त्यहाँ मागे जति नुन पाइँदैन।’

यस्तै पचालझरना–८ का धर्मलाल संज्यालले नुन लिन एक दिन पूरै बिताए। ठाउँ–ठाउँमा पहिरो गएको थियो। खोजेका बेला गाडी नपाइने। त्यसैले कर्णाली कोरिडोरको बाटो पैदलै हिँडेर उनी सदरमुकाम पुगे।

५० किलो लैजाने उनको सोच थियो। तर ५ किलो मात्रै पाए। उनले थप नुन मागे। तर, कर्मचारीले दिन मानेनन्। त्यही ५ किलो नुन बोकेर कर्णाली कोरिडोरबाट गाडी पर्खेर घर जाँदा उनले हजार रुपैयाँ भाडा तिरे।

प्रमुख जिल्ला अधिकारी गणेश नेपालीका अनुसार खाँडाचक्र नगरपालिकाको हकमा मात्र नागरिकता लिने गरिएको छ। उनले अहिलेको नुन वितरण त्यति व्यावहारिक नभएको बताउँदै प्रत्येक पालिकामा डिपो स्थापनाको लागि प्रदेश कार्यालयमा पत्र पठाएको बताए। कालिकोटमा ७ हजार क्विन्टल नुनको कोटा भए पनि यो वर्ष ३ हजार क्विन्टल मात्र पुगेको उनको भनाई छ।  

कर्णाली प्रदेशको अर्को हिमाली जिल्ला डोल्पामा पनि नुन अभाव छ। साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको कार्यालय डोल्पाका अनुसार जिल्लामा उपभोक्ताको मागअनुसार नुन ढुवानीका लागि बजेट नहुँदा बर्सेनि अभाव झेल्नुपर्ने जनाएको छ। भौगोलिक रूपमा धेरै बिकट रहेको डोल्पामा धेरै टाढाबाट आउने उपभोक्तालाई ५ किलोसम्म नुन दिने गरिएको छ।
अर्को समाचार
५ किलो नुन किन्न २ दिनको यात्रा, नागरिकता अनिवार्य
१८ माघ २०८०
•
५ मिनेट पाठ
५ किलो नुन किन्न २ दिनको यात्रा,  नागरिकता अनिवार्य
शुभकालिका गाउँपालिकाकी नान्द्ररा शाहीलाई जाहान परिवारका लागि खाद्यान्न जोहो गर्न जति दुःख छ, त्योभन्दा बढी सास्ती नुन जुटाउन हुन्छ । दश वर्षअघिसम्म नुन लिन हाट जाने उनी अहिले एक दिन हिँडेर कालिकोटको सदरमुकाम मान्म आउने गरेकी छन्।  




उनले ९ रुपैयाँ किलोको नुन किन्न आतेजातेमै एक हजार पाँच सय रुपैयाँ खर्च गरिन्। ‘मान्म डिपोबाट २० किलो जति नुन लैजाने मन थियो।’  तर, ५ किलो मात्रै दिने नियम बनाएको रहेछ’, केही समय लाइन लागेर ५ किलो पाएकी उनले गुनासो पोखिन्, ‘सबै हिसाब गर्ने हो भने एक किलो नुनको २ सय रुपैयाँभन्दा बढी प¥यो।’ पिँठ्युमा बच्चा च्यापेर नुन लिन आएकी शाहीले गुनासो पोखिन्, ‘नुन लिन आउँदा पाँच छ पोका भन्दा धेरै दिँदैनन्। कति दिन चलाउनु, बजारको नुन महँगो छ।’  

ठूलो घर परिवारमा ५ केजी नुन अभाव दिखिएको तिलागुफा ७ छाप्रेका गगन बहादुर शाही बताए। उनले भने ‘पहिला गाइ बस्तु, भेडा बाख्रालाई खुवाउन धेरै सस्तो हुन्थ्यो । तर अहिले नुन ५ केजी मात्र मिल्दा सास्ती भएको छ।’  

स्थानीय तहमा नै नुन वितरण भएको भए यती सास्ती नहुने उनको भनाई छ। उनले मान्म पुगेर घर र्फकदा सम्म १६ सय खर्चगरी ५० रुपैयाको नुन पाउदा किनै दुःख लागेको सुनाए।

शुक्रबार नुन लिन मान्म स्थीत साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडल पुगेका उनले भने ‘केही पैसा बचत होला भनेर आयोडिन नुन लिन आएको उल्टै धेरै पैसा खर्च भयो। ५ केजी नुन लिएर कसरी घर र्फकनु ? उनले आफैलाई प्रश्न गरे। ’

उनी मात्र हैन कालिकोटका धेरै नागरिकको गुनासो यस्तै छ। पलाँता गाउँपालिकाकी शुसिला बमले २ दिन लगाएर ५ केजी नुन लिन सदरमुकाम मान्म आवतजावत गर्दा गाडी भाडा र खान खर्च ३ हजार भन्दा बढी खर्च हुने गरेको दुखेसो पोख्छिन। सिंहदरबारको अधिकार गाँउ गाँउ आयो भनेर प्रचार गरिएको छ तर उनी भने कहाँ आयो भन्दै गाउँमा आएको सिंहदरबार देखाइदिन आग्रह गर्छिन।  

‘५ केजी नुन पशु चौपायालाई खुवाउनु कि आफु खान’ु नुनको अभावको गुनासो गर्दै शुभकालिका ७ की यसोदा शाही भन्छिन ‘नुन लिन आउँदा १५ ÷ १६ सय रुपैया खर्च हुन्छ, ५ के.जी नुन पाईयो घरमा गाई गोरु भेडा बाख्रा भैसी छन। आफु खानेकी पशु चौपायालाई खुवाउने ५ पोका नुन लिनको लागि पनि नागरिकताको फोटोकपी गर्न १० रुपैया तिरीयो,दुःख बढी नुन कम पाइयो।’

कालिकोटको शुभकालिका,तिलागुफा, महावै, पचालझरना, पलाँता, नरहरिनाथ, सान्नीत्रिवेणीका नागरिकलाई सधैं नुनको दुःख छ । चामल, दाल, घिउ, तेल, चियालगायत उपभोग्य सामान गाउँमै आउने भए पनि ढुवानी समस्याले नुन लिन सदरमुकाम आउनुपर्ने बाध्यता भएको स्थानीयको भनाइ छ। गाउँका व्यापारीले गाउँमा पु¥याएको ढिके नुन महंग्गो भएपछि  आयोडिन नुन लिन मान्म पुग्ने गरेको उनीहरुको भनाई छ ।  

जिल्लाभरका लागि ३२ सय क्विन्टल नुनको वार्षिक कोटा तोकिएको छ । जसमध्ये  रास्कोट नगरपालिकाको लागि १२ सय क्विन्टल नुन आउने गरेको छ । अहिले रास्कोट नगरपालिकाले मात्र नगरपालिका बाट नुन दिने गरेको छ।  

साल्ट ट्रेडिङका कमचारी लालबहादुर बमले कार्यालयको बचाउ गर्दै ढुवानीको समस्या र पर्याप्त नुनको कोटा नहुँदा समस्या भएको बताए।  सदरमुकामस्थित साल्ट ट्रेडिङ कर्पोरेसनको शाखा कार्यालय कालिकोटले आयोडिनयुक्त नुन प्रतिव्यक्ति ५ किलो बिक्री गर्छ । यो वर्षका लागि ३ हजार ५ सय ४० क्विन्टल नुन खरिदका लागि ठेक्का भएको थियो। हाल १३ सय क्विन्टल नुन गोदाममा रहेको बमले बताए। उनका अनुसार कुनै नागरिकले दोहोराएर आउने अवस्था लाई कम गर्न नागरिकता अनिर्वाय बनाइएको बताए।  

नुनकै विषयमा जुम्लाको साल्ट ट्रेडिङमा गत वर्ष तोडफोड भयो।  नुन लिन आएका सेवाग्राही र प्रहरीबीच झडप नै भयो। अहिले जुम्लामा वडा बाटै नुनु वितरण सुरु गरीएको छ। एक÷दुई किलो नुन पाउन तीन दिनसम्म पैदल मात्रै हिँड्न त सामान्य हो,आन्दोलन र ज्यान दिनुपर्ने अवस्था स्थानीयको छ। जुन नियती भोगिरहेका छन् कर्णालीका नागरिकले व्यथा पुरानै हो। तर, अवस्था उस्तै छ।  

५ किलोका लागि २ दिनको यात्रा

कालिकोट पलाँता गाउँपालिका–२ का नन्दाकृष्ण न्यौपाने नुन लिन लामोे बाटो हिँडेरै सदरमुकाम मान्म पुगे। तीन सय रुपैयाँको ३३ किलो नुन लाने उनको सोच थियो। तर, डिपोमा उनलाई ५ किलोका दरले मात्र नुन बाडेको देख्दा निराश हुँदै उनले भने, ‘म दुई दिनको बाटो हिँडेर नुन लिन यहाँ आएँ। मलाई ३३ किलो देऊ न भनें। तर, कर्मचारीले मानेनन्। धेरै अनुरोध गरेपछि बल्ल सय रुपैयाँको ११ पोका दिए। नुन लिएर फर्किएँ’, उनले भने, ‘हामी कस्तो देशका नागरिक हौं। सुनभन्दा बढी नुन पाउन मुस्किल यहाँ। बजारमा सुन पसलहरू प्रसस्तै छन्। तर, नुन पाउने एउटै डिपो छ। त्यहाँ मागेजति नुन पाइँदैन्।’  

५ किलोका नुन लिन दुई दिनसम्म हिँड्नुपर्ने बाध्यता सरकार न बाटो पु¥याउँछ। जुम्लाको साल्ट ट्रेडिङमा नुनकै विषयमा भएको झडप यस्तै पचालझरना–८ का धर्मलाल संज्यालले नुन लिन एकदिन पूरै बिताए। ठाउँ–ठाउँमा पहिरो गएको थियो। खोजेका बेला गाडी नपाइने। त्यसैले कर्णाली करिडोरको बाटो पैदलै हिँडेर उनी सदरमुकाम पुगे।

५० किलो लैजाने उनको सोच थियो। तर ५ किलो मात्रै पाए। उनले थप नुन मागे। तर, कर्मचारीले दिन मानेनन्। त्यही ५ किलो नुन बोकेर कर्णाली करिडोरबाट गाडी पर्खेर घर जाँदा उनले हजार रुपैयाँ भाडा तिरे। उनले यसरी दुखेसो पोखे, ‘५ किलो नुन गाई वस्तु र मान्छेलाई गरी २ महिना पुग्दैन। हरेक दुई महिनामा ५ किलो नुन लिन दुई दिन लगाएर, दुई हजार खर्च गरेर सदरमुकाम आउनुपर्ने बाध्यता छ।’        

प्रमुख जिल्ला अधिकारी गणेश  नेपालीका अनुसार खाँडाचक्र नगरपालिकाको हकमा मात्र नागरिता लिने गरेको बताए। उनले अहिलेको नुन वितरण तेति व्यवाहारिक नभएको बताउदै प्रत्यक पालिकामा डिपो स्थापनाको लागि प्रदेश कार्यालयमा पत्र पठाएको बताए। उनले कालिकोटमा ७ हजार कुन्टल नुनको कोटा भएपनी यो वर्ष ३ हजार कुन्टल मात्र पुगेको उनको भनाई छ।  

कर्णाली प्रदेशको अर्को हिमाली जिल्ला डोल्पामा पनि नुन अभाव छ। साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको कार्यालय डोल्पाका अनुसर जिल्लामा उपभोक्ताको मागअनुसार नुन ढुवानीका लागि बजेट नहुँदा बर्सेनि अभाव झेल्नुपर्ने जनाएको छ। भौगोलिक रूपमा धेरै बिकट रहेको डोल्पामा धेरै टाढाबाट आउने उपभोक्तालाई ५ किलोसम्म नुन दिने गरिएको छ।  

नागरिकताको भरमा नुन लिदै नागरिक ।

तस्विर ललित विष्ट कालिकोट।  
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस