पौष शुक्ल पूर्णिमादेखि सुरु भएको श्रीस्वस्थानी व्रत र माघस्नान यही शनिबार समापन हुदैछ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमा (एक महिना) सम्म विशेष गरी हिन्दु महिलाहरूद्वारा यो व्रत लिइन्छ।
यस अवधिमा काठमाडौँको साँखुस्थित शालीनदीपरिसरमा माघस्नानसहित माधवनारायण मेला लागिरहेको छ। साथै पशुपति क्षेत्रअन्तर्गत गौरीघाट, गुह्येश्वरी र सतीदेवीका अंग पतन भएका विभिन्न शक्तिपीठका साथै महादेव मन्दिरहरूमा भक्तजनको घुइँचो लाग्ने छ।
श्री स्वस्थानीको व्रत सकिन दुई दिन बाँकी रहँदा बिहीबार पनि साँघुस्थित शालीनदी परिसरमा भक्तजन र श्रद्लुहरुको भिडभाड थियो।
बिहीबार पनि शालीनदी परिसरमा शालीनदीमा स्थान गर्ने, माधव नारायण र श्रीस्वस्थानी मन्दिरको दर्शन गर्ने भक्तजनहरूको सङ्ख्या त्यत्तिकै थियो। तीर्थालु तथा भक्ताजनहरुले गोमा ब्राह्मणीका कुटीमा पनि पूजाआजा गरिरहेका थिए। मन्दी परिसर मन्दिर छिर्नु भन्दो अगाडी सडक मेलामय देखिन्थ्यो।
मृगस्थली, शालीनदी, लावण्य देशलगायत स्थल श्रीस्वस्थानी व्रत कथामा उल्लेख गरिएको र विषयवस्तु तथा घटना पनि नेपालकै सेरोफेरोमा घटेको भनी स्कन्द पुराणमा उल्लेख छ। माघ महिनाभर शालीनदीमा स्नान गरी माधवनारायणको दर्शन गरे अनन्य पुण्य मिल्ने धार्मिक विश्वास छ।
माधवनारायणको व्रत बस्ने व्यक्तिले व्रत सुरु हुनु अघिल्लो दिनदेखि निराहार बस्नुपर्ने, बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामग्रीले पूजा गर्नुपर्ने, शास्त्रोक्त मन्त्रोच्चारण गरी नित्यपूजा गर्नुपर्ने परम्परा छ।
सत्य युगमा हिमालयपुत्री पार्वतीले ‘महादेव पति पाऊँ’ भनी सो व्रत बसेकी र उनको इच्छा पूर्ण भएको मान्यतामा आधारित रही श्रीस्वस्थानी व्रत र माघस्नानको प्रचलन रहेको हो।
सो अवधिमा व्रत गर्नाले सुखशान्ति, समृद्धि मिल्नुका साथै सौभाग्य प्राप्त हुने विश्वास गरिन्छ। व्रतका प्रभावले शिव–पार्वतीको विवाह भएको प्रसंग स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघमाहात्म्यमा उल्लेख छ।
सो पुराणका अनुसार महादेवपत्नी सतीदेवीले बाबुले आफ्ना पति महादेवलाई गाली असह्य भएपछि यज्ञकुण्डमा हाम फाली प्राण त्याग गरेकी थिइन्। पछि हिमालय पर्वत र मेनकाकी पुत्री पार्वतीको रूपमा उनको जन्म भएको र सानैदेखि ‘महादेव पति पाऊँ’ भन्ने कामनासहित व्रत गरेको उल्लेख छ। तर, विवाह गर्ने बेला भएपछि हिमालयले भगवान् विष्णुसँग पार्वतीको विवाह गरिदिने भए।
त्यसैले पार्वती भागेर एकान्तमा गई महादेवको ध्यान गर्न थालिन्। विष्णुले महादेव पति पाउन स्वस्थानी व्रत गर्ने सल्लाह दिएका र पार्वतीले विधिपूर्वक एक महिनासम्म सो व्रत गरी महादेव पति पाएको उल्लेख छ।
तसर्थ व्रतका प्रभावले शिव–पार्वतीको विवाह भएकाले सोही परम्परालाई आधार मानी श्रीस्वस्थानी व्रतकथा लोकचलनमा आएको पण्डित नरनाथ अधिकारी बताउँछन्। श्रीस्वस्थानी व्रत पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने भए पनि व्रत गर्ने पुरुष वा महिलाले अघिल्लै दिन बिहान सबेरै उठी हातखुट्टाका नङ काट्ने, स्नान गर्ने र ‘शुद्ध वस्त्र लगाएर एक छाक सात्त्विक भोजन गर्ने गर्दछन्।
व्रत अवधिभर बिहान माघस्नान गरी मध्याह्न कालमा श्रीमहादेवको पूजाआराधना र अर्घ्य दिने चलन छ। त्यस्तै बेलुका प्रत्येक दिन स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार–अगस्त्य संवाद भएको श्रीस्वस्थानी व्रत कथा सुन्ने–सुनाउने गरिन्छ।
सो क्रम माघ शुक्ल पूर्णिमाको दिनसम्म गरिन्छ र अन्त्यमा साङ्गे गर्ने चलन रहेको छ। साङ्गेका दिन तामाको थालीमा ॐकार लेखी त्यसमा पवित्र बालुवाको शिवलिंग बीचमा स्थापना गरी श्रीस्वस्थानी देवीको पूजा गर्ने चलन रहेको अधिकारी बताउँछन्।
पूजामा सेलरोटी, सुपारी, फलफूल, बेलीपुष्प, पान, जनाई, अक्षता, आरतीबत्ती, भेटी, जौ, तिल आदि पदार्थ १०८ का दरले चढाई पूजास्थललाई १०८ फेरा नै घुमेर ढोग्नुपर्ने परम्परा रहेको छ।
अन्त्यमा मनोकामना पूर्ण होस्’ भनेर अर्घ्य दिई ती १०८ प्रसादमध्येबाट ८/८ वटा प्रसाद (आठ रोटी, आठ पान, आठ अक्षता, आठ कुड्का सुपारीआदि सगुनसहित) आफ्ना पतिलाई दिनू, पति नभए पुत्रलाई, पुत्र नभए मीतका छोरालाई, मीतको पनि छोरा नभए आफूले जुन कामना गरी व्रत गरेको हो, त्यो पूरा होस् भनेर जलाशयमा बगाइदिनू, सय/सय भाग प्रसाद आफूले ग्रहण गर्नू र सो दिन रातभर आफन्तजनसहित भजन कीर्तन गर्दै जाग्राम बस्नू भनेर श्रीस्वस्थानी व्रतकथामै उल्लेख गरिएको छ।
यसरी विधिपूर्वक व्रत गरेमा स्वस्थानी देवीको व्रतप्रभावले बिछोडिएका जोडीको पुनर्मिलन हुने, रुग्ण भए ठिक हुने र बिहे नभएकाले इच्छा गरेअनुरूप पति वा पत्नी पाउने, बिहे भएकाले सौभाग्य प्राप्त गर्ने, विधवा वा विधुर भइसकेकाले अर्को जन्ममा दाम्पत्य जीवनको सुखभोग प्राप्त गर्न पाउने स्वस्थानी माहात्म्यमा बताइएको छ।
स्वस्थानी कथामै व्रतपछि बिछोडिएका नाग–नागिनीको पुनर्मिलन भएको, चन्द्रावतीले अहंकार गरी स्वस्थानीको प्रसादको अपमान गरेकी र कुष्ठरोगले पीडित भएकी अनि स्वस्थानी व्रतकै प्रभावले उनको र नवराजको पुनर्मिलन भएको उल्लेख छ।
त्यस्तै गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको व्रतविधिअनुसार स्वस्थानी व्रत गर्दा छोरा नवराज फर्किएर आएका, उनी लावण्य देश (हालको साँखु क्षेत्र) को राजा भएको कथासमेत वर्णन गरिएको छ।
म्याग्दी। कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्। परम्परागत खाद्यबालीको खेती छाडेर सुन्तलाखेतीमा लागेका सुर्केमेलाका खेतबारीको अवस्थासँगै किसानको जीवनशैली पनि फेरिएको हो।
सुर्केमेलाकी ६५ वर्षीया बालकुमारी रोकाले १४ वर्षअघि सात मुरी धान फल्ने खेतमा सुन्तलाका बिरुवा रोपेकी थिइन्। जनशक्ति अभाव भएपछि उनले विसं २०६९ मा खाद्यबालीको विकल्पमा सुन्तलाखेती सुरु गरेकी हुन् हो।
अहिले उनको बगैँचामा रहेका दुई सय ५० बोटले वार्षिक रु सात लाख आम्दानी दिन थालेका छन्। खाद्यबालीको तुलनामा सुन्तलाखेतीबाट कम मेहनतमा राम्रो आम्दानी हुने उनको अनुभव छ।
'सात मुरी धान फल्ने खेतमा लगाएको सुन्तलाले अहिले वर्षमा रु। सात लाख आम्दानी दिन थालेको छ,' उनले भनिन्, 'छोराछोरी विदेश गए पनि मलाई सुन्तलाखेतीमै रमाइलो लागेको छ।'
सुर्केमेलाकै द्रोपती थापाले पनि सुन्तलाखेतीबाट आम्दानी बढाउँदै गएका छन्। गत वर्ष रु. एक लाख ५० हजारको सुन्तला बिक्री गरेकी उनले यस वर्ष रु. तीन लाख बराबरको बिक्री हुने अनुमान गरेकी छन्।
'यसपालि फल दिने बोट थपिएका छन्। उत्पादन पनि राम्रो भएकाले आम्दानी बढ्ने अनुमान छ,' उनले भनिन्, 'घरव्यवहार चलाउन सुन्तलाखेतीले धेरै सजिलो बनाएको छ।'
सुर्केमेलामा व्यावसायिक सुन्तलाखेती विस्तार गर्ने पहिलो किसान हुन्, ४६ वर्षीय डिलबहादुर केसी। उनले १५ वर्षअघि अंशमा पाएको धान फल्ने खेतमा सुन्तलाका बिरुवा रोपका थिए। त्यसबेला आफन्त र छिमेकीले उनको निर्णयको विरोध गरेका थिए।
'धान फल्ने खेतमा काँडा रोपेर छोराछोरी भोकै पार्ने भयौ भनेर गाली गरेका थिए,' उनले विगत सम्झँदै भने, 'अहिले सुन्तला बेचेर आम्दानी गरेको देख्दा त्यतिबेला गाली गर्नेहरू नै दङ्ग परेका छन्।'
२० रोपनी खेतबारीमा चार सय ५० बोट सुन्तला लगाएका केसीले यस वर्ष रु. १५ लाख भन्दा बढीको सुन्तला बिक्री गरेका छन्। पाँच वर्ष संयुक्त अरब इमिरेट्स (युएई) र मलेसियामा काम गरेर फर्किएका उनले सुन्तलाखेतीसँगै केसी मौरीपालन स्रोत केन्द्र पनि सञ्चालन गरेका छन्।
केसीका अनुसार सुर्केमेलामा १६ जना किसानले व्यावसायिक सुन्तलाखेती गरेका छन्। चार सय बोट सुन्तला लगाएका धनराज पुनले पनि परम्परागत अन्नबालीको तुलनामा सुन्तलाबाट धेरै गुणा बढी आम्दानी हुने बताए।
वर्षमा आठदेखि १० मुरी धान फल्ने खेतमा सुन्तलाखेती गर्दा वार्षिक रु। १० लाख भन्दा बढी आम्दानी हुने उनको भनाइ छ। कतिपय किसानले पोखरा, बेनी र बागलुङमा घरघडेरी जोडेका छन्। छोराछोरीलाई राम्रा विद्यालय, कलेजमा पढाएका छन्।
सिँचाइ सुविधा, उपयुक्त भूगोल र हावापानीका कारण सुर्केमेला सुन्तलाखेतीका लागि अनुकूल क्षेत्र मानिन्छ। यहाँ उत्पादन भएको रसिलो र स्वादिलो सुन्तला काठमाडौँ, पोखरा र बेनीका व्यापारीले बगैँचाबाटै खरिद गरेर लैजाने गरेका छन्। सुर्केमेलामा म्याग्दीमा सबैभन्दा
पहिले सुन्तला टिप्ने गरिन्छ। छिटो पाक्ने, रंग र स्वाद आउने भएकाले सुर्केमेलाका बगैचा मंसिरको दोस्रो साताभित्रै रित्तिने गरेका छन्।
सडक यातायातको सुविधासँगै बजारको समस्या नभएपछि किसान थप क्षेत्रफलमा सुन्तलाखेती विस्तार गर्न उत्साहित भएका छन्। सुन्तलाखेती विस्तारमा कृषि ज्ञान केन्द्र र बेनी नगरपालिकाले पनि सहयोग गरेका छन्।
बेनी नगरपालिका–४ का वडाध्यक्ष अणबहादुर खड्का (भगवान)का अनुसार किसानलाई अनुदानमा बिरुवा वितरण, प्राविधिक तालिम र कृषि औजार उपलब्ध गराइएको छ। बालमखोला सिँचाइ योजना निर्माण भएपछि सहज भएको छ।
'सुर्केमेलासहित बास्कुना र थामडाँडामा पनि व्यावसायिक सुन्तलाखेती विस्तार भएको छ,' उनले भने, 'उत्पादन भएको सुन्तला बजारमा पुर्याउन र स्थानीयको आवतजावत सहज बनाउन सडक स्तरोन्नति गर्न लागिएको हो।'
दुःखेखोलादेखि सुर्केमेला, बास्कुना र थामडाँडा हुँदै मरेक जोड्ने सडक स्तरोन्नति योजना यसै वर्षदेखि सुरु हुँदैछ। गण्डकी प्रदेश सरकार र बेनी नगरपालिकाको लागत साझेदारीमा तीन वर्षसम्म सञ्चालन हुने योजनाका लागि चालु आर्थिक वर्षमा रु. एक करोड ६० लाख विनियोजन भएको छ।
तीन वर्षमा रु. पाँच करोड खर्च हुने गरी स्रोत सुनिश्चित भएको उक्त योजना कार्यान्वयनका लागि ठेक्का सम्झौताको प्रक्रिया अघि बढेको वडाध्यक्ष खड्काले बताए। उनले सुर्केमेला र सिंगा जोड्ने सडक पुल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाएर संघीय सरकारमा प्रस्ताव पेस गरेको बताए।
परम्परागत अन्नबालीबाट अपेक्षित आम्दानी नहुँदा विकल्प खोजेका सुर्केमेलाका किसानका लागि सुन्तलाखेती अहिले आयआर्जनको भरपर्दो माध्यम बनेको छ। बाझिने अवस्थामा पुगेका खेतबारीमा सुन्तलाका बोट हुर्किएका छन्।
किसानको मेहनत र स्थानीय सरकारको सहयोगले सुर्केमेलाको कृषि पहिचानसमेत बदलिँदै गएको हो। युवाहरूको वैदेशिक रोजगारीप्रति आकर्षण बढ्दा सिर्जना भएको कृषि मजदुरहरुको अभाव सुन्तला खेती गरेका सुर्केमेलाका किसानका लागि चुनौती बनेको छ। रासस
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...