बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रबाट हुने आम्दानी स्थानीय विकासमा लगाउन माग
०२ फागुन २०८०
•
२ मिनेट पाठ
बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रबाट हुने आम्दानी स्थानीय विकासमा लगाउन माग
बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरको भेटीलगायतबाट हुने आम्दानीको आधा हिस्सा लुम्बिनी सांस्कृतिक नगरपालिकालाई प्रदान गर्न माग गरिएको छ।




लुम्बिनी बचाउ संघर्ष समितिले सो माग गर्दै लुम्बिनी गुरुयोजनाका लागि जग्गा दिनेदेखि  संरक्षण र विकासमा स्थानीयको योगदान अतुलनीय रहेको स्पष्ट पारेको छ। समितिले मायादेवी मन्दिरलगायत अन्य स्थानबाट हुने आम्दानी स्थानीय विकासमा लगानी नभएको जनाएको छ।

समितिले लुम्बिनी विकास कोषलाई हालै बुझाएको उन्नाईसबुँदे ज्ञापनपत्रमा विकास कोष सञ्चालक समितिमा उपाध्यक्ष, कोषाध्यक्ष र सदस्यसचिवसहितका पदाधिकारी र दुईजना सदस्य स्थानीय नै रहने गरी विधान संशोधन गर्नसमेत माग गरेको छ।

त्यस्तै लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख, लुम्बिनी क्षेत्रका संघीय सांसद र प्रदेशसभा सदस्य विधानतः पदेन सदस्य हुनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ। समितिले मायादेवी मन्दिरको स्वरूप र संरचना परिवर्तन नगर्ने तथा गुरुयोजनाविपरीतका अनधिकृत संरचना तत्काल हटाउन माग गरेको छ।

त्यसैगरी मायादेवी मन्दिरभित्र नित्य पूजा, सन्ध्या आरती तथा दीप प्रज्ज्वलन कार्यक्रमलाई निरन्तरता दिन र मन्दिर दर्शन–अवलोकनका लागि शुल्क नलाग्ने व्यवस्था तत्काल मिलाउन समितिले कोषसमक्ष आग्रह गरेको छ।

शान्तिपूर्ण धर्मसभा, प्रवचन तथा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने खालका कार्यक्रम गर्न पाउने कार्यविधि यथाशीघ्र बनाई अन्तर्राष्ट्रिय सभाहललाई सञ्चालनमा ल्याउन तथा कोषको गुरुयोजनामा उल्लेख भएअनुसार कोष परिसरभित्र एक विद्यालय, एक सुविधासम्पन्न अस्पताल र एक बगैंचाको तत्काल निर्माण थालनी गर्न  समितिले माग गरेको छ।

ज्ञापनपत्रमा भनिएको छ, ‘मायादेवी मन्दिरलाई बिहान ५ देखि बेलुका १० बजेसम्म खुला राखिनुपर्छ। पण्डित गंगाप्रसाद पाण्डे विगतमा पुस्तौंपुस्तादेखि मायादेवी मन्दिरको पूजापाठ गर्दै आएकामा निजका सन्तानलाई एक स्थान सुरक्षित राख्नुपर्दछ। कर्मचारी भर्ना गर्दा स्थानीयलाई प्राथमिकता दिइनुपर्दछ र लामो समय काम गरेका कर्मचारीलाई स्थायी बनाउनु पर्दछ।’

लुम्बिनी अधिग्रहणमा परेका किसानलाई परिचयपत्रको व्यवस्था गर्न, बँदेल निलगाईलगायतका जीवजन्तुबाट भएको बालीनालीको क्षतिपूर्ति प्रदान गर्न, एसियाली विकास बैंकबाट अनुदानमा प्राप्त विद्युतीय बस तथा भ्यान आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी यथाशीघ्र सञ्चालन गर्न तथा गेट नं ४ र ५ को बीचमा साना सवारी राख्ने उद्यान निर्माण गर्न  सिमल, पिपल, वर, आदिको संरक्षण गर्न,  लुम्बिनीमा अहिलेसम्ममा उत्खननका क्रममा भेटिएका ३९ भन्दा बढी मूर्ति तथा अमूल्य पुरातात्विक वस्तुको अभिलेख राख्न समितिले कोषसमक्ष माग राखेको छ। –रासस
अर्को समाचार
लरियट्स एन्ड लिडर्स शिखर सम्मेलन स्थगित
२४ फागुन २०८०
•
४ मिनेट पाठ
लरियट्स एन्ड लिडर्स शिखर सम्मेलन स्थगित
लुम्बिनी मायादेवी मन्दिर। तस्बिर : नागरिक
बुद्ध जन्मस्थल लुम्बिनीमा गर्न लागिएको अन्तर्राष्ट्रिय शिखर सम्मेलन स्थगित भएको छ। संघीय सरकारमा भएको सत्ता समीकरणको फेरबदलको असर लुम्बिनीमा हुने भनिएको शिखर सम्मेलनमा परेको हो। मंगलबार बसेको लुम्बिनीको मन्त्रिपरिषद् बैठकले यही फागुन २८ र २९ गते लुम्बिनीमा हुन लागेको अन्तर्राष्ट्रिय बालबालिका, विकास र शान्तिका लागि लरिएट्स एन्ड लिडर्स शिखर सम्मेलन तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको हो।




लुम्बिनी प्रदेश सरकारको आयोजनामा हुने भनिएको शिखर सम्मेलनबारे आधिकारिक निर्णय गर्न मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मंगलबार मन्त्रिपरिषद् बैठक डाकेका थिए। मन्त्रिपरिषद् बैठकले सिखर सम्मेलन स्थगित गर्नुको ठोस कारण खुलाएको छैन। विशेष कारण भन्दै सम्मेलन स्थगित गर्ने निर्णय गरिएको छ।

सम्मेलनको अधिकांश तयारी पूरा भएको थियो। सम्मेलनका लागि बुटवलमा सचिवालय स्थापना गरी तीन महिना अघिदेखि नै तयारी थालिएको थियो। निमन्त्रणा कार्ड, झोला, मञ्च व्यवस्थापन, होटल बुक गर्ने, विदेशी पाहुनाका लागि टिकेटिङ जस्ता तयारीका काम भइसकेको सचिवालयले जनाएको छ। पछिल्लो समय फेरिएको राजनीतिक समीकरणसँगै लुम्बिनीमा गर्न लागिएको सम्मेलन पनि स्थगित भएको मुख्यमन्त्री कार्यालयका प्रवक्ता निराजन घिमिरेले बताए।

सम्मेलनमा नौ जना नोबेल पुरस्कार विजेतासहित विभिन्न देशका राष्ट्रप्रमुख, पूर्वराष्ट्रप्रमुख तथा प्रधानमन्त्री, सम्बन्धित क्षेत्रका विज्ञ, केही ठूला लगानीकर्ता समेत गरी ३० जना विशिष्ट विदेशी पाहुना आउने तयारी थियो। विशिष्टसहित सय विदेशी पाहुनालाई निमन्त्रणा पठाइसकेपछि सम्मेलन स्थगित भएको छ।

नोबेल पुरस्कार विजेतासहितका विशिष्ट पाहुनाहरू सम्मेनलमा आउने तयारीमा रहेका बेला सत्ता समीकरणमा भएको फेरबदलले सम्मेलन नै स्थगित गरिएको सन्देश पठाउनुपरेको र त्यसले नेपालप्रति सकारात्मक सन्देश नगएको मुख्यमन्त्री कार्यालयकै एकजना अधिकारीले बताए।

शिखर सम्मेलनका लागि लुम्बिनी प्रदेश सरकारले ६ करोड ५० लाख बजेट छुट्याएको छ। बालबालिकामाथि हुने सबैखाले हिंसा, बेचबिखन तथा बाल शोषणको अन्त्य गर्न साझा अवधारणा बनाउँदै बालबालिकाको विकास, संरक्षण र शान्तिको सन्देश दिने उद्देश्यले शिखर सम्मेलन गर्ने भनिएको थियो।

शिखर सम्मेलनमा भाग लिन एकै पटक नौ जना नोबेल शान्ति पुरस्कार विजेताहरू लुम्बिनी आउँदै थिए। विश्वकै प्रतिष्ठित नोबेल शान्ति पुरस्कार विजेताहरू अब्देससतार वेन मौसा, विदेद बुसामावुई, कैलाश सत्यार्थी, एरी वार्सल, लेहम बोवी, टवाको कम्र्यान, जोडी विलियम्स, जोजे रामोस ओर्टा र रिचर्ड रोबर्ट्स सम्मेलनमा सहभागी हुने तयारी थियो।

विकासोन्मुख देशका राष्ट्रप्रमुख, संयुक्त राष्ट्रसंघका विकास साझेदार, बालबालिका तथा शान्ति क्षेत्रका विज्ञ तथा उच्चपदस्थ अधिकारी, अन्तर्राष्ट्रिय मिडियाकर्मीसहितका विदेशी पाहुना सम्मेलनमा सहभागी हुने निश्चित भएको थियो।

जोर्डनका राजकुमार अली विन अल हुसेन, टिमोर लिष्टेका राष्ट्रपति, अर्थशास्त्री जेफ्री स्याक्स, पानामाकी पूर्वप्रथम महिला लोरेना क्यासिलो, इन्टर पार्लियामेन्टरी युनियनका महासचिव मार्टिन चुङगोङ, स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युटका अध्यक्ष स्टेफन लोफभेनलगायतका विशिष्ट पाहुना सम्मेलनका लागि लुम्बिनी आउँदै थिए।

नेपालबाट राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, शान्ति तथा बालबालिकाको क्षेत्रमा कार्यरत विज्ञ, सरकारी तथा गैरसरकारी क्षेत्रका अधिकारीको सहभागिता रहने भनिए पनि राजनीतिक अस्थिरताकै कारण अन्तिम समयमा सम्मेलन स्थगित गरिएको छ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बालबालिकाको विकास र संरक्षणका लागि बुद्धजन्मस्थलबाट शान्ति, सद्भाव र करुणाको सन्देश दिँदै लुम्बिनीको महत्त्वलाई विश्वभर फैलाउन शिखर सम्मेलन लुम्बिनीमा गर्न लागिएको भए पनि बदलिँदो राजनीतिक समीकरणले कार्यक्रम स्थगित गर्नुपरेको प्रतिक्रिया दिए।

सम्मेलनमा विश्वभरका बालबालिकाको अधिकार र शान्ति लागि दिशानिर्देश गर्दै बालशोषण अन्त्यका लागि प्रतिबद्धतासहितको घोषणापत्र जारी गर्ने तालिका थियो। सम्मेलनले लुम्बिनीको आर्थिक विकास र पर्यटन प्रबद्र्धनमा महत्त्वपूर्ण योगदान दिने अपेक्षा गरिएको थियो। सम्मेलनमा भाग लिन आउने विदेशी पाहुनाहरूलाई लुम्बिनी आसपासका बुद्धस्थलका साथै पाल्पा, प्युठानको स्वर्गद्वारी र बर्दिया राष्ट्रिय निकुञ्ज घुमाउने तयारी पनि थियो।
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ६ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस