कर्णाली पुल खुल्न अझै कम्तीमा ३ दिन लाग्ने
३० फागुन २०८०
•
३ मिनेट पाठ
कर्णाली पुल खुल्न अझै कम्तीमा ३ दिन लाग्ने
पूर्व पश्चिम राजमार्ग अन्तर्गत कैलाली र बर्दिया जोड्ने चिसापानीको कर्णाली पुलमा आगलागी पछि सवारी साधन ओहोर दोहोर बन्द गरिएको छ।




सोमवार आगलागीबाट भएको क्षतिका कारण बन्द गरिएको सवारीसाधन सुचारु हुन अझै केही दिन लाग्ने भएको छ। सोमवार आगलागीले क्षति भएपछि प्राविधिकको जाँच पछि मात्र सवारीसाधन सुचारु गर्ने भनेर रोक लगाइएको थियो। सोमवारदेखि कर्णाली पुल बाट सवारीसाधन ओहोरदोहोर पूर्ण बन्द गरिएको राजमार्ग सुरक्षा एवं ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रहरी उपरीक्षक राजीव बस्नेतले बताए।

पुलमा सवारीसाधन ओहोरदोहोर बन्द भएपछि कैलालीको टिकापुरबाट बर्दियाको राजपुर हुलाकी राजमार्ग हुँदै सवारीसाधनहरू ओहोरदोहोर गरिरहेका छन्।

बुधवार प्राविधिक टोलीले कर्णाली पुलमा आगलागी बाट भएको क्षतिको जाँच गरेका थिए। प्राविधिक टोलीको जाँच पछि कम्तीमा ३ दिन सम्म सवारीसाधन सुचारु गर्न नसकिने भनेर पत्र आएको कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले बताए। यस अघि सोमवार यथाशीघ्र कर्णाली पुलमा आवागमन सुचारु गर्न निर्देशन दिएको बताएका थिए। तर पुलमा क्षतिको जाँच गर्न पनि दुई दिन पछि मात्र प्राविधिक टोली आएको छ। ‘३, ४ दिन सम्म बन्द राख्ने भनेर पत्र आएको छ,’उनले भने।

सुदूरपश्चिमलाई देशका अन्य भाग सँग जोड्ने पूर्वपश्चिम राजमार्गको पुलमा सवारीसाधन आवतजावत बन्द भएर यहाँको जनजीवन कष्टकर हुदाँ पनि खुला गर्न ढिलासुस्ती भएको स्थानीयको गुनासो छ। आगलागी भएर सवारीसाधन ओहोरदोहोर बन्द भएको दुई दिन पछि मात्र प्राविधिक टोलीले जाँच गर्नु र अझै ३, ४ दिन सम्म खुल्ने अनिश्चित हुनुमा राज्यको चरम लापरबाही भएको स्थानीयले दुःखेसो पोखेका छन्।

प्राविधिकले जलेको केबुलको तार लगायतको क्षति भएको भागको अध्ययन गरेको र क्षति भएकोलाई मर्मत गर्न केही समय लाग्ने बताएका छन्। विज्ञहरूको सँग सल्लाहमा क्षति भएको ठाउँमा मर्मत गरिने उनीहरूको भनाई छ। आवश्यक समान जुटाउन अलि समय लाग्न सक्ने उनीहरूको भनाई छ।

सुदूरपश्चिमका धनगढी, महेन्द्रनगर लगायत ९ जिल्लाबाट काठमाडौँ लगायत विभिन्न ठाउँमा ओहोरदोहोर गर्ने सयौँ सवारीसाधन र हजारौँ यात्रु कर्णाली पुल बन्न हुँदा प्रभावित भएका छन्।

वीरगन्जबाट कञ्चनपुर तर्फ आइरहेको लाइटर बोकेको ना ५ ख ५२९७ नम्बरको गुडिरहेको ट्रकमा सोमवार साढे ४ बजेतिर एक्कासि आगलागी भएको थियो। गुडिरहेको लाइटर बोकेको ट्रकमा सोमवार एक्कासि आगलागी हुँदा आगो पुलको लठ्ठामा सल्केको थियो। आगोले ट्रक पुरै जल्दा ट्रक तल रहेको पुलको भागमा समेत क्षति हुन पुगेको थियो।

आगलागीले भएको क्षतिका कारण पुलमा सवारीसाधन चलाउन बन्द गरिएको थियो। नेपालको सबैभन्दा लामो पुल मध्येको एक रहेको कर्णाली पुलले सुदूर पश्चिम प्रदेशलाई देशको अन्य भाग सँग जोड्ने गर्दछ। बीस २०५१ सालमा बनेको कर्णाली पुल तार पुल हो। यसको बिचमा ठूलो खम्बा छ र यसमा स्टिलका तारहरू बाँधेर ट्रस लाई अड्याइयाको हुन्छ। यो सय मिटर लामो तथा १० मिटर चौडाइ छ।

बिचको खम्बाको एक भाग तिर ३ सय २५ मिटर छ भने अर्को भाग तिर १ सय ७५ मिटर छ। यो पुलको  निर्माणमा ३ हजार ८ सय ७० टन स्टिल प्रयोग गरिएको बताइएको छ । यसको निर्माण जापानको कावासाकी हेवी इन्डस्ट्रिजले गरेको हो। कर्णाली पुल बन्नु अघि सुदूरपश्चिमका बासिन्दा काठमाडौँ लगायतका देशका अन्य भूभागमा ओहोरदोहोर गर्न भारतको बाटो प्रयोग गर्ने गरेका थिए। जीर्ण बन्दै गइरहेको अवस्थामा कर्णाली पुलमा आगलागीले पनि क्षति पुगाएपछि स्थानीय चिन्तित बनेका छन्। 
अर्को समाचार
प्राविधिक टोलीद्वारा कर्णाली पुलको प्रारम्भिक अध्ययन सुरु
३० फागुन २०८०
•
१ मिनेट पाठ
प्राविधिक टोलीद्वारा कर्णाली पुलको प्रारम्भिक अध्ययन सुरु
सडक डिभिजन कार्यालय नेपालगञ्ज र पुल महाशाखा काठमाडौँको सात सदस्यीय प्राविधिक कर्णाली पुलमा आगलागीबाट भएको क्षतिबारे प्रारम्भिक अध्ययन थालेको छ। टोलीले मंगलवारबाट कर्णाली पुलको अवलोकन तथा परीक्षण थालेको हो।




पुलमा आगलागी भएर क्षति भएको जानकारी प्राप्त भएपछि प्रारम्भिक अध्ययन थालिएको पुल महाशाखाका सिनियर डिभिजनल इञ्जिनियर कृष्णराज अधिकारीले बताए। उनले भने, ‘आगलागीबाट भएको क्षतिका साथै पुलको मर्मत सम्भारबारे पनि अध्ययन गर्दैछौँ।’

प्रारम्भिक विवरण आएपछि विज्ञलगायतसँग छलफल र सल्लाह गरी पुलको अवस्था, पुलको क्षतिको विवरण, मर्मत सम्भार गर्नुपर्ने वा के गर्ने भन्नेबारे थाहा हुने उनले बताए।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ५ ख ५२९७ नं. को ट्रकमा सोमबार एक्कासी आगलागी भएको थियोे। ट्रकमा लागेको आगो नियन्त्रणमा लिन चार घण्टा बढी समय लागेको थियो।

एक हजार एक सय कार्टुन लाइटर बोकेको ट्रक जलेर नष्ट भएको थियो। आगलागीबाट कर्णाली पुलका १४ वटा डोरीमा आंशिक क्षति पुगेको थियो। सन् १९९३ मा कर्णाली पुल निर्माण गरिएको थियो। उक्त पुलको तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०५० मङ्सिर २८ गते उद्घाटन गरेका थिए।

गुडिरहेको ट्रकमा लागेको आगोबाट क्षतिपुगेपछि कर्णाली पुलमा हाल सवारी आवागमन बन्द गरिएको छ। रासस
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १२ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १७ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस