भक्तपुरमा ५० मिनेट, ५० बोली, ५० स्टेप नृत्य, ५० कलाकारबाट
२० माघ २०८०
•
२ मिनेट पाठ
भक्तपुरमा ५० मिनेट, ५० बोली, ५० स्टेप नृत्य, ५० कलाकारबाट
विश्वकै सबैभन्दा अग्लो मन्दिरको रुपमा परिचित भक्तपुरको पाँचतल्ले मन्दिर परिसरमा आन्तरिक तथा बाह्य पर्यटकको विशेष चहलपहल रहने गर्छ। तर यस विशेष ठाउँमा शनिबार अझ चहलपहल बढ्यो। त्यसको कारण हो, ५० मिनेट, ५० बोली, ५० स्टेप नृत्य र ५० कलाकारहरू सहभागी कार्यक्रम।




यस ठाउँमा भएको यस्तो सु-अवसर यो नै पहिलो पटक भएको बताइएको छ। यही अवलोकनका लागि त्यहाँ भीड बढेको थियो। बिहानदेखि नै यसबारे सामाजिक सञ्जाल फेसबुक लगायतबाट खबरहरू सार्वजनिक भएपछि त्यही हेर्नका लागि काठमाडौं उपत्यकाका विभिन्न ठाउँहरूबाट मानिस आएका थिए। चार बजे निर्धारित कार्यक्रम रहेकोले धेरै मानिस चार नबज्दै पाँचतल्ले मन्दिर परिसरमा पुगेका थिए।

भक्तपुरको मध्यपुर थिमि नगरपालिकाबाट छोरीसहित कार्यक्रम हेर्न पुगेको बताउने रामकृष्ण प्रजापति कार्यक्रम हुने थाहा पाएर साढे तीन बजे नै पाँचतल्ले मन्दिर पुगेको सुनाए। कार्यक्रम पाँच बजेबाट सुरु भएको थियो।

भक्तपुर नगरपालिका वडा नं ८ लिवानीस्थित निओ फ्युजन बाजा समूह र भक्तपुर नगरपालिका वडा नं-७ इनाचोस्थित निओ फ्युजन स्कुल अफ कम्प्युटर इन्ष्टिच्युटको संयुक्त आयोजनामा प्रदर्शनी भएको हो।

निओ फ्युजन स्कुल अफ कम्प्युटर इन्ष्टिच्युटका संस्थापक अध्यक्ष बालकृष्ण बनमालाले सांस्कृतिक बाजागाजालाई चाडपर्व, व्रतबन्ध, राजनीतिक सभा वा कार्यक्रमको उद्घाटनमा मात्रा प्रस्तुत गर्ने प्रचलन चिर्न यो कार्यक्रमको आयोजना गरेको बताए।

‘यसबाहेक पनि हाम्रो बाजाको प्रस्तुति दिन सकिन्छ भन्ने उदाहरण दिन कार्यक्रम गरेका हौँ, उनले भने। पुराना बाजागाजा घर, टोल, पाटी र चाडपर्वमा मात्र बजाउने भएर लोप हुँदै गएको उनको बुझाई छ।

बाजा चाडपर्व वा कुनै कार्यक्रम उद्घाटन गर्नको लागि मात्र नभएको सन्देश दिन कार्यक्रम आयोजना गरेको उनको भनाई छ। यसकारण समय समयमा यस्ता प्रदर्शनी हुनुपर्ने उनले विशेष जोड दिए। यसरी बाजागाजासहितको कार्यक्रम हेर्न जात्रा, चाडपर्व नै कुर्नुपर्ने बाध्यता हट्ने उनले बताए।

निओ फ्युजन बाजा समूहका अध्यक्ष सबिन लेबाले बाजाको प्रशिक्षण पूरा गरिसककाहरुलाई आफूले सिकेको बाजागाजा प्रस्तुत गर्ने अवसर निरन्तर भई राख्नुपर्नेमा जोड दिए। यसो भए मात्रै सिकेको सिप दीर्घकालसम्म सम्झिरहने उनको भनाई छ। यसले एकातिर सिप प्रस्तुत हुने र अर्कोतिर बाजा बजाउन बिसर्ने समस्या नहुने उनले बताए।

यसअघि टौमढीमा प्रदर्शन गर्नुअघि बाजा खलहरु बजागाजा बजाएर आएका थिए। आयोजक कार्यालय लिवालीदेखि पाँचतल्ले मन्दिरसम्म र्‍याली गरेर कार्यक्रम स्थल पुगेको थियो।

र्‍याली लिवालिबाट च्याम्हासिंह, सूर्यमढी, दतात्रय, इनाचो, गोल्मढी, सुकुलढोका, गछें हुँदै पाँचतल्ले मन्दिर पुगेको थियो। र्‍यालीमा सयौं बाजागाजा प्रेमीहरूको सहभागिता थियो।
अर्को समाचार
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
३० मिनेट अघि
•
१ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
काठमाडौंमा खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।




जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा ५६७ किलो बाख्रीको मासु दुई वटा गाडीमा लोड गरिरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले बा ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सिन्धुलीका ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुका ३२ वर्षीय करण बानियाँ, ललितपुरका ५० वर्षीय मनोज थापा, धादिङका २६ वर्षीय सनम तामाङ र २२ वर्षीय राजु लामा छन्।

त्यस्तै, काभ्रेपलान्चोकका २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाका २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलान्चोककै २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन्।

प्रहरीले पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ५१ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस