दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताह
१० फागुन २०८०
•
३ मिनेट पाठ
दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताह
सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि नेपालगन्जमा बिहीबारदेखि ट्राफिक सप्ताह सुरु भएको छ।




लुम्बिनी प्रदेश प्रहरी कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवल र जिल्ला प्रहरी कार्यालय बाँकेको सहकार्य तथा नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाको आयोजनामा ट्राफिक सप्ताह सुरु भएको हो।  

सप्ताहको नेपालगन्जस्थित धम्बोझी चोकमा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले औपचारिक रुपमा उद्घाटन गरे। गृहमन्त्री श्रेष्ठले सडक दुर्घटना र ट्राफिक अनुशासनका कारणले पैदा भएका असहज अवस्था अन्त्य गर्न जरुरी रहेको बताए।

‘एउटा कुनै पक्षले मात्रै यसको समाधान गर्न सक्दैन, सवारी मार्ग, सडकको गुणस्तर, सवारी साधनको गुणस्तर, साथसाथै सवारी चालक, यात्रुको चेतना र अनुशासनको स्थिति, ट्राफिक प्रहरीको ऐननियम लागु गर्ने प्रतिबद्धता र सक्रियताबाट मात्र सकारात्मक परिवर्तन ल्याउन सक्छौं’, उनले भने, ‘सरकारले यसमा ध्यान दिएकै छ, तथापि, ट्राफिक सप्ताहमार्फत मुख्य त ट्राफिक नियमको जानकारी गराउने र यो सडक दुर्घटनाको कारण जानकारी गराउने र त्यसबाट बच्न ट्राफिक अनुशासन कायम गर्ने मुख्य पक्ष हुन आउँछ।’

ट्राफिक प्रहरी अहोरात्र खटिरहनुपरेको बताउँदै उनले भने, ‘हामीले उचित संरचना, साधन स्रोत, प्रविधि र प्रोत्साहनको व्यवस्था गर्न सकेका छैनौं, तथापि उहाँहरू घाम र धुलोमा लगातार सक्रिय भइरहनु भएको छ।’

सवारी साधनको गुणस्तर जाँचका लागि यन्त्रहरूको परीक्षण, नियमन प्रभावकारी, सडक गुणस्तर र साथै सवारी लाइसेन्स प्रक्रियालाई पनि अभिमुखीकरण गर्ने, सही चालकलाई मात्र लाइसेन्स दिने प्रक्रियासहित नयाँ ढंगले जाने योजना रहेको उनले सुनाए।

ट्राफिक समस्याले ट्राफिक जाम हुने, समयमा कार्यालयमा नपुग्ने, समयमा ठाउँमा नपुग्ने र जनजीवन असहज हुने स्थिति भोगिरहेको गृहमन्त्री श्रेष्ठले औल्याए।

‘हामीले ट्राफिक सप्ताह बेला बेलामा मनाउँदै आएका छौं, यसको अर्थ यस विषयको महत्वलाई आम जनतासँग विशेष त सम्बन्धित सरोकारवाला पक्षसँग पु¥याउन र जागरण गर्नु नै हो, ता कि यसबाट हुन सक्ने नकारात्मक परिणाम कम गर्न सकियोस् र जीवनलाई सहज बनाउन सकियोस्’, उनले भने।

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख (एसपी) श्यामबहादुर खत्रीले सरोकारवाला निकाय, चालक, सडक प्रयोगकर्ता, सर्वसाधारणले मर्यादित र सचेत भएर ट्राफिक नियम पालना गर्ने हो भने अनपेक्षित दुर्घटनाबाट बच्न सकिने बताए। ‘यही अभियानलाई सार्थक पार्न सुरु भएको ट्राफिक सप्ताहलाई विभिन्न कार्यक्रमका साथ मनाइने छ’, उनले भने।

एसपी खत्रीका अनुसार सप्ताह अवधिभर पैदल यात्रीलाई जेब्रा क्रसिङमा बाटो काट्ने तरिका सिकाउने, ओभर स्पिड र ध्वनि नियन्त्रण, क्षमताभन्दा बढी यात्रु बोक्ने सवारी चेकजाँच गर्ने, सवारी साधनको यान्त्रिक परीक्षण, सवारी चालकको स्वास्थ्य परीक्षण र पर्चा पप्प्लेट वितरण, ट्राफिक सिंग्नल प्रयोग गर्न प्रशिक्षण, समुदाय तथा विद्यालय स्तरमा सचेतनामूलक कार्यक्रमलगायत गर्ने तय भएको छ।

सो क्रममा लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डेय, लुम्बिनी प्रदेशका सहरी विकासमन्त्री कृष्णा केसी, प्रदेश सांसदद्वय मिना श्रेष्ठ र अम्बिका काफ्ले, गृह मन्त्रालयका सचिव दिनेश भट्टराई, नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, लुम्बिनी प्रदेशका प्रहरी प्रमुख (डिआईजी) कुबेर कडायतलगायतको उपस्थिति थियो। ट्राफिक सप्ताह उद्घाटनअघि स्थानीय बिपी चोकबाट धम्बोझी चोकसम्म प्रभातफेरी निकालिएको थियो।
अर्को समाचार
भोलेदेखि दुर्घटना न्यूनीकरण अभियान तथा ट्राफिक सप्ताह
२५ पौष २०८२
•
२ मिनेट पाठ
भोलेदेखि दुर्घटना न्यूनीकरण अभियान तथा ट्राफिक सप्ताह
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले यही पुस २६ गतेदेखि माघ ३ गतेसम्म सवारी दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह–२०८२ सञ्चालन गर्ने भएको छ।




बिहीबार आयोजित पत्रकार सम्मेलनमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले काठमाडौं उपत्यकामा बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यका उक्त अभियान सुरु गर्न लागिएको जानकारी दिए। 

अभियानमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी सचेतनामूलक, सामाजिक तथा व्यवहार परिवर्तनमुखी कार्यक्रमहरू सञ्चालन गरिने छ। प्रवक्ता सुवेदीले भने, ‘एक सातासम्म सवारी दुर्घटना न्यूनीकरणका लागि लक्षित ट्राफिक सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिनेछन्।’

उनका अनुसार यही पुस २५ गते शुक्रबार (आज) रक्तदान कार्यक्रम सञ्चालन गरिनेछ। साथै, ट्राफिक एफएममार्फत सरोकारवाला निकाय तथा सडक सुरक्षासम्बन्धी विज्ञ, व्यक्तित्वहरूसँग विशेष कार्यक्रम, अन्तर्वार्ता तथा अन्तरक्रिया सञ्चालन गरिनेछ।

यसैगरी सामाजिक सञ्जाल टिकटक, फेसबुक र एक्समार्फत ट्राफिक सप्ताहसम्बन्धी प्रचारप्रसार तथा सचेतनामूलक सामग्रीहरू प्रवाह गरिनेछ भने नेपाल टेलिकम, एनसेललगायत दूरसञ्चार सेवाप्रदायक कम्पनीहरूलाई ट्राफिक सचेतनासम्बन्धी धुन तथा सन्देशहरू सात दिनसम्म प्रसारण गर्न अभिप्रेरित गराइने जनाइएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले ट्राफिक नियमको निष्पक्ष कार्यान्वयन, जनचेतना अभिवृद्धि तथा सवारी दुर्घटनाबाट हुने मानवीय, सामाजिक र आर्थिक क्षति न्यूनीकरण गर्ने उद्देश्यका साथ उक्त अभियान आयोजना गर्न लागिएको बताए।

उनले भने, ‘सुरक्षित, व्यवस्थित र अनुशासित यातायात प्रणालीको विकासमा टेवा पुर्‍याउने लक्ष्यसहित सवारी दुर्घटना न्यूनिकरण विशेष अभियान तथा ट्राफिक सचेतना सप्ताह–२०८२ सञ्चालन गर्न लागिएको हो।’

अभियानअन्तर्गत काठमाडौं उपत्यकामा रहेका डिजिटल बोर्डमा प्रत्येक घण्टामा एक मिनेटको दुर्घटनासम्बन्धी जनचेतनामूलक वृत्तचित्र प्रदर्शन गर्न आवश्यक समन्वय गरिनेछ। साथै राष्ट्रिय कलाकार, गायक तथा गायिकाहरूलाई उपत्यकाका मुख्य चोकहरूमा ट्राफिक सचेतनामूलक पर्चा, पम्प्लेट वितरण गर्न आमन्त्रण गरिनेछ।

रात्रिकालीन लामो तथा मध्यम दूरीका सवारी साधनहरूमा एक मिनेटको दुर्घटना न्यूनीकरणसम्बन्धी जनचेतनामूलक वृत्तचित्र प्रदर्शन गरिनेछ। राइड सेयरिङ एप चालकहरूलाई लक्षित गरी दुर्घटना न्यूनीकरणसम्बन्धी विशेष सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने जनाएको छ। रासस
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock २ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock २८ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस