१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

बालिका करणीको प्रयास गर्ने एक पक्राउ

लमजुङमा जबरजस्ती करणीको प्रयास गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। 

जिल्लाको राईनास नगरपालिका-८ निवासी ३२ वर्षीय अमृत बहादुर अधिकारीलाई जवर्जस्ती करणी गर्न खोजेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

चैत १२ गते सोमबार बिहान ८ बजेतिर बाटोमा एक्लै हिँडिरहेकी १२ वर्षीया बालिकालाई अधिकारीले बाटोमा रोकेर करणीको प्रयास गरेका थिए। प्रहरीले उनलाई उक्त घटना पश्चात् बुधबार नै पक्राउ गरेको थियो।

बाटोमै जवर्जस्ती करणी गर्न खोजेको भन्दै बालिकाले प्रहरीमा बिहीबार मात्र उजुरी दिएकी थिइन्।

पक्राउ परेका अधिकारी उपर जवर्जस्ती करणी उद्योग सम्बन्धी कसुरमा जिल्ला अदालत लमजुङबाट सात दिनको म्याद थप गराई अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक थानेश्वर चपाईले जानकारी दिए।

प्रकाशित: १५ चैत्र २०८० १८:५६ बिहीबार