१२ वर्षकै उमेरमा क्यान्सरका कारण एक खुट्टा गुमाएकी चितवन, मेघौलीकी सीता सुवेदीले नृत्य गरिरहँदा लाग्छ, उनी वर्षौंदेखि शास्त्रीय नृत्य सिकेर मञ्चमा नाचिरहेकी सबलाङ्ग नृत्याङ्गता हुन्।
क्यान्सर, एक खुट्टा गुमाउनुको निराशा अनि सामाजिक अवरोधले थलिएकी सीताले यी सबै बाधालाई जितेर अहिले मोडल, शास्त्रीय नृत्य/संगीत प्रशिक्षक तथा नृत्याङ्गनाको परिचय बनाएकी छन्। उनी ‘मिसेस नेपाल इन्टरनेसनल २०२३’ उपाधि विजेतासमेत हुन्। देशविदेशका नृत्य मञ्चमा प्रस्तुति दिइरहने सीताले संगीत र नेपाली साहित्यमा स्नातकोत्तर गरेकी छन्।
नृत्यप्रति सीताको मोह सानैदेखि थियो। उनी सात कक्षा पढ्दै गर्दाको कुरा हो। परीक्षण प्रसारणका क्रममा रहेको कालिका एफएममा लगातार गीत बजिरहन्थे। बोनम्यारो क्यान्सरका कारण खुट्टा काट्नुपर्ने निश्चित भयो।
शल्यक्रियामा जानुअघि उनी निरासाका बाबजुद एफएममा आएको गीतमा छमछमी नाचिन्। ‘मलाई लाग्यो, अब नाच्न कहिल्यै पाइँदैन,’ उनी भन्छिन्, ‘त्यसैले उठेर मन लागुन्जेल नाचें र खुट्टा कटाउन गएँ।’ नृत्यले जीवनमा ऊर्जा थपिएको पाउने सीता सकारात्मक सोचले मृत्युलाई पनि जित्न सकिने बताउँछिन्।
कत्थक प्रत्यक्ष अभिनयात्मक नृत्य हो। कत्थकमा कथाको भाव बुझाउनेगरी लगातार लामो समय नाच्नुपर्छ। दुवै खुट्टाको चाल कत्थकमा अनिवार्य मानिन्छ। तर, सीताले कहिल्यै हार खाइनन्। उनले एक खुट्टाकै भरमा दुवै खुट्टाको चाल कसरी देखाउने भन्ने प्रयास निरन्तर गरिन्।
यही प्रयासले आज उनलाई सफल शास्त्रीय नृत्याङ्गना बनायो। उनले ‘सम्झनाको पल’, ‘तिम्रो नजरको दोषी’, ‘नेपालकी छोरी’लगायत गीतमा स्वर पनि दिएकी छन्। अपाङ्गता भएका व्यक्तिको अधिकारका लागि समेत उनी निरन्तर क्रियाशील छिन्।
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।
भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।
इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।
जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।
जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्याउने महत्वपूर्ण कदम बनेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...