नेपालमा जातीय विभेद: सार्वजनिक स्थलमा घट्दो, अन्यत्र कायमै
०८ चैत्र २०८०
•
५ मिनेट पाठ
नेपालमा जातीय विभेद: सार्वजनिक स्थलमा घट्दो, अन्यत्र कायमै
अन्तरजातीय विवाह गरेको कारण जुम्ला तातोपानीका मुकुन्द नेपालीको घर माइती पक्षले जलाइदिएका थिए। घरसहित सम्पत्तिसमेत जलेको कारण मुकुन्दको परिवारले आर्थिक क्षति मात्रै बेहोर्नु परेन उल्टो भार थपियो। उनीहरू घर छोडेर डेरामा बस्न पुगे। उता भागेर गएका मुकुन्द र उनकी पे्रमिका परिवारवाट सम्पर्कविहीन बने। उनले स्थानीय गाउँकै युवती वसन्ती गिरीसँग पे्रम विवाह गरेका थिए। पे्रम विवाह गरेका जोडीलाई माइती पक्षले छुटाउन खोज्दा छुटाउन नसकेपछि केटाको घर आगो लगाएर जलाइदिएका थिए।




१२ कोठाको घर जलाउँदा करिब ७० लाख बराबरको सम्पत्ति नष्ट भएको मुकुन्दका दाजु भरत नेपालीले बताए। नयाँ घर बनाउन नसकेपछि अहिले पनि अरूको घरमा डेरा बस्दै आाएको नेपालीले बताए। पे्रम विवाह गरेका जोडी अहिलेसम्म सम्र्पक बिहिन बनेको उनले दाजु भरतले बताए।

‘मार्लान भन्ने डरले होला कतै सम्पर्कमा छैनन ’ उनले भने। घटनापछि प्रहरी हुँदै जिल्ला अदालत जुम्लामा मुद्दा दायर भएको छ। अहिलेसम्म मुद्दाको फैसला नभएको नेपालीले बताए। उनको अनुसार मुद्दा दायर भएको नौ महिना बितिसकेको छ।

गत पुसमा मुगुको सोरु गाउँपालिका खनयाँ स्वास्थ्यचौकीकी अनमी नर्स तुलसा विश्वकर्मालाई स्वास्थ्यचौकीका इन्चार्ज सुरज कुमार शाहीले जातीय विभेद गरेका थिए। इन्चार्ज सुरजकुमार शाहीको घरमा नौ महिनादेखि डेरा बस्दै आएकी विश्वकर्मालाई जात थाहा पाएपछि डेराबाट निकाला गरिएको थियो। घटनापछि विश्वकर्माले इन्चार्ज शाही र धनप्रसाद भट्टविरुद्ध जाहेरी दिएकी थिइन्। जाहेरीपछि उनको मुद्दा जिल्ला अदालत मुगुमा दायर भएको छ।

उल्लेखित घटना बाहेक बर्सेनि जातीय विभेदका घटनाहरू प्रहरी तथा स्थानीय तहमा पर्दै आएका छन्। नेपाल प्रहरीको तथ्यांकअनुसार गत आर्थिक वर्षमा मात्र २७ वटा जातीय विभेदका घटना दर्ता भएका छन्। त्यसको अघिल्लो वर्ष अर्थात् आर्थिक वर्ष २०७८/७९ मा १५ वटा जातीय विभेदका घटना दर्ता भएका छन् भने आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा बढी ३९ वटा जातीय घटना दर्ता भएका छन्।

इन्सेकका अनुसार सन् २०२३ भित्र ५४ वटा जातीय छुवाछुत, सार्वजनिक स्थलमा प्रवेश रोक लागेका आठवटा घटनासहित ६२ वटा विभेदका घटना रहेको तथ्यांक छ। यो तथ्यांक पाँच वर्षको अवधिमा दुई सय ३२ छन्। यो अवधिमा इन्सेकको तथ्यांक हेर्ने हो भने यो अवधिमा दलितमाथि भएका विभेदका घटनामा उल्लेखनीय कमी आएको देखिदैन। २०७५ मा ६१ रहेकोमा पाँच वर्षपछि २०८० भित्र ५४ वटा घटना बाहिर आएको देखिन्छ।

नेपालमा जातीय छुवाछुत तथा कसुरविरुद्ध ऐन २०६८ जारी भएयता जातीय विभेदको कारण २० जना दलितको हत्या भएको हालै सार्वजनिक भएको एक अध्ययनले देखाएको छ। ‘दलित आन्दोलन र उपलब्धि’ विषयमा गरिएको अध्ययनले यस्तो तथ्यांक देखाएको हो। जातीय विभेदका घटनामा पनि उचित न्याय पाउन नसकेको अधिवक्ता मोहन शंकर बताउँछन्।

महधिवक्ता कार्यालयको आर्थिक वर्ष २०६७/६८ यता २०७८/७९ सम्म अर्थात् ११ वर्षका वार्षिक प्रतिवेदनअनुसार जिल्ला अदालतमा दुई सय ७५ मुद्दामध्येमा दुई सय ५१ व्वटा फछ्र्योट हुँदा ११६ वटा अर्थात ४६ प्रतिशतमा सजायँ दिइएको छ। १ सय ३५ वछा घटनमा आरोपीले सफाइ पाए। अर्थात ५४ प्रतिशतले सफाइ पाएको देखिन्छ।

यो अवधिमा ३७ वटा घटना उच्च अदालतलमा पुगेकामा ७ वटा मात्र मुद्दामा कसुर कायम भएको र बाँकी ७३ प्रतिशत घटनामा आरोपीले सफाइ पाएको देखिन्छ। सर्वोच्च अदालतमा पुगेका २० वटा घटना मध्येमा ६ वटा मात्र मुद्दामा दोषी उपर कारवाही भएको देखिन्छ।

-                            -                                      -                              -

नेपालको नयाँ संविधान २०७२ को धारा १६ मा सम्मानपूर्वक बाँच्न पाउने हक, धारा १८ मा समनाताको हक, धारा ४० मा दलितको हक, मुलुकी अपराध संहिता २०७४ मा सबै प्रकारका जातीय छुवाछुत तथा भेदभाव उन्मुलनसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिले पनि जातीय विभेदको अन्त्यको घोषणा गरेको छ। तर, ऐन कार्र्यानवयनमा फितलो हुँदा दलितमाथिको विभेदमा कमी आउन नसकेको अधिवक्ता मोहन साशंकर बताउँछन्।

जातीय छुवाछुत तथा भेदभाव कसुर ऐन २०६८ को संशोधन गरी जातीय विभेदमा कैदको सजाय थप गरेपछि यस्ता मुद्दामा सजाय पाउनुको सट्टा उल्टो सफाइ दिने क्रम बढेको अधिवक्ता मोहन साशंकर बताउँछन्।

ऐनको पछिल्लो संशोधन २०७५ ले एक महिनोदेखि तीन वर्षसम्म कैद र दुई लाख रूपैयाँसम्मको जरिबानाको व्यवस्था गरेको छ। यो व्यवस्था अघि जातीय विभेदका घटनाहरू ढिला फैसला हुनेमा अहिले छिटो तर हल्का खालको फैसला हुने गरेको उनको शाशंकरको भनाइ छ। ‘ श्रीमान्हरू जातीय विभेदको घटनामा कैदको फैसला गर्न चाहको देखिँदैन,’ उनले भने।

विश्वमा अन्तराष्ट्रिय जातिभेद तथा रंगभेदविरुद्धको दिवस मनाउन थालेको ६४ वर्ष पुगेको छ। नेपाली दलित आन्दोलनको ८ दशक लामो आन्दोलनपछि पनि जातीय विभेदमा उल्लेखनीय कमी आउन नसकेको अनुसन्धानकर्ता हीरा विश्वकर्मा बताउँछन्।

उनको अनुसार नेपालमा छुवाछुत तथा विभेदविरुद्धको कानुन बनेपछि सार्वजनिक स्थलमा हुने छुवाछुतका घटनामा कमी आएको देखिन्छ। पुरानो पुस्तामा जातीय विभेदको सोच र व्यवहारमा कुनै कमी आउन नसकेको विश्वकर्माले बताए। युवा पुस्तामा छुवाछुत बिरोध सोच आएपनि घरसम्म पुग्ने कुरामा सीमाना कायमै राखेको पाएको बताए।

‘घरमा पुग्ने कुरा आयो भने घरमा बुवाआमा वा हजुरआमा छन् भन्ने सोच छ,’ उनले भने। दलितले पाउने सेवासुविधाको बारेमा नयाँ पुस्तामा समेत दलितविरोधी सोच कायमै रहेको उनको ठम्याइ छ।

हजारौ वर्ष पुरानो संस्कार भएकोले गैरदलितको मानसिकतावाट यो सजिलै हट्न नसकेको विश्वकर्मा बताउँछन्। ‘समाजमा अरू व्यक्ति या समाजभन्दा ठूलो हुँ भन्ने मान्यता पाएपछि विभेद हटाउनुपर्छ भन्ने सोच नआउँदो रहेछ,’ उनले भने।

तथ्यांकमा आएकाभन्दा बढी घटना समाजमा रहेको तर समाज मिलेर बस्नुपर्छ भन्ने त्रासका कारण सबै घटनाको उजुरी नहुने कारण कम घटना मात्र बाहिर आउने गरेको इन्सेकका सम्पादक रमेशप्रसाद तिम्सिना बताउँछन्।

उजुरी परेका घटनालाई प्रहरीले जातीय विभेदको सट्टा अन्य घटनामा मोडिदिने कारण पनि भएको भन्दा कम तथ्यांक आएको सम्पादक तिम्सिना बताउँछन्। उनको अनुसार विद्यमान जातीय विभेदविरुद्धको कानुन लागु गर्ने निकायको उदासीनताको कारण पनि विभेद घट्न नसकेको हो। ‘आरोपितलाई अनुसन्धान गरी कारबाही गर्न सकेमा मात्र विभेद कम हुन्छ,’ उनले भने। 
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
१ घण्टा अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
यो पनि पढौँ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस