प्रेस काउन्सिल नेपालले समाचार हुबहु सार्ने १८३ अनलाइनलाई कारबाही गरेको छ।
पछिल्लो समय कुनै एक सञ्चारमाध्यम वा समाचार एजेन्सीबाट प्रकाशित समाचार हुबहु सार्ने, अनुमति नलिई कुनै अंश वा पुरै सार्ने प्रवृत्ति बाक्लिँदै गएकोमा प्रेस काउन्सिल यसतर्फ कारबाही सुरु गरेको हो।
काउन्सिलका सह-प्रशासकीय अधिकृत रामशरण बोहोराका अनुसार काउन्सिलले गत आर्थिक वर्ष यता हालसम्म समाचार हुबहु चोरी गरी सार्ने (कपि एण्ड पेस्ट गर्ने), अनुमति नलिने १८३ अनलाइन सञ्चारमाध्यम तथा वेबपोर्टल उपर कारबाही गरेको छ।
त्यसमध्ये १४३ सञ्चार माध्यमलाई स्पष्टीकरण सोधिएको, ११ वटालाई सचेत गराइएको उनले जनाए। उनका अनुसार मिडियाका रुपमा दर्ता सूचीकरण नभएका २९ वेबपोर्टललाई आवश्यक कारबाहीका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार गरिएको छ।
बुधबार प्रेस काउन्सिल पत्रकार आचारसंहिता अनुगमन उपसमितिको बैठकले समाचार हुबहु सार्ने प्रवृत्तिलाई निरुत्साहित गर्न कारबाहीको गर्न निर्णय गरेको हो। बुधबार मात्र पनि ८९ वटा मिडियालाई सचेत गराउने निर्णय गरेको काउन्सिलले जनाएको छ।
‘आगामी दिनमा बिना अनुमति हुबहु प्रकाशन नगर्न नगराउन ध्यानाकर्षण गराउने र पुनः त्यस्तो प्रवृत्ति पुनरावृत्ति भएको उजुरी तथा गुनासो प्राप्त भएमा प्रचलित कानुन तथा आचारसंहिताबमोजिम थप कारबाही हुनेतर्फ सचेत गराउने निर्णय गरिएको छ’ सह प्रशासकीय अधिकृत बोहोराले भने।
बैठकमा काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतले अनलाइनको संख्यात्मक मात्र नभै गुणात्मक वृद्धि गराउन र समाचार चोरी गर्ने प्रवृत्ति रोक्न आगामी दिनमा काउन्सिलले झन् कडाइ गर्ने बताए।
‘सञ्चारमाध्यमले आफ्नो मौलिक र खोजमूलक प्रस्तुति नदिने हो भने पत्रकारिता फस्टाउन सक्दैन। विश्वसनीयता पनि घट्छ। यसतर्फ गम्भीर भई काउन्सिलले अनुगमन, सहजीकरण र कारबाही गर्दै आएको छ’ अध्यक्ष बस्नेतले भने।
काउन्सिलमा २०८० साउनदेखि फागुन १५ गतेसम्म विभिन्न मिडियाविरुद्ध २२० वटा उजुरी, १२ जनगुनासा दर्ता भएका छन्। पछिल्लो तीन महिना (पुसदेखि हालसम्म) को अवधिमा ५१ उजुरी, २ जन गुनासोसहित ५३ वटा उजुरी दर्ता भएको छ भने यस अवधिमा अघिल्लो आर्थिक वर्ष समेतको गरी कुल १६० वटा उजुरी फर्छ्यौट भएको काउन्सिलले जनाएको छ।
प्रेस काउन्सिल नेपालले समचार चाेरी उपर अनुगमन र कारबाहीलाई तीव्र बनाएको जनाएको छ।