तौलिहवाको समयमाई चोक देखि गौढीसम्मको बाटोको निर्माण कार्य लामो समयदेखि अलपत्र अवस्थामा छ। सडकको दायाँ र बायाँ दुवै तर्फको सर्भिस लेनको निर्माण कार्य रोकिँदा पैदल यात्रुहरुले सास्ती खेप्न बाध्य छन्।
भिक्षु चोकदेखि गौढी चोकसम्मको बाटो समेत जीर्ण अवस्थामा छ। यस्तै दुर्घटनाको पनि उत्तिकै जोखिम बढेको छ। ठेकेदार कम्पनी गंगोत्री निर्माण सेवाले सो बाटो निर्माणमा बेवास्ता गरी अलपत्र छाडे पछि सो बाटामा आउजाउ गर्न मुस्किल हुने गरेको छ।
यस्तै सो क्षेत्रका व्यापारीहरू समेत मर्कामा परेका छन्। पछिल्लो समय दिनहुँ जसो यस क्षेत्रमा सवारी दुर्घटना समेत बढ्दै गएको छ।
ठेकेदार कम्पनीले २०७८ सालमै ठेक्का सम्झौता गरी पटक पटक म्याद थपेर २०८० असार भित्र सम्पन्न गर्नुपर्ने काम अझै अधुरै राखेको छ।
स्थानीय व्यापारी मोहोम्मद जमाले सडकको अवस्थाका कारण व्यापार नै चौपट भएको सुनाए। ‘पटक पटक सम्बन्धित निकायलाई जानकारी र ध्यानाकर्षण गराउँदा समेत सो बाटो निर्माणमा कसैले चासो दिएनन्। हामीहरूको पीडा कसैले सुन्ने वाला छैनन्’ उनले निराश हुँदै भने।
सोही सडक खन्डमा यशोधरा मावि समेत छ। त्यहाँ पढ्ने विद्यार्थीहरुलाई समेत बाटोको अवस्थाले गर्दा आउजाउ गर्न निकै गाह्रो परको शिक्षकहरु र विद्यार्थीहरुको गुनासो छ।
प्राचीन बुद्धनगरीको मुख्य बाटाको यस्तो दुर्दशा हुनु दुःखद कुरा भएको नागरिक अगुवा हरिराज शर्माले बताए।
यही बाटो भएर तिलौराकोट लगायतका बुद्धस्थल आउजाउ गर्ने विदेशी पर्यटकले बाटोका अवस्था देखेर के भन्लान् ? भन्ने समेत यहाँ हेक्का नगरिएको उनले गुनासो गरे।
आफूले पनि सो बाटो निर्माण समयमै सम्पन्न गर्न सडक डिभिजन कार्यालय शिवपुरलाई आग्रह गरेको कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले बताए।
‘बाटो निर्माण गर्न धेरै पटक आग्रह गरेका छु तर काम अझै अधुरै छ’ उनले भने। ४४ लाख लागतको ठेक्का रहेको सो बाटोको दुवै तर्फका सर्भिस लेनको २ सय ४५/२ सय ४५ मिटर मात्र बनाउन बाकी रहेको सडक डिभिजन कार्यालयका प्रमुख बिवशबावु सदादेवले बताए।
उनले आफुहरुले ठेकेदार कम्पनीलाई पटक पटक समयमै काम गर्न निर्देशन दिए पनि अटेरी गरेको बताए। अब आफूहरू कारबाही प्रक्रियामा जाने तयारी समेत गरेको उनकाे भनाइ थियो।
विद्युत्को पोल नसारिँदा काममा ढिलाइ भएको ठेकेदार कम्पनीको दाबी छ। सो सडक खन्डकालागि ६ लाख मात्र बाकी रहेकोमा विद्युत्ले पोल सार्न १४ लाख बढी लागत लाग्ने देखाए पछि झनै अन्योल छाएको छ।
भिक्षु चोक देखि गौढी सम्मको १३ सय मिटरको बाटो निर्माण कार्य ३ वर्ष अघि नै सुरु गरिएको थियो। दुवै तर्फ सर्भिस लेनकालागि पहिलो चरणमा रोलिङ गर्ने काम अघि बढाइएको थियो।
१३ सय मिटर मध्ये ५ सय मिटर पिच र सर्भिस लेन पक्की निर्माण भइसकेको छ। मनकामना निर्माण सेवाले भिक्षु चोक देखि समयमाई चोक सम्मको सर्भिस लेन र नाली निर्माणको काम सम्पन्न गरी सकेको छ।
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
गुठीचौर गाउँपालिका-१,मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।
जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।
उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...