१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

कोहलपुरका २२ सहकारीलाई खारेजीको चेतावनी

कोहलपुर नगरपालिकाले नगरभित्र रहेका २२ वटा सहकारीलाई खारेजी गर्ने चेतावनी दिएको छ। यसभन्दा अघि कोहलपुरले सहकारी संस्थाहरू विवरण माग गरेको थियो।तोकिएको समयमा यी सहकारीले विवरण नबुझाएकाले अहिले ती सहकारी रहे नरहेको यकिन नभएकाले खारेज गर्ने प्रक्रिया सुरु भएको हो।

२२ वटा सहकारीलाई कोहलपुरले पुनः १५ दिनको सूचना समेत दिएको छ। यदि १५ दिनभित्र सहकारी संस्था अद्यावधिक नगराए कोहलपुर नगरपालिकाको सहकारी ऐन २०७४ बमोजिम दर्ता खारेजीका लागि प्रक्रिया अगाडि बढाइने कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले जानकारी दिए।

खारेजी प्रक्रियामा परेका कोहलपुरका सहकारीमा प्रयत्न बहुउद्देश्यीय सहकारी संस्था, कनका सुन्दरी बहुउद्देश्यीय सहकारी संस्था, सृष्टि बहुउद्देश्यीय सहकारी संस्था, सफल पशुपन्छी सहकारी संस्था, विकासशील बहुउद्देश्यीय सहकारी संस्था, जनकल्याण बहुउद्देश्यीय सहकारी संस्था, हौसला कृषि सहकारी संस्था, जुनतारा सशक्तीकरण कृषि सहकारी संस्था, वृत्तिविकास कृषि सहकारी संस्था, बिहानी बहुउद्देश्यीय सहकारी संस्था, ध्रुवतारा कृषि सहकारी संस्था छन्।

सोही प्रकारले जय ठाकुरबाबा कृषि सहकारी संस्था, फूलबारी महिला प्राङ्गारिक सहकारी संस्था, स्मृति बचत तथा ऋण सहकारी संस्था, खानेपानी मिस्त्री उपभोक्ता सहकारी संस्था, सयपत्री कृषि सहकारी संस्था, जनक शिक्षा कृषि सहकारी संस्था, मिलीजुली महिला बचत तथा ऋण सहकारी संस्था, जुनी कृषि सहकारी संस्था, सागर कृषि सहकारी संस्था, फूलबारी कृषि सहकारी संस्था र कृषक मिलन कृषि सहकारी संस्था खोजीको प्रक्रियामा छन्।

प्रकाशित: १५ चैत्र २०८० २१:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App