कृष्णमन्दिर नियाल्दै, क्यानसभामा उतार्दै
०५ चैत्र २०८०
•
२ मिनेट पाठ
कृष्णमन्दिर नियाल्दै, क्यानसभामा उतार्दै
पाटनको कृष्ण मन्दिर निकैबेर नियालेपछि भारतीय कलाकार प्रविन कर्मकारले झोलाबाट एक थान कलर र क्यानभास निकाले। चित्र कोर्न तम्तयार हुँदै गर्दा उनले मन्दिरतर्फ फर्केर नमस्कार गरे। निकै श्रद्धापूर्वक क्यानभासमा चित्र कोर्न सुरु गरे। ‘मलाई नेपाल निकै मनपर्छ, यहाँ हरेक दृश्य चित्रकला कोर्नलायक छन्’,उनले बताए।  




पाटनस्थित कृष्ण मन्दिर वरिपरि शनिबार ६० भन्दाबढी विदेशी कलाकारले प्रत्यक्ष दृश्य अवलोकन गरेर चित्र कोरेका थिए। इन आर्ट वल्डको आयोजनामा गत शुक्रबारदेखि सुरु भएको ‘कला शाला’ को दोस्रो दिन विदेशी एवं स्वदेशी कलाकारले एकैसाथ कलाकृति सिर्जना गरेका थिए। कला शालामा मात्रै कलाकारले कला सिर्जना गर्नु मात्रै नभई कलाकारमा एकता विस्तार गर्नु अर्को महत्वपूर्ण उद्देश्य रहेको आकार आर्ट सेन्टरकी अध्यक्ष अनिता भट्टराईले बताए।  

उनका अनुसार नेपाली कलामा कलाकार एक मत हुन जरुरी छ । यही सन्दर्भ पारेर कला शालामा चित्रकला, मूर्तिकला, डिजिटल आर्ट, प्रिन्टमेकिङलगायत विभिन्न कला एकै ठाउँमा बसेर कलाकारले सिर्जना गरिएको हो। कलाशालामा बङ्गलादेश, भारत, इरान, ताइवान र नेपाल गरी पाँच देशका कलाकारले आआफ्नो शैलीमा कला सिर्जना गरेका थिए ।

पाटनको दरबार क्षेत्रअवलोकन गर्दै चित्र बनाइरहेका ताइवानका चित्रकार डेरियसले यहाँको परम्परागत भौतिक संरचना अत्यन्त रचनात्मक लागेको बताए। आँखीझ्याल ठोकाका बुट्टाले आफूलाई धेरै आकर्षित गरेको उनले सुनाए। ‘एउटा कलाकार नै लोभिने खालको अद्भूत कला छ नेपालमा’, उनले भने, ‘अर्को पटक यिनै कलाको अध्ययन गर्न अलि धेरै समय बस्नेगरी नेपाल घुम्न आउनेछु।’  

बङ्गलादेशका चित्रकार कौशर हुसैनका लागि नेपाल आफ्नै देशजस्तै आत्मीय लाग्ने बताए। धर्मले मुस्लिम समुदायको भए पनि नेपालको धार्मिक कला कौशलले निकै आकर्षित गरेको उनी बताउँछन्। पाटनको कृष्ण मन्दिर चित्रमा उतार्दै उनले  ‘सम्झनास्वरुप आफ्नो देश लैजाने सुनाए। हुन त म मुस्लिम हुँ तर, यो कृष्ण मन्दिरको तस्वीर घरै लगेर राख्नेछु’,उनले भने।  

नेपाली चित्रकार प्रमिला परियारले भने पाटन दरबार क्षेत्रको दृश्य अलि फरक ढङ्गले उतारे। उनको बुझाइमा कलाकारले जे देख्छ, त्यही उतार्नु वास्तविक कला होइन । त्यो भइरहेको दृश्यमा मौलिकता थप्न सक्नु कला रहेको उनले बताए।  

आइतबारसम्म चल्ने ‘कलाशाला’ मा कलाकारले पशुपति मन्दिर वरिपरिको दृश्यसमेत चित्रमा उतार्ने छन्। यसरी सिर्जना भएका कलालाई आयोजकले प्रदर्शन गरी बिक्री गर्नेछ। बिक्री भएबापतको ५० प्रतिशत रकम एचआइभी सङ्क्रमति बालबालिकाको संस्था बेबी लाइफ होम’लाई सहयोग गरिने आयोजक भट्टराईले बताए। कलाको व्यापारमा प्रोत्साहन दिन नेपाल जर्मन चेम्बर अफ कर्मस एन्ड इन्डस्ट्रिजका अध्यक्ष सन्तोषचन्द्र कुँवरले व्यापारी नै उदार भएर कलाको संरक्षण गर्नुपर्ने बताए। ‘कार्यशालामा कलाकारले बनाएका चित्र सकेसम्म बिक्री गराउने हेतु छ’, उनी भन्छन्, “व्यापारीले नै कलालाई माया नगरे कला र कलाकार सङ्कटमा पर्छन्।’

त्यस्तै, अर्का कला प्रेमी एवं साहित्यकार निर्मल थापाले नेपाली कलाको बजार विस्तार गर्न अन्तर्राष्ट्रियस्तरको सहकार्य हुन जरुरी रहेको सुनाए। उनका अनुसार कलाको विश्वव्यापीकरणले पर्यटनसमेत आकर्षण गर्न मद्दत गर्छ।
अर्को समाचार
श्रीकृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलले गरे पाटन कृष्ण मन्दिर दर्शन
२० भदौ २०८०
•
१ मिनेट पाठ
श्रीकृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलले गरे पाटन कृष्ण मन्दिर दर्शन
राष्ट्रपति रामचन्द्र पौडेल श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा आज पाटन दरबारस्थित ऐतिहासिक कृष्ण मन्दिरको दर्शन एवं प्रसाद ग्रहण गरेका छन्।




सो अवसरमा उनलाई ललितपुर क्षेत्र नं १ र २ का सांसदद्वय उदयशम्शेर राणा र प्रेमबहादुर महर्जन, बागमती प्रदेशका उद्योगमन्त्री रामकृष्ण चित्रकार, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलगायत जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, निजामती कर्मचारी र स्थानीयवासी एवं भक्तजनले स्वागत गरेका थिए।  

राष्ट्रपति पौडेलले सोही अवसरमा पाटन दरबार क्षेत्रका सांस्कृतिक सम्पदा अभिरुचिपूर्वक अवलोकन गरे। उनलाई महानगर प्रमुख महर्जनले सम्पदास्थलका बारेमा जानकारी गराए। विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्रमा भ्रमणका लागि स्वदेशीका साथै विदेशी पर्यटकको पनि दैनिक भीड लाग्ने गर्छ।
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ६ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १२ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस