काभ्रेमा सुन्तला जोगाउन ४० किसानलाई तालिम प्रदान
१० चैत्र २०८०
•
४ मिनेट पाठ
काभ्रेमा सुन्तला जोगाउन ४० किसानलाई तालिम प्रदान
बेथानचोक गाउँपालिका–४ का ४० किसानलाई सुन्तलाखेती सम्बन्धी दुईदिने तालिम प्रदान गरिएको छ। किसानलाई गाउँपालिकाको कृषि विकास शाखाले एकैसाथ तालिम दिएको हो। शाखाले सुन्तला बगैँचा भएका वडाका किसानलाई तालिका बनाएर क्रमशः तालिम दिँदै जाने जनाएको छ।  




गाउँपालिकाको सुन्तला प्रवद्र्धन कार्यक्रमअन्तर्गत बगैँचाका बोट सुक्ने, मर्ने फलको गुणस्तरमा कमी आउनेजस्ता समस्या किसानले भोग्नु नपरोस्, सुन्तला जात फलफूलको स्वस्थ बगैँचाबाट राम्रो उत्पादन दिँदै आइरहेकामा केही वर्षपछि उत्पादन घट्ने र बगैँचा अनुत्पादित भएर बोट मर्नसक्ने भएकाले किसानलाई समयमै जानकारी गराउन तालिमको आयोजना गरिएको जनाइएको छ।  

जिल्ला कृषि विकास कार्यालयको प्राविधिक सहयोगमा किसानमा ल्याइएको यस जागरणमा बगैँचा स्थानको भौगोलिक विशेषता, स्याहार–सम्भार, मल–जल, रोग–किरा आदि राम्रो व्यवस्थापन गरे किसानले सुन्तलाखेतीबाट राम्रो लाभ लिनसक्ने भएकाले सुन्तला जातका फलफूल बगैँचामा देखापर्ने यस प्रकारको समस्याका कारण यस क्षेत्रमा किसान सचेतीकरण र उपचार गर्न जागरण कार्यक्रम अघि सारिएको हो।

सुन्तालको फल झर्ने समस्या न्यूनीकरणका लागि गाउँपालिकाको कृषि शाखा र वडाले किसानलाई कीटनाशक औषधि तथा बिरुवाका लागि प्रोटिन–ब्रेट वितरण गरिरहेको गाउँपालिकाको कृषि विकास शाखा प्रमुख मधुसूदन दाहालले बताए । उनका अनुसार उक्त वडामा सुन्तलाखेती बगैँचा निर्माणका लागि आउँदो असारमा पाँच हजार बिरुवा किसानलाई बाँड्ने योजना बनाइएको छ।  

पछिल्ला वर्षसम्म सुन्तलाका लागि प्रख्यात काभ्रेपलाञ्चोकको सुन्तला बगैँचामा ‘सूक्ष्म खाद्यत्व’को अभाव देखिएको पाइएकाले जिल्लास्थित सुन्तला पकेट क्षेत्रका बगैँचाको स्थलगत अनुगमनका क्रममा सूक्ष्म खाद्य तत्वको अभाव देखिएपछि पुनःजागृत गराउन आवश्यक देखिएको कृषि विकास कार्यालय धुलिखेलले जनाएको छ।  

सुन्तला पकेट क्षेत्रका बगैँचाको स्थलगत अनुगमनपछि समस्याग्रस्त सुन्तला बोटलाई पुनःजागृत गराउन कार्यालयले योजनाका साथ पहिलो चरणमा पनौती नगरपालिका–१० सत्यालडाँडामा रहेको पुरानो बगैँचाबाट सुन्तलाको बोटमा उपचार सुरु गरेको छ। पुराना बोट भए पनि समस्याग्रस्त सुन्तला बगैँचाका सुन्तलाका बोट काटेर नष्ट गर्नुको सट्टा सामान्य काँटछाँट गर्ने, ऐँजेरु हटाउने र चुन तथा नीलोतुथोको प्रयोग गरी पुराना बोटलाई उत्पादनशील अवस्थामा फर्काउन पुराना सुन्तलाका बोटको उपचार थालिएको कार्यालयका प्रमुख कुलप्रसाद दवाडीले जानकारी दिए।  

दवाडीका अनुसार कार्यालयले सुन्तलाका बोटको उपचारका लागि बाली संरक्षण प्रयोगशाला हरिहर भवनको सहयोगमा सत्यालडाँडामा रहेका सुन्तला किसानलाई नीलोतुथो, कपरअक्सी क्लोराइड, हाँगा काट्ने आरी, सिकेचर, नीलोतुथो, सुन्तला टिप्ने भर्‍याङ तथा १७ थान स्प्रेयर पम्प ८० प्रतिशत अनुदानमा वितरणसमेत गरिएको छ।  

‘अन्य समस्याग्रस्त सुन्तला बगैँचामा क्रमशः उपचार गर्दै किसानलाई सहयोग गर्दै जाने र किसानलाई सुन्तलाका बोट जोगाउन जागरण अभियानको योजना बनाउँदै छौँ’,दवाडीले भने। सूक्ष्म खाद्य तत्वसँगै जिल्लाका सुन्तला पकेट क्षेत्र तीन नगरपालिका धुलिखेल, पनौती र नमोबुद्ध तथा बेथानचोक गाउँपालिकाको बगैँचामा नाइट्रोजन, फस्फोरस र पोटासको अभाव देखिएको जनाइएको छ।  

अभाव हटाउन सामान्य काँटछाँट गर्ने, एँजेरु हटाउने, चुन र नीलोतुथो, प्रोटिन बेटको प्रयोग गरी पुराना बोटलाई उत्पादनशील अवस्थामा फर्काउँदा सुन्तलामा सूक्ष्म खाद्य तत्व न्यूनीकरण हुँदै जाने दवाडीले बताए। गत वर्ष पनौती–९ स्थित पुरानो सुन्तला बगैँचा पुनःजागृत गराउन काँटछाँट, प्रोटिन बेटको प्रयोग, नीलोतुथो, चुनको प्रयोग र सूक्ष्म खाद्य तत्वको प्रयोग गरी सुन्तलाका बोटको उपचार गर्दा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको कार्यालयले जनाएको छ।  

दवाडीले भने,‘जिल्लाका सुन्तला किसानलाई सूक्ष्म खाद्य तत्वको प्रयोग गर्न सुझाव दिँदै आइएको छ, अब स्थानीय तहसँगको सहकार्यमा प्राविधिकसहित उपचारमा जाने छौँ।’उनका अनुसार जिल्लाका सुन्तलाका बोट समस्याग्रस्त अवस्थामा रहे पनि कार्यालयमा चालु आर्थिक वर्षमा सुन्तला प्रवद्र्धनका लागि कुनै कार्यक्रम र बजेट छैन। रोगकै कारण सुन्तला उत्पादनमा कमी हुने भएपछि कार्यालयले प्राविधिक सल्लाह तथा आवश्यक औषधि वितरण गर्दै आएको कृषि प्रसार अधिकृत विवेकानन्द महतले बताए। उनका अनुसार गत वर्षसम्म जिल्लाभर करिब २० प्रतिशत सुन्तलामा औँसा किराको प्रकोप देखिएको छ। यसका कारण बोटमा रहेका सुन्तलामध्ये दश प्रतिशत कुहिएर झर्ने गर्दछन्।

गत वर्ष छ हजार पाँच सय १४ मेट्रिकटन सुन्तला उत्पादन भएको थियो भने यस वर्ष करिब सात हजार मेट्रिकटन सुन्तला उत्पादन भएको जनाइएको छ। जिल्लाको शङ्खु, शारदाबतासे, पनौती, बल्थली, चलाल गणेस्थान, कुशादेवी, रयाले, महेन्द्रज्योति, काभ्रे, पात्लेखेत, फूलबारी, श्यामपाटी, साँगा, जनागाललगायतका स्थान सुन्तला पकेट क्षेत्र हुन्।  

कार्यालयका अनुसार जिल्लामा सुन्तलाखेती हुँदै आएको हाल एक हजार दुई सय ६४ हेक्टर ९२५ हजार रोपनी० जमिनमा वार्षिक करिब सात हजार मेट्रिकटन सुन्तला उत्पादन हुँदै आएको छ। केही वर्षअघिसम्म काभ्रेपलाञ्चोकमा वार्षिक रु ४० करोडभन्दा बढी सुन्तला बिक्रीबाट भित्रिने गर्दथ्यो। -रासस
अर्को समाचार
झाडी फाडेर सुन्तलाखेती
२० फागुन २०८०
•
३ मिनेट पाठ
झाडी फाडेर सुन्तलाखेती
बीस वर्ष वैदेशिक रोजगारीमा बिताएका बागलुङ नगरपालिका–८ सिगाना सायकोटका ईन्द्रबहादुर कार्कीले गाउँ फर्केर सुन्तलाखेती थालेका छन्। गाउँमा खाद्यबाली लगाउने परिपाटी घट्दै गएपछि बाँझिन थालेको पाँच रोपनी बारीमा सुन्तलाखेती थालेका कार्की अहिले खेतीयोग्य जग्गाको झाडी हटाउने अभियानमा छन्।




लामो समय वैदेशिक रोजगारीमा गएर गाउँ फर्केर आउँदा युवा पलायनका कारण अधिकांश खेतीयोग्य जग्गामा झाडी पालाएको देखेपछि झाडी फाडेर कार्कीले सुन्तलाखेती विस्तार गर्न थालेको उनले बताए। पहिलो चरणमा ८० सुन्तलाका र ४० कागतीका बिरुवा रोपेको बताउँदै उनले सुन्तलाखेतीलाई विस्तार गरी १५ रोपनीमा पुर्‍याउने लक्ष्य रहेको सुनाए।

कार्कीको नेतृत्वमा उनको जग्गा मात्रै होइन सायकोटका अन्य स्थानीयवासीको जग्गामा रहेका झाडी तथा रुख हटाउने कार्यले तीव्रता पाएको छ। अहिले सायकोट क्षेत्रको पाँच सय रोपनी भन्दाबढी खेतीयोग्य जग्गामा रहेका झाडी हटाउने काम भइरहेको छ।

'केहीवर्ष भारतमा बिताएँ। १५ वर्ष साउदीमा रोजगारी गरेँ। अहिले गाउँ फर्केर आउँदा उराठ लाग्दो अवस्था रहेछ, गाउँमा रुख बिरुवाले खेतीयोग्य जग्गा ढपक्कै ढाकेको छ। खेती गर्ने कोही छैनन्' कार्कीले भने, 'गत वर्ष सुन्तला र कागती बारीमा लगाएँ। वरपर रहेका अनावश्यक रुख र झाडीले ती बिरुवा बढ्न पाएनन्। अहिले वडा कार्यालयको प्राविधिक सहयोगमा रुख फँडानी भइरहेको छ। अधिकांश झाडीले भरिएको जग्गामा सुन्तलाखेती गर्न थालिएको छ।'

कार्कीले आफ्नो १५ रोपनी खेत तथा बारीमा सुन्तला र कागतीखेती विस्तार गर्नका लागि सबै झाडी हटाएर खाली गरेको जानकारी दिए। सुन्तला गाउँका रुपमा चिनिएको सिगानभित्रको सायकोट गाउँमा यसअघि व्यावसायिक सुन्तलाखेती हुन सकेको थिएन। सुन्तलाबाटै वार्षिक रु तीन करोड भित्र्याउने सिगानको बेसी, ढोकानफाँट, बाँस्बोट र कोरीखोलालगायत गाउँमा व्यावसायिक सुन्तलाखेती उत्पादन हुँदै आएका छन्।

'सिगाना सुन्तला गाउँका रुपमा चिनिए पनि सायकोटमा व्यावसायिक खेती भएको छैन। यहाँ गत वर्षदेखि सुन्तला लगाउन थालिएको हो। सुन्तलाखेती फस्टाउन बाझो जग्गाको झाडी फँडानी गर्ने, कुकाठ हटाउने काम भएको छ। यसले खेती विस्तारमा टेवा पुग्नेछ', स्थानीय सूर्य कार्कीले भने, 'गाउँ–गाउँमा ग्यासको प्रयोग बढेपछि दाउराको प्रयोग कम हुँदा वन जङ्गल बढेर घरसम्मै आउन थालेपछि रुख र झाडी फँडानी गरेर सुन्तला लगाउन अभियान थालिएको हो।'

बागलुङ–८ सिगानास्थित वडा कार्यालयले रुख फँडानीमा सघाएर किसानलाई सुन्तलाखेती विस्तार गर्ने योजनामा चालु आर्थिक वर्षमा रु एक लाख ५० हजार बजेट विनियोजन गरेको छ। उक्त रकमले एक हजार रोपनी जग्गाका रुख बिरुवा हटाउन सक्ने भन्दै हालसम्म पाँच रोपनी खेतीयोग्य जग्गाका रुख बिरुवा हटाइसकिएको वडा नं ८ का वडाध्यक्ष छमबहादुर कार्कीले जानकारी दिए। उनले कटान गरेका रुख व्यवस्थापन भने स्वम् जग्गाधनीले गर्दै आएकाले थोरै रकमले धेरै काम गर्न सकिएको बताए।

खेतीयोग्य जग्गामा ढाकिएको उत्तिस, चिलाउने, मल्लात्तो र बाँसघारीलगायत झाडी तथा साना रुख हटाएर सुन्तलाखेती गर्ने अभियान अहिले बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाले समेत चलाएको छ।

खेतीयोग्य जग्गा बाँझिदै गएपछि उम्रिएका रुख बिरुवाले फलफुल तथा नगदेबाली गर्न कठिनाई भएपछि अहिले खेतबारीमा रहेका रुख हटाउने अभियानले तीव्रता पाएको स्थानीय बताउँछन्। रासस
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २९ सेकेन्ड अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ५९ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस