कसले मेटाइदेला प्रहरीकाे तिर्खा ?
२६ फागुन २०८०
•
४ मिनेट पाठ
कसले मेटाइदेला प्रहरीकाे तिर्खा ?
नेपाल-भारत सीमा सुरक्षार्थ खटिएका प्रहरीहरुले बर्षौँ देखि खोलाको पानीले प्यास मेट्दै आएका छन्। खोलामा खनिएका जरुवाको पानीले अहिलेसम्म प्यास मेटिएको भएपनि सुख्खा याम सुरु भएसँगै अब पानीको पिरलो सीमा रक्षक प्रहरीहरूलाई हुन थालिसकेको छ।




खोलामा पानी सुक्न थालेपछि सीमा प्रहरीहरूलाई भारतीय सीमा सुरक्षा बल एसएसबीसँग पानीका अनुनय गर्नुपर्ने हुन्छ। भारतीय प्रहरीको अनुमतिमा नेपाल प्रहरीले भारतबाट खानेपानी बोकेर ल्याउने गर्दछन्।

सीमा सुरक्षार्थ खटिएका प्रहरी मात्रै हैनन्, नाकाका स्थानीय बासिन्दाहरुको प्यास पनि खोलाकै पानीले मेटिइरहेको छ। अहिलेसम्म खोलामा संञ्चित पानीले प्यास मेटिएको भएपनि खोलामा पानी सुक्दै जान थालिसकेको छ। अब खोलामा जम्मा भएको पानी खोज्दै हिँड्नु पर्ने बाध्यता सुरु हुन थालिसकेको छ।

नेपाल-भारत सीमा क्षेत्रमा पानीको यो हाहाकार अहिलेदेखिको हैन। बर्षौँदेखि पानीको समस्या भोगिरहेको नाका क्षेत्रले चुनाव ताका पानीको ठूलो आस पाउँछ। नाका क्षेत्रमा पुगेर भोटका लागि बिन्ती गर्ने नेताहरुले घर-घरमा धारा आउने सपना देखाइदिन्छन्। तर हरेक चुनावी आश्वासन खेर गइरहेकै छन्। न त नाकावासीहरूले पिउने पानीको सहजता तत्कालै पाउने छाँटकाँटै छ।

गाउँपालिकाले नाका क्षेत्रमा पिउने पानीको सहजता हुने सम्भावना देख्दैन। नाका क्षेत्रमा खानेपानीको व्यवस्थापनका लागि स्थानीय सरकारको लगानी असम्भव छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद पाण्डे भन्छन् ‘गाउँपालिकाले चाहेर पनि नाका क्षेत्रमा खानेपानीको योजना सञ्चालन गर्न सक्दैन, गाउँपालिकाले विनियोजन गर्ने रकमले खानेपानीको आयोजना सञ्चालन हुनै सक्दैन।’

उनका अनुसार नाका क्षेत्रमा खानेपानी पुर्‍याउनका लागि अर्बौँ बजेटले मात्रै सम्भव हुन्छ। यसका लागि संघीय सरकारले बहुबर्षिय योजना सञ्चालन गर्नुपर्ने गाउँपालिका देख्छ।

‘नाका क्षेत्रमा खानेपानी पुर्‍याउनका लागि संघीय सरकारले नै बहुबर्षिय योजना सञ्चालन गरे मात्रै सम्भव हुन्छ,’ उनले भने ‘अर्बौँ रकम विनियोजन गरे मात्रै यो सम्भव हुन्छ, अन्यथा नाका क्षेत्रमा खानेपानीको व्यवस्थापन हुने सम्भावना छैन।’

नाका क्षेत्रमा खान पानीका लागि डिपबोरिङ तथा पानी लिफ्टिङ गरेर पुर्‍याउनु पर्ने हुन्छ। यसका लागि सानो बजेटले थेग्न सक्दैन। ‘केन्द्र सरकारसम्म बजेटका लागि कसले पहल गर्ने ? समस्या यहाँ नेर हो,’ उनले भने ‘नाका क्षेत्रमा पानी पुर्‍याउनका लागि डिपबोरिङ खनिनु पर्छ यात पानी लिफ्टिङ गरेर पुर्याईनु पर्छ, अन्यथा त्यहाँ पानीको व्यवस्थापन गर्ने अरु कुनै उपाय छैन।’

नेपाल-भारत सीमा क्षेत्रमा झण्डै ६० बस्ती छन्। कुनै बस्तीमा सीमित घरहरू मात्रै छन् भने कुनै बस्तीमा ५०/६० घरहरू छन्। झण्डै तीन हजार जनसंख्या रहेको नाका क्षेत्रका कुनै पनि बस्तीमा खानेपानीको सुविधा छैन। नाकावासीहरूले खोलाकै पानी पिइरहेका छन्।

गाउँपालिकाले नाका क्षेत्रका नागरिकहरुका लागि पानीको सहजता प्रदान गर्न आफ्नो बलबुता अनुसार रकम विनियोजन गर्दै आएको पनि छ। तर यो बजेट पटक-पटक कामविहीन भएको छ।

पालिकाले नाका बस्तीहरुमा खोलाबाट पानी पुर्‍याउनका लागि पाइपको व्यवस्थापन गरिदिने गरेको छ। खोलाको मुहानबाट सिधै पाइप मार्फत बस्तीसम्म पानी पुर्‍याउने व्यवस्थापन गर्न खोजिए पनि नाका क्षेत्रमा पुर्‍याएका पाइपहरू जंगलमा हुने आगलागीबाट जल्ने गरेका छन्।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सिरिया नाका क्षेत्रमा खानेपानीको पाइप दिइएको तर स्थानीयले उक्त पाइप जडान गरेनन्। उनीहरूले भनेका थिए ‘पालिकाले नै पाइप गाड्ने व्यवस्थापन गरिदिनु पर्छ।’

स्थानीयहरूलाई आफै पाइप गाड्नका लागि पालिकाले आग्रह गरेको थियो तर गाउँलेहरूले पाइप गाड्न नमानेपछि पाइप जङ्गलमै रहिरह्यो। वनमा लागेको आगोका कारण पाइप नष्ट भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत पाण्डेले बताए।

‘पालिकाले आफ्नो बलबुताले भ्याए सम्म नाका क्षेत्रमा पिउने पानीको व्यवस्थापनका लागि काम गरिरहेको छ,’ उनले भने ‘पालिकाले खानेपानीको पाइप उपलब्ध गराएको पनि हो, तर स्थानीयहरूले पाइप गाडेनन्, अनि जंगलमा रहेको पाइप आगोमा जलेर नष्ट भयो।’

उनले नाका क्षेत्रमै खानेपानीको सहजताका लागि पालिकाले फेरी पाइप खरिद गरेको छ। ‘अहिले पनि पाइप खरिद गरेको छ, फेरी पनि जंगलमा लाग्ने आगोमा जलेरै नष्ट हुने त होला,’ पाण्डेले भने।

यता यसै निर्वाचन क्षेत्र दाङ-१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य मेटमणी चौधरीले नाका क्षेत्रमा पानीको व्यवस्थापनका लागि गर्न सकिने योजनाबारे अध्ययन गरिने बताएका छन्।

खानेपानी डिभिजन कार्यालयका प्रमुखसँगै नाका क्षेत्रमा अनुगमनमा जाने र त्यहाँ पानीको व्यवस्थापनको उपाय खोजिने सांसद चौधरीले बताए।

‘म दाङ आएपछि खानेपानी डिभिजन कार्यालयका प्रमुखसँग नाका क्षेत्रकाे अनुगमनमा जाने छु,’ उनले भने ‘ त्यहाँ पुगेर खानेपानीको सम्भाव्यता अध्ययन गरिने छ र सोही अनुसार पानी व्यवस्थापनको योजना बनाइने छ।’

पाइप विस्तार गरेर पानी पुर्‍याउन सकिने, डिपवोरिङ खनिन् पर्ने वा लिफ्टिङ गरेर वा अरु कुन उपायबाट पानी पुर्‍याउन सकिन्छ भनेर उपायको खोजी गरिने र सोही अनुसार त्यहाँ पानीको व्यवस्थापनका लागि संघीय सरकारको आगामी बजेट भाषण मार्फत बजेट छुट्ट्याइने उनले बताए।

‘अब आउँदो बजेटमा नाका क्षेत्रको खाने पानीलाई सम्बोधन गरिने छ,’ सांसद चौधरीले भने।
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
३४ मिनेट अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
यो पनि पढौँ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस