रौतहट प्रहरीले स्रोत नखुलेको दश लाख रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
सोमबार साँझ जिल्लाको इशनाथ नगरपालिका-१ स्थित भित्री सडकमा प्र ३–०१–०२३–च ५३८५ नम्बरको ब्रेजा गाडीलाई रोकेर चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको दश लाख नेपाली नोट फेला परेपछि गाडीमा सवार दुई जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
पक्राउ पर्ने दुवै जना मकवानपुरका रहेका छन्। चालक हेटौडा उपमहानगरपालिका-१४ बस्ने २९ वर्षीय रामरती मोक्तान र मनहरी गाउँपालिका-१ का ३५ वर्षीय देवराज थिंग रहेको रौतहट प्रहरी प्रवक्ता एवं डिएसपी एलिजा गिरीले जानकारी दिइन।
गाडीमा पछाडि सवार थिंगले बोकेको कालो रंगको झोलालाई चेकजाँच गर्ने क्रममा उक्त परिमाणको नोट बरामद भएको उनले जनाइन।
‘हामीले चेकजाँच गर्न क्रममा रकमको स्रोतबारे सोधेका थियौं। दुवैबाट केही जवाफ नआएपछि नियन्त्रणमा लिएर गौर भन्सार कार्यालयमा बुझाएका छौं।’ उनले भनिन्।