नेतृत्वमा महिला सहभागिता भएन भन्ने भनाइलाई ताप्लेजुङका ६ वटा कार्यालयको नेतृत्व सम्हालेका महिलाले असत्य सावित गरिदिएका छन्।
जिल्ला न्यायाधीशमा निर्मला योङ्या रहेकी छन् भने प्रमुख जिल्ला अधिकारीमा हीरादेवी पौडेल रहेकी छन्। पौडेल ताप्लेजुङको दोस्रो महिला प्रमुख जिल्ला अधिकारी हुन्।
बायाँबाट क्रमश: नेपाल बैंक लिमिटेड ताप्लेजुङ शाखा प्रबन्धक वसुन्धरा आचार्य, खाद्य व्यापार तथा कम्पनी लिमिटेडको शाखा प्रबन्धक, सुधा थापा र मैवाखोला गाउँपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देन।उनीभन्दा अघि प्रजिअ रहेकी गोमादेवी चेम्जोङ यहाँको पहिलो महिला प्रमुख जिल्ला अधिकारी थिइन्। नापी कार्यालयको नेतृत्वमा रजिता श्रेष्ठ रहेकी छन्। उनीभन्दा अघि अर्चना केसी र सृजना कटुवालले नापी कार्यालयको नेतृत्व सम्हालिसकेका छन्।
यसैगरी मैवाखोला गाउँपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतमा लक्ष्मीमाया गोम्देन रहेकी छन्। शिक्षा अधिकृत रहेकी उनले गाउँपालिकाको प्रशासकीय नेतृत्वसमेत सम्हालिसकेकी छन्।
नेपाल बैंक लिमिटेड ताप्लेजुङ शाखा प्रबन्धकमा वसुन्धरा आचार्य रहेकी छन् खाद्य व्यापार तथा कम्पनी लिमिटेडको शाखा प्रबन्धकमा सुधा थापा रहेकी छन्। आचार्य र थापा दुवैले पहिलोपटक प्रमुखको जिम्मेवारी सम्हालिरहेका छन्।
यसअघि जिल्ला सरकारी वकिल कार्यालयको नेतृत्वमा महिला नै थिए। जिल्ला न्यायाधिवक्ता मोना सिंह पदोन्नति भएर जिल्ला न्यायाधीश बनेपछि उनको जिम्मेवारी सर्यो।
ताप्लेजुङ जिल्ला अदालतले पहिलो पटक ‘महिला जिल्ला न्यायाधीस’ पाउने भएको छ। न्याय परिषद्ले गरेको सरुवा सिफारिस अनुसार ताप्लेजुङ जिल्ला अदालतमा सुनसरी जिल्ला अदालतमा न्यायाधीस रहेकी निर्मला योङ्या जिल्ला न्यायाधीस आउने भएकी छिन्।
यहाँ कार्यरत जिल्ला न्यायाधीस प्रकाश राउतको बारा जिल्ला अदालतमा सरुवा भएको छ। विक्रम सम्वत् २०२१ सालदेखि जिल्ला अदालत रहेको ताप्लेजुङमा अहिलेसम्म जिल्ला न्यायाधीस महिला थिएनन्। जिल्ला अदालत सुरु हुँदा २०२१ सालमा शाखा अधिकृत सरहका पूर्णबहादुर श्रेष्ठले जिल्ला अदालतको न्यायक्षेत्र सम्हालेका थिए। जिल्ला अदालत बन्नु भन्दा पहिले भने न्याय क्षेत्र ताप्लेजुङ अमिनीका रुपमा रहेको थियो। विक्रम सम्वत् १९५२ सालमा लप्टन पूर्णबहादुर क्षेत्रीले ताप्लेजुङ अमिनीको नेतृत्व गरेको इतिहाँस रहेको छ।
‘बिबादरहित छबि बनाएर जाँदै न्यायाधीस राउत’
न्याय क्षेत्र आफैंमा विवादरहित कार्य सम्पादन गनुपर्ने निकाय हो। तर केहि विवादास्पद निर्णय र प्रकृयाका कारण न्यायक्षेत्र समेत विवादको घेरामा परेका उदाहरण प्रसस्त छन्। ताप्लेजुङ जिल्ला अदालतको न्यायाधीस बनेर कार्य सम्पादन गरेको करिव तीन वर्षको ईतिहाँसमा जिल्ला न्यायाधीस राउत विवादरहित बने।
न्याय कार्य सम्पादन बाहेक जिल्ला न्यायाधीसको नाताले २०७९ सालको स्थानीय तहको निर्वाचनमना उनी मुख्य निर्वाचनको अधिकृतको भूमिकामा रहे। नौ स्थानीय तह रहेको ताप्लेजुङको मुख्य निर्वाचन अधिकृतको रुपमा राउतले सफल र विवादरहित कार्य सम्पादन गर्ने व्यक्तिको छबि बनाए।
नम्र स्वभाव तर निर्णय प्रकृयामा न्यायिक प्रावधान भन्दा बाहिर नजाने उनी समन्वयकारी भूमिकामा रहे। ‘श्रीमान्को भूमिका अभिभावककै रुपमा रहयो’बारा जिल्ला अदालत सरुवा भएका जिल्ला न्यायधीस राउतको कार्य समिक्षा गर्दै अधिबक्ता बलराम भट्टराईले भने।
सशस्त्र डिएसपीमा थापा
सशस्त्र प्रहरी वल नं १ गुल्म कञ्चनजंघा हेडक्वाटरको गुल्मपतिमा सशस्त्र डिएसपी बिनोद थापा आउने भएका छन्। यसअघि गुल्मपति रहेका रोशन बुढाथोकी शसस्त्र एसपीमा बढुवा भएर यहाँबाट सरुवा भएपछि खाली रहेको गुल्मपतिमा थापा आउन लागेका हुन्।
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...