८० वर्ष अगाडिको दृश्य कस्तो थियो ? ऐतिहासिक तथा पुरातात्त्विक महत्वका सम्पदा, रहनसहन, जात्रा, पर्व तथा रीतिरिवाज तथा संस्कृति कस्ता थिए ? सोही समयको झल्को दिने ८० वर्ष अगाडि खिचिएका फोटो भक्तपुरमा प्रदर्शनीमा राखिने भएको छ।
भक्तपुर नगरपालिका दत्तात्रय निवासी स्वर्गीय बद्रीप्रसाद बनेपालीले खिचेका फोटोहरुको प्रदर्शनी हुन लागेको हो। यस अवसरमा एउटै परिवारका तीन पुस्ताले खिचेका तस्बिरहरू एकैसाथ प्रदर्शनीमा राखिनेछ।
भक्तपुर दत्तात्रयका स्व. वद्रीप्रसादसहित उनका छोरा केदार र नाति किसन तथा नातिनी सुनी बनेपाली गरी तीन पुस्ताले विभिन्न कालखण्डमा खिचेका फोटोहरुको प्रदर्शनी गर्न लागिएको हो।
शनिबार पत्रकार सम्मेलन गरी उनीहरुले भक्तपुर, काठमाडौँ, ललितपुर र काभ्रेका ऐतिहासिक तथा पुरातात्त्विक महत्वका सम्पदा सँगसँगै यहाँको रहनसहन, जात्रा पर्व तथा रीतिरिवाज, संस्कृति झल्कने फोटोहरुको प्रदर्शनी आयोजना गर्न लागिएको बताए।
प्रदर्शनी फागुन १८ र १९ गते, भक्तपुर दरबार क्षेत्रमा हुनेछ। दुई दिने प्रदर्शनी बिहान १० देखि बेलुका ५ बजेसम्म खुल्ला रहनेछ।
भक्तपुर पर्यटन विकास समितिको आयोजनामा प्रदर्शनीको तयारी गरिएको हो। यसलाई उनीहरुले व्रिलियन्त भक्तपुर फोटो प्रदर्शनी नामकरण गरेका छन्।
भक्तपुरका पायोनियर फोटोग्राफर वनेपाली परिवारको तीन पुस्ताले खिचेका फरक–फरक कालखण्डको भक्तपुरको फोटोहरुले परिवर्तित जीवनशैली भल्काउने विश्वास उनीहरुको छ।
यसले यहाँका सम्पदाहरुमा आएको परिवर्तन पनि छर्लङ बनाउने पत्रकार सम्मेलनमा बताइयो। यसले भक्तपुरको सांस्कृतिक वैभव तथा आर्थिक एवं सामाजिक क्षेत्रमा आएको सकारात्मक परिवर्तन समेत उजागर गर्ने विश्वास सम्मेलनमा गरियो।
प्रदर्शनीमा तीन पुस्ताले खिचेका ६८ तस्बिर राखिने छ। एउटै परिवारको तीन पुस्ताले खिचेका तस्बिरहरूको प्रदर्शनी सम्भवतः भक्तपुरको मात्र होइन, नेपालकै पहिलो हुनुपर्छ, वितरित विज्ञप्तिमा भनिएको छ।
प्रदर्शनीमा राखिएका सम्पदाको तस्बिरहरुमध्य केही अहिले अस्तित्वमा समेत छैनन्। जुन तस्बिरले आगामी दिनमा ती सम्पदाहरूको मौलिक स्वरूपमा पुनर्निर्माण गर्न सघाउन टेवा दिने सम्मेलनमा केदार बनेपालीले बताए।
प्रदर्शनीमा राखिएका तस्बिरहरू अवलोकनसँगै बिक्रीको लागि पनि उपलब्ध हुनेछ।