सुन तस्करसँग अर्थमन्त्री पुनकै सम्पर्क !
३० फागुन २०८०
•
४ मिनेट पाठ
सुन तस्करसँग अर्थमन्त्री पुनकै सम्पर्क !
सुन तस्करीमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन परिवारकै संलग्नताबारे प्रश्न उठेका बेला अर्थमन्त्री वर्षमान पुनको पनि सम्पर्क रहेको देखिएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गरिरहेको अनुसन्धानमा वर्तमान अर्थमन्त्री वर्षमान पुनको सुन तस्करहरूसँगको सम्पर्क सम्बन्ध देखिएको हो।

ब्युरो स्रोतले लिएको कल डिटेल रेकर्ड (सिडिआर) मा अर्थमन्त्री पुनको सुन तस्करीमा संलग्न रहेका जीवनकुमार गुरुङसँग सम्पर्क देखिएको छ। भन्सार विभागले समेत अनुसन्धान गरिरहेको अवस्थामा सन् २०२३ जनवरी १ देखि डिसेम्बर ३१ सम्म अर्थमन्त्री पुन र सुन तस्करीमा अनुसन्धान भइरहेका गुरुङबीच ११ पटक फोनमा कुराकानी भएको भेटिएको छ।

पुनले मोबाइलबाट गुरुङको नम्बरमा ६ पटक फोन गरेको कल डिटेलमा  देखिन्छ। गुरुङले पनि सातपटक पुनलाई फोन गरेको देखिएको छ। तर उनीहरूबीच के कुराकानी भएको थियो भन्नेबारे कुनै तथ्य बाहिर आउन सकेको छैन।

अनुसन्धानका लागि हिरासतमा रहेका गुरुङले वर्षमान पुनसँग कुराकानी भएको स्विकारेका छन्। तर उनले के विषयमा कुराकानी भएको थियो भन्नेबारे खुलाएका छैनन्। ‘कुराकानी भएको देखिन्छ, आरोपी गुरुङले कुराकानी भएको स्वीकार गरेको पनि देखिन्छ तर विषय भने खुलाएका छैनन्, यो विषयमा थप अनुसन्धान भइरहेको छ,’ सिआइबी स्रोतले भन्यो।

सुन तस्करीमा संलग्नता भनिएका गुरुङ पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको सचिवालयमा कार्यरत रहेको र उनलाई वर्षमान पुनले सम्पर्क गरेको बिन्दुबाट प्रहरीले यो विषयमा थप अनुसन्धान सुरु गरेको छ। केही समयअघि वर्षमानले आफ्नो नाम सुन तस्करीमा संलग्न तिब्बत मूलका भारतीय नागरिक दावा छिरिङ र रोल्पाकी अमला रोकासँग मुछिएपछि सो विषयमा निष्पक्ष छानबिन गर्न आग्रह गरेका थिए।

त्यतिबेला उनले प्रहरी महानिरीक्षकलाई नै फोन गरेर अनुसन्धान गर्न आग्रह गरेका थिए। वर्षमानका आफ्नै भाइ प्रनिश पुनको नाममा भियना मल्टिपर्पस नामको सुन उत्खनन गर्ने उद्देश्य रहेको कम्पनी छ। सुन तस्करी अभियोगमा थुनामा रहेका दावा छिरिङसँग प्रनिशको प्रत्यक्ष सहकार्य थियो।

अमला रोका, दीपक बुढा, सिसम रोकाका नाममा रहेको सो कम्पनीले सुनको खोजतलास गर्ने जनाएको थियो। यद्यपि विवादमा आएपछि वर्षमान पुनले आफू त्यस कार्यमा संलग्न नभएको जनाएका थिए। ‘मेरो परिवारका कुनै पनि सदस्य सुन तस्करीमा संलग्न रहेको देखिए म आफैं प्रहरीलाई बुझाइदिन्छु,’ अर्थमन्त्री पुनले त्यतिबेला भनेका थिए। उनले आफू र गुरुङबीच कुराकानी भएको याद नभएको बताए।

‘म र गुरुङबीच कुराकानी भएको याद छैन तर पनि पूर्वउपराष्ट्रपतिसँग भेटघाटका क्रममा कहिलेकाहीँ कुरा भएको हुन सक्छ, मलाई याद नभएको होला,’ वर्षमानले भने । उनका अनुसार पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन नजिकका नातेदार भएको र पार्टीमा पनि सँगै काम गरेकाले नजिकको सम्बन्ध छ।

‘पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन र म नजिकका नातेदार हौं। आउजाउ हुन्छ। उहाँको सचिवालयमा गुरुङ बस्नुभएको रहेछ । त्यही क्रममा कुराकानी भएको हुन सक्छ। म पहिला पनि अर्थमन्त्री भइसकेको मान्छे हुँ। यस्तो राजस्व छल्ने र देशलाई हानि हुने काम मबाट हुन सक्दैन। योभन्दा पहिला ऊर्जा र शान्ति मन्त्रालय सम्हालें, मेरो ट्र्याक रेकर्ड हेर्दा पनि हुन्छ,’ उनले भने ।

उनले अगाडि थपे, ‘अहिले जेजति सवाल उठेका छन्। प्रधानमन्त्री र गृहमन्त्रीसँग मेरो कुराकानी भइसकेको छ। अनुसन्धान हुन्छ। मेरो परिवारका मान्छे संलग्न देखिए पनि कारबाही हुन्छ, कसैले उन्मुक्ति पाउँदैनन्। अपराध गरेका व्यक्तिसँग  फोनमा कुरा गर्नेजति सबै दोषी हुन्नन्।’

प्रहरीले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका परिवारका सदस्य सुन तस्करीमा रहेकोबारे अनुसन्धान गरिरहँदा अर्थमन्त्री वर्षमान पुनसँगको सम्पर्क सम्बन्ध भेटेको हो। ‘नन्दबहादुर हुन् वा वर्षमान, दुवैको परिवार सुन तस्करीसँग आबद्ध रहेका व्यक्तिसँग निकट सम्बन्ध रहेको पाइएको छ,’ सिआइबीका एक अधिकारीले भने।

पूर्वराष्ट्रपति पुनका दुई भाइ छोरा जितेन्द्र र दीपेश तस्करीमा मुछिएका छन्। अनुसन्धान गरे पनि मुद्दा चलाउने आधार नभेटिएको भन्दै सिआइबीले दीपेशलाई सफाइ दिएको थियो। जितेन्द्र भने नेपालबाहिर छन्। गत मंसिर २१ गते फ्लाई दुबईबाट ल्याइएको १४ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयले बरामद गरेको थियो। त्यसमा संलग्न रहेको भन्दै चन्द्र घले पक्राउ परेका थिए।

घले पक्राउ परेलगत्तै जीवन गुरुङ फरार रहेका थिए। प्रहरीले उनको खोजी गरिरहेको थियो। खोजीको क्रममा फागुन १४ गते गुरुङ सामाखुसी क्षेत्रबाट पक्राउ परेका थिए। विमानस्थलबाट बरामद गरिएको १४ किलो सुनबारे अनुसन्धान गर्न विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको थियो। 

सो समितिले पछिल्लो १ वर्षमा १३८ किलो सुन गुरुङ, चन्द्र घले, मीनबहादुर घले र कृष्णकुमार श्रेष्ठ संलग्न रहेको निष्कर्ष निकालेको थियो। २०७९ मंसिरपछि अहिलेसम्म भएको १३८ किलो सुन तस्करीका मुख्य योजनाकार गुरुङ पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका परराष्ट्र सल्लाहकार थिए।

उनी प्लाटिनम कलेजका सञ्चालकसमेत हुन्। १० वर्षे माओवादी सशस्त्र द्वन्द्वमा कमान्डरसमेत रहेका नन्दकिशोरका परिवारका अधिकतर सदस्य र उनको सचिवालयमा काम गर्ने कतिपय सदस्य सुन तस्करीमा मुछिएका छन्। प्राप्त सिडिआरमा गुरुङ र दीपेश पुनको नम्बरमा १८४ पटक संवाद भएको देखिएको छ।

हिरासतमा रहेका गुरुङ र सुन तस्करीका अर्का नाइके मीनबहादुर घलेको नम्बरमा ५५३ पटक संवाद भएको देखिएको छ। मीनबहादुर घलेले आफ्नी पत्नी धनकुमारी घलेलाई पनि तस्करीमा प्रयोग गर्ने गरेकाले उनीसँग पनि फोनसम्पर्क भएको देखिएको छ। गुरुङ र धनकुमारी घलेबीच १०२ पटक संवाद भएको देखिएको छ। गुरुङले पूर्वउपराष्ट्रपति नन्दकिशोरसँग पनि ३३ पटक फोन सम्पर्क गरेको सिडिआरमा उल्लेख छ।
अर्को समाचार
जापान पठाइदिने प्रलोभनमा २ सय भन्दा बढीलाई ठगी गर्ने गिरोह पक्राउ
२१ वैशाख २०८१
•
२ मिनेट पाठ
जापान पठाइदिने प्रलोभनमा २ सय भन्दा बढीलाई ठगी गर्ने गिरोह पक्राउ
जापान पठाइदिने प्रलोभनमा २ सय भन्दा बढी मानिसहरुसँग ठगी गर्ने दुई जनालाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।

शुक्रवार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गर्दै उनीहरुलाई पक्राउ गरी सार्वजनिक गरेको हो। 

उनीहरुले अर्काको नागरिकताको दुरुपयोग गरी अर्काकै नाममा कन्सलटेन्सी दर्ता गरेर ठगी गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा वर्ष ३५ का नारायणबहादुर राई भन्ने राजन श्रेष्ठ र पर्वराज पाण्डे भन्ने वर्ष ४६ का ईश्वरी पाण्डे रहेका छन्। श्रेष्ठ रामेछाप लिखु तामाकोशी गाउँपालिका ७ का हुन् भने पाण्डे झापा गौरीदह नगरपालिका १ का रहेको उपत्यका अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले बताए।

रामेछाप घर भएका राजन श्रेष्ठले नारायणबहादुर राईको नाममा सानिमा बैंक समेतमा खाता खोलेको र खाता खोल्दा केवाइसी फर्ममा आफ्नो फोटो राखेको तर नागरिकता नारायण बहादुर राईको राखेको साथ केवाइसी फर्म र नागरिकतामा रहेको फोटो अलग अलग हुँदा समेत सानिमा बैंकले भेरिफाइ नगरी खाता खोलिदिएको र उक्त खातामा विदेश जान चाहने मानिसहरुबाट रकम जम्मा गर्न लगाई ठगी गरी उक्त रकमहरु निकाली दुरुपयोग गरेको देखिएको बताए।

उनीहरुले दीपबहादुर तामाङमार्फत १३ जनाबाट ३७ लाख रकम लिएको देखिएको, सुनिलकुमार नेपालीमार्फत २० जनाबाट ३२ लाख  रकम लिएको देखिएको, वैदेशिक रोजगार विभागमा अन्य करिव १०० जनाबाट २ करोड ६८ लाख ठगी गरेको उजुरी परेको बुझिएको बताए।

त्यस्तै निज राजन श्रेष्ठलाई मिति २०८१,०१,२० गते काठमाडौं जि. कागेश्वरी मनहरा न.पा. वडा नं. ७ बाट र ईश्वरी पाण्डेलाई काठमाडौं कामनपा २९ बाट  नियन्त्रणमा लिई थप अनुसन्धान कार्य जारी रहेको बताए। नारायणबहादुर राई भन्ने राजन श्रेष्ठले मेरो खातामा तपाईंहरुले धेरै रकम हालिसक्नुभयो, बैंक ट्रान्जेक्सन धेरै देखिने हुँदा मेरो पार्टनर पर्वराज भन्ने ईश्वरी पाण्डेको खातामा रकम जम्मा गर्न लगाउने गरेको देखिएको बताए।

वास्तविक नारायणबहादुर राईलाई सम्पर्कमा ल्याई बुझ्दा निजको नागरिकता १५÷१६ वर्ष अगाडी हराएको र विगत ३ वर्षदेखि पठाओ(मो.सा.) चलाई जिविका चलाउने सामान्य व्यक्ति रहेको र निजले  हाल सम्म कुनै कम्पनी वा कन्सल्टेन्सी दर्ता नगरेको  खुल्न आएको बताए।  
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस