विभिन्न तथ्याङ्क अनुसार विश्वव्यापी रूपमा तीन मध्ये एक जना महिला लैङ्गिक हिंसाबाट पीडित छन्। ती हिंसाहरू सबैभन्दा नजिककाबाट हुने गरेको तथ्याङ्कहरूले देखाएका छन्।
तेत्तीस प्रतिशत महिला आफ्नै श्रीमानबाट पीडित छन्। विश्व स्वास्थ्य संघकाअनुसार ४ मध्ये एक जना महिला र बालिकाले लैङ्गिक हिंसा भोगेका हुन्छन्।
सामाजिक सांस्कृतिक स्टिरियोटाइप र पूर्वाग्रहरु, स्त्रीत्व र पुरुषत्वका विभिन्न मानक तथा अपेक्षाहरू, सामाजिकीकरण, हिंसालाई सामान्य रूपमा लिनु, महिला तथा केटीहरूलाई हुने हिंसा मान्य हुनु, गरिबी, सम्पत्तिमा असमान पहुँच र नियन्त्रणलगायत लैङ्गिक हिंसाका कारणहरू हुन्।
महिलाहरूले आफ्नो दैनिक जीवनमा विभिन्न प्रकारका भेदभाव भोग्दै आइरहेका छन्। विश्वव्यापी रूपमै महिलाहरूमा स्रोत, साधनको सीमित पहुँच र गरिबीको बढ्दो जोखिममा छन्।
उदाहरणको लागि आदिवासी जनजातिहरू विश्वको जनसङ्ख्याको पाँच प्रतिशत हिस्सा ओगटेका छन्। तर तथ्याङ्क अनुसार १५ प्रतिशत गरिबीमा बाँचिरहेका छन्।
यसअर्थमा हेर्ने हो भने बहुसङ्ख्यक सीमान्तकृत महिलाहरू जसमा अपाङ्गता भएका, आदिवासी जनजाति, जातीय अल्पसङ्ख्यक ज्येष्ठ नागरिक, यौनिक तथा अल्पसङ्ख्यक समुदायका महिलाहरूले भोग्नु परेका असमानता र हिंसा विश्वव्यापी छ।
उनीहरूको आवाज सुन्नका लागि तथा समाजमा पछाडि परेकाहरूका आवाज सुनाउन र लैङ्गिक मैत्री समाजको पहल गर्न एकीकृत पैरवी गर्न आवश्यक छ।
यसैक्रममा वियोण्ड बेइजिङ कमिटी (बिबिसी) नेपालले आयोजनामा सीमान्तकृत महिलाहरूको विविध आवाजलाई एकजुट गरी ऐक्यबद्धता र सहयोगात्मक कार्यलाई बढवा दिन विश्व सामाजिक मञ्च –२०२५ सम्मेलनमा आफ्नो उपस्थिति जनाएको थियो।
सीमान्तकृत महिला र केटीहरूको आवाजलाई उजागर गर्न यस विश्वव्यापी महिला सम्मेलनमा आफ्नो अर्थपूर्ण उपस्थिति रहेको बिबिसी नेपालका अध्यक्ष कृष्णकुमारी बाइवाले बताइन्।
कार्यक्रममा डा. लक्ष्मी तामाङले आफ्नो शरीरको अधिकार जबसम्म अरूबाट निर्देशित हुन्छ तबसम्म कसैले पनि स्वतन्त्रता अनुभूति गर्न नसक्ने धारण व्यक्त गरिन्।
महिलाहरू जैविक रूपमा सबैभन्दा बलिया भएपनि पुरुषहरू हाबी भइरहेको कारण महिला हिंसा बढिरहेको उनले बताइन्।
‘लैङ्गिक हिंसा कम गर्न महिलाले आफ्नो इच्छा र छनौटलाई हाबी हुन दिनुहुदैन्’, उनी भन्छिन्, ‘महिला सृष्टिकर्ता हो। यो संसारको सबैभन्दा बलियो पक्ष हो तर पनि दृष्टिकर्ता अनुसार चल्ने भएर लैङ्गिक हिंसा भइरहेको छ।’
कुनै पनि महिला वा केटीलाई आफ्नो शरीर र प्रजनन कार्यबारे स्वायत्त निर्णय गर्ने समान अधिकार छ र त्यसको निडर भएर प्रयोग गर्नुपर्ने उनको तर्क छ। प्राय महिलाले आफ्नो शरीरको अधिकार र शक्तिको प्रयोग नगरेको उनको बुझाई छ।
महिलाको शरीर मनोरञ्जन र प्रयोगको साधन मात्र नभएर सृष्टिकर्ताको रूपमा हेरिनु पर्ने उनको तर्क छ। उनी भन्छिन्, ‘महिलाले आफ्नो शरीर र प्रजनन अधिकारको महत्त्व, मूल्यमान्यतालाई आफैले पहिले बुझेर सोहीअनुरूपको निर्णय, अधिकार र गतिविधिहरूमा संलग्न हुनुपर्छ।’
कार्यक्रमका सहभागी महिलाका अनुसार शरीरको स्वायत्तता, यौन र प्रजनन अधिकारले जो कसैलाई पनि आफ्नो शरीर, यौन स्वास्थ्य र सम्बन्धहरू बारे जान्न र सिक्ने अधिकार निर्देशित गर्दछ। साथै यो विषय समान र गोपनीय हुन्छ। कुनै पनि महिला वा केटीलाई आफ्नो पार्टनर छान्ने पूर्ण स्वायत्त अधिकार छ भने बलात्कार तथा यौन हिंसाबाट मुक्त भई बाच्न पाउने अधिकार छ।
यौन र प्रजनन अधिकारको कुरा गर्दा कसैले कसैलाई जबरजस्ती गर्न पाउदैन्। नेपाली समाजमा अझै पनि पुरुषहरूले यौन र प्रजनन अधिकारको कुरामा निर्णायक भूमिका खेलिरहेको छ। यसको परिणाम महिलाहरूले विभिन्न मानसिक, भौतिक, आर्थिक, सांस्कृतिक शोषण भोगिरहनुपरेको तितो यथार्थ समाजमा व्याप्त छ।