सुन तस्करीमा संलग्न १९ जनालाई पक्राउ गरी अनुसन्धान गर्न सिफारिस
०२ चैत्र २०८०
•
४ मिनेट पाठ
सुन तस्करीमा संलग्न १९ जनालाई पक्राउ गरी अनुसन्धान गर्न सिफारिस
सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले १९ जनालाई पक्राउ गरी थप अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको  छ।




आयोग स्रोतका अनुसार कारबाहीको सिफारिसमा नेतादेखि निजामती कर्मचारी र सुरक्षाकर्मीहरू समेत छन्।

आयोगले माओवादी केन्द्रका नेताहरूकै संरक्षणमा सुन तस्करी भएको र उनीहरूलाई उच्च तहका सरकारी कर्मचारी तथा नेपाल प्रहरीका उच्च पदस्थ अधिकारीहरूले सघाएको जनाउँदै उनीहरूको भूमिकाअनुसारको कारबाही सिफारिस गरेको हो।

आयोग स्रोतले दिएको जानकारीअनुसार विगतमा सिआइबीले गरेको अनुसन्धान, ईश्वरराज पौडेल संयोजक रहेको समितिले गरेको सिफारिसका केही अंश र प्रमाण तथा भेप र ब्रेक सुमार्फत तस्करी भएका सुन अनुसन्धानका प्रतिवेदनहरूको अंशमाथि समेत तथ्य र प्रमाणलाई आधार मानेर माओवादीका केही नेताको संलग्नतालाई पुष्टि गरेको हो।

‘उहाँहरू शीर्ष नेताहरू नै हुनुहुन्छ, केही कर्मचारी र प्रहरीले समेत सहयोगी भूमिका निभाएको देखिन्छ,’ आयोग स्रोतले भन्यो। प्रहरीका डिएसपीदेखि एआइजीसम्मलाई विभागीय कारबाहीको सिफारिसमा परेको स्रोतले जानकारी दिएको छ। निजामती कर्मचारीमा अधिकृतदेखि सहसचिवसम्मलाई कारबाहीको सिफारिस गरिएको छ।

तस्करीमा माओवादीका नेताहरू कृष्णबहादुर महरा, उनका छोरा राहुल महरा, नन्दबहादुर पुन र उनको परिवारका सदस्यहरू जितेन्द्र पुन, दीपेश पुन, वर्षमान पुनका भाइ प्रनिश पुन, कालीबहादुर खाम, अमला रोकालगायत सो प्रकरणमा मुछिएका छन्।

‘सत्तारूढ दल नेकपा माओवादी केन्द्रका केही शीर्ष नेताहरूकै संलग्नता रहेको छ,’ स्रोतले नागरिकन्यूजसँग भन्यो।

उनीहरूको संलग्नताबारे समाचार प्रकाशन भए पनि राहुल महरा थुनामा छन्। पूर्वसभामुख कृष्णबहादुर महरा र पूर्वउपराष्ट्रपति पुनका छोरा दीपेश पुनलाई बयान मात्रै लिएर छाडिएको थियो। अन्य व्यक्तिहरूमाथि अनुसन्धान नै भएको थिएन। अमला रोका भने अझै फरार छिन्।

स्रोतका अनुसार प्रतिवेदनमा निजामती र प्रहरीका सुरक्षाकर्मीहरूलाई विभागीय कारबाहीको सिफारिस गरेपनि कस्तो कारबाही भनेर खुलाइएको छैन।

आयोगको सो प्रतिवेदन बुझेपछि गृहमन्त्री लामिछानेले दुई घण्टा लगाएर अध्ययन गरेका थिए। उनले यो प्रतिवेदन नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि बुझाइसकेका छन्।

सुन तस्करी जाँचबुझ आयोगले उपप्रधान एवं गृहमन्त्रीलाई प्रतिवेदन बुझाएपछि बिहीबार उनको दौडधुप बढेको थियो। आयोगले प्रतिवेदन बुझाएलगत्तै उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटघाट गरेका गृहमन्त्री लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि भेटेका थिए। प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई साथमा लिएर उनले प्रतिवेदनको  सारसंक्षेपसहित प्रधानमन्त्री दाहाल र परराष्ट्रमन्त्री श्रेष्ठसँग छलफल गरेका थिए।

बिहीबार दिउँसो २ बजे परराष्ट्र मन्त्रालय पुगेका लामिछानेले ४ बजेपछि प्रधानमन्त्री दाहाललाई भेटघाट गरेका छन्। उनले आयोगले दिएको सारसंक्षेपका आधारमा केही अधिकारीको सरुवा गर्न चाहिरहेको स्रोतले जनाएको छ।

आयोग गठन भएको साढे पाँच महिनामा अध्यक्ष आचार्यले बिहीबार बिहान सिंहदरबारमा उपप्रधान एवं गृहमन्त्री लामिछानेलाई प्रतिवेदन बुझाएपछि प्रतिवेदले दिएका सुझाव कार्यान्वयन गर्न प्रधानमन्त्री र निवर्तमान गृहमन्त्रीसँग भेटघाट गरेका थिए। प्रतिवेदन बुझेपछि लामिछानेले यसलाई कार्यान्वयन गर्ने प्रतिवद्घता जनाएका थिए।

गत साउनमा हङकङबाट तस्करी गरेर ल्याएको ६० किलो सुन र इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर दुबईबाट ल्याएको सुनबारे सो आयोगले अनुसन्धान गरेको थियो।

मन्त्रिपरिषद्ले असोज १४ मा सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग गरेपछि आयोगको समय दुई पटक थपिएको थियो।

सुन तस्करीमा माओवादीका शीर्ष नेताहरू नै संलग्न रहेको समाचार बाहिर आइसकेको छ। आयोगको सदस्यहरूमा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापा, पूर्वसहसचिव किशोरजंग कार्की र पूर्वसहसचिव प्रेमराज जोशी थिए।

आयोगले बिहीबार बिहान उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई सुन तस्करीबारे अध्ययन प्रतिवेदन बुझाएको हो। ४८५ पृष्ठ लामो प्रतिवेदनमा राजनीतिक तहकै नेतृत्व सुन तस्करीमा संलग्न रहेको निष्कर्ष निकालिएको छ। आयोगका अध्यक्ष डिल्लीराज आचार्यसहित अन्य सदस्यहरूले सो प्रतिवेदन मन्त्री लामिछानेलाई बुझाएका हुन्।

भन्सार नाकाको स्थलगत अनुगमन, ६८ व्यक्तिसँगको बयान र ६१ विज्ञसँगको परामर्शका आधारमा प्रतिवेदन तयार पारिएको थियो। ‘प्रतिवेदनमा मुद्दा चलाउन सिफारिस, विभागीय कारबाही, सिडिआर/डिएफएलमा लगातार देखिएका व्यक्तिको सूचीसमेत समावेश छ।

साथै निर्दोष देखिएका व्यक्तिको नामावलीसहितको प्रतिवेदन गृहमन्त्रीसमक्ष बुझाइएको छ,’ आयोगका अध्यक्ष आचार्यले भने।  

आयोग स्रोतका अनुसार सो प्रतिवेदनमा माओवादी केन्द्रका शीर्ष नेताहरूको सुन तस्करसँगको ‘कनेक्सन’ रक्तचन्दन तस्करीकै बेला भएको उल्लेख छ।

‘विगत हेर्ने हो भने उहाँहरूको सम्बन्ध रक्तचन्दन तस्करीसँगै सुन तस्करीमा जोडिएको देखिन्छ, यो उहाँहरूको पृष्ठभूमि हो,’ प्रतिवेदनमा उल्लेख रहेको स्रोतले जनाएको छ।
अर्को समाचार
देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै
२१ वैशाख २०८१
•
१ मिनेट पाठ
देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै
सरकारले बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ।




आगामी जेठ १३ गतेदेखि पोलियो रोगविरुद्धको खोप ‘आइपिभी’ अभियान सञ्चालन गर्ने भएको हो। यसअघि खोप लगाउन छुटेका बालबालिकाले अभियानमा खोप लगाउन पाउनेछन्।

स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.अभियान गौतमले पोलियो रोगबाट बचाउन देशभरिका करिब १४ लाख ६२ हजार बालबालिकालाई पोलियो रोगविरुद्धको खोप ‘आइपिभी’ लगाइने जानकारी दिए।

उनले पोलियो रोगको सङ्क्रमण अझै देखिएकाले अभियान सञ्चालन गर्न लागिएको बताए। उनका अनुसार वि.सं. २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई उक्त खोप लगाउन लागिएको हो।

सन् २०१६ देखि २०१८ को बीचमा उक्त ‘आइपिभी’ खोप उत्पादन हुन नसकेपछि ती उमेर समूहका बालबालिका खोप लगाउनबाट छुटेका थिए। खोप अभियानका लागि ग्लोबल एलाएन्स फर भ्याक्सिन एण्ड इमुनाइजेसन (गाभी)ले रु ३२ करोड बराबरको खोप उपलब्ध गराएको विभागले जनाएको छ।

‘नियमित रुपमा ती बालबालिकालाई लगाइने पोलियोविरुद्धको खोप गाभीले त्यतिबेला उपलब्ध गराउन सकेको थिएन’, उनले भने, ‘अहिले फेरि खोप उपलब्ध गराएपछि लगाउने तयारी गरिएको हो।’

नियमिततर्फ पोलियोविरुद्ध छ हप्ता, १० हप्ता र १४ हप्ताका बालबालिकालाई मुखबाट थोपा तथा १४ हप्ता र नौ महिनासम्मका बालबालिकालाई खोप लगाइन्छ।

दुई सातासम्म चल्ने अभियानमा पोलियोविरुद्धको खोप ‘आइपिभी’ दिइने जनाइएको छ।  सरकारले सन् २०२६ सम्म पोलियो उन्मूलन गर्ने लक्ष्य राखेको छ। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस