नोबेल शान्ति पुरस्कारका नौ विजेता एकैपटक लुम्बिनी आउने
२६ माघ २०८०
•
४ मिनेट पाठ
नोबेल शान्ति पुरस्कारका नौ विजेता एकैपटक लुम्बिनी आउने
फाइल तस्वीर
बुद्ध जन्मस्थल लुम्बिनीमा हुन गइरहेको चौथो अन्तराष्ट्रिय बालबालिका, विकास र शान्तिका लागि लरिएट्स एन्ड लिडर्स शिखर सम्मेलनको तयारी तीव्र पारिएको छ।




बालबालिकामाथि हुने सबैखाले हिंसा, बेचबिखन तथा बालशोषणको अन्त्य गर्न साझा अवधारणा बनाउँदै बालबालिकाको विकास, संरक्षण र शान्तिको सन्देश दिने उद्देश्यले सिखर सम्मेलन गर्न लागिएको हो।

संघीय सरकारको स्वीकृति र मन्त्रिपरिषद्को निर्णय अनुसार लुम्बिनी प्रदेश सरकारको आयोजना र व्यवस्थापनमा फागुन २८ देखि ३० गते (मार्च ११ देखि १३) सम्म लुम्बिनीमा शिखर सम्मेलन हुन लागेको हो।

सम्मेलनमा भाग लिन नौजना नोबेल शान्ति पुरस्कार विजेताहरू एकैपटक लुम्बिनी आउँदैछन्। विकासोन्मुख देशका राष्ट्रप्रमुख, संयुक्त राष्ट्रसंघका विकास साझेदार, बालबालिका तथा शान्ति क्षेत्रका विज्ञ तथा उच्चपदस्थ अधिकारीसहितका विदेशी पाहुना सम्मेलनमा सहभागी हुनेछन्।

नेपालबाट प्रधानमन्त्री पुष्पकमल दाहालसहित मन्त्रीहरू, शान्ति तथा बालबालिकाको क्षेत्रमा कार्यरत विज्ञ, सरकारी तथा गैरसरकारी क्षेत्रका अधिकारीहरूको सहभागिता रहनेछ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बालबालिकाको विकास र संरक्षणका लागि बुद्ध जन्मस्थलबाट शान्ति, सद्भाव र करुणाको सन्देश दिँदै लुम्बिनीको महत्त्वलाई विश्वभर फैलाउन शिखर सम्मेलन लुम्बिनीमा गर्न लागिएको बताए।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी
सम्मेलनमा विश्वभरका बालबालिकाको अधिकार र शान्तिका लागि दिशानिर्देश गर्दै बालशोषण अन्त्यका लागि प्रतिबद्धतासहितको घोषणापत्र जारी गरिने उनले बताए।

मुख्यमन्त्री चौधरीले नेपालको आर्थिक विकास र लुम्बिनीको पर्यटन प्रवर्द्धनमा पनि सम्मेलनले महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे।

‘लुम्बिनी जस्तो पवित्र स्थलबाट विश्वका अति विशिष्ट व्यक्तिहरूको सम्मेलनले दिने सन्देशले लुम्बिनीलाई विश्वकै मुख्य पर्यटकीय गन्तव्यको रूपमा ब्राण्डिङ गर्न सघाउनेछ,’ मुख्यमन्त्री चौधरीले भने।

सम्मेलनमा शान्ति तथा बालबालिकाको क्षेत्रका विज्ञ तथा उच्चपदस्थ अधिकारी र अन्तर्राष्ट्रिय मिडियाकर्मी गरी एक सय विदेशी पाहुना र दुई सय स्वदेशी सहभागी हुनेछन्।

सम्मेलनमा विश्वकै प्रतिष्ठित नोबेल शान्ति पुरस्कार विजेताहरू सन् २०१५ का अब्देससतार वेन मौसा र विदेद बुसामावुई, २०१४ का भारतका कैलाश सत्यार्थी, २०१३ का नोबेल पुरस्कार विजेता एरी वार्सल, २०११ का नोबेल शान्ति पुरस्कार विजेताद्वय लेहम बोवी र टवाको कम्र्यान, सन १९९७ का जोडी विलियम्स, १९९६ का जोजे रामोस ओर्टा र १९९३ का नाबेल शान्ति पुरस्कार विजेता रिचर्ड रोबर्ट्स सहभागी हुनेछन्।

त्यस्तै जोर्डनका राजकुमार अली विन अल हुसेन, टिमोर लिष्टेका राष्ट्रपति, अर्थशास्त्री जेफ्री स्याक्स, पानामाकी पूर्वप्रथम महिला लोरेना क्यासिलो, इन्टर पार्लियामेन्टरी युनियनका महासचिव मार्टिन चुङगोङ, स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युटका अध्यक्ष स्टेफन लोफभेन पनि सहभागी हुने बताइएको छ।
नोवेल पुरस्कारबाट सम्मानित नौजना हस्तीसहित विदेशी उच्च अधिकारीहरू एकैपटक लुम्बिनीमा जम्मा भएर विकास र शान्तिको सन्देश दिँदा लुम्बिनीप्रति विश्वको ध्यान खिचिने दाबी मुख्यमन्त्री चौधरीको छ।

सम्मेलनका लागि प्रदेश सरकारले चालु वर्षको बजेटबाट ६ करोड ५० लाख रूपैयाँ छुट्याएको छ। शिखर सम्मेलनका लागि मुख्यमन्त्री चौधरीको संयोजकत्वमा निर्देशक समिति गठन गरेर तयारी बढाइएको छ।

सरकारका तर्फबाट परराष्ट्रमन्त्री एनपी साउँदले उच्चस्तरीय ढंगबाट संंयोजनकारी भूमिका खेलिरहेको मुख्यमन्त्री चौधरीले बताए।

सम्मेलनमा सहभागी हुन आउने विभिन्न देशका राष्ट्रप्रमुखहरू नोबेल पुरस्कार विजेताहरू, उच्चपदस्थ अधिकारीहरूको सुरक्षा प्रबन्धको तयारी संघीय सरकार तथा प्रदेश सरकारको गृहमन्त्रालयले गरिरहेका छन्।

सम्मेलनको तयारी स्वरूप प्रदेश सरकारले संघीय सरकार तथा परराष्ट्र मन्त्रालय, लुम्बिनी विकास कोष, प्रदेश सरकारका सम्बन्धित निकाय तथा पर्यटन व्यवसायीबीच चरणबद्ध रूपमा छलफल, तयारी बैठकहरू गरिरहेको छ।
विदेशी तथा स्वदेशी पाहुनाको आवास, सुरक्षा, खानपान तथा आवतजावतलगायतका सम्बन्धमा तयारी तीव्र्र पारिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ।

तीन दिनसम्म चल्ने सम्मेलनको पहिलो दिन फागुन २८ गते उद्घाटन समारोह लुम्बिनीस्थित अन्तर्राष्ट्रिय सभाहलमा हुनेछ। विधागत तथा समूहगत छलफल कार्यक्रम भने होटलमा गर्ने तयारी छ। शिखर सम्मेलनको निचोड स्वरूप प्रतिबद्धता पत्र सार्वजनिक तथा समापन कार्यक्रम मायादेवी मन्दिर परिषरमा गरिनेछ।

सम्मेलनमा भाग लिन आउने विदेशी पाहुनालाई लुम्बिनी आसपासका बुद्धस्थलका साथै पाल्पा, प्युठानको स्वर्गद्धारी र बर्दिया राष्ट्रिय निकुञ्ज घुमाउने तयारी भइरहेको मुख्यमन्त्री कार्यालयका प्रवक्ता घिमिरेले बताए।

सम्मेलनले विश्वभरमा बालबालिकाको विकासमा देखिएका चुनौती चिर्दै बाल विकास र संरक्षणका लागि कार्ययोजना बनाउने र बालशोषण अन्त्यका लागि सबैको प्रतिबद्धतासहितको घोषणापत्र जारी गर्नेछ।
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
१३ मिनेट अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ३८ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस