कर्णालीमा तयार भयाे सात वर्षे स्वास्थ्य सेवा रणनीतिक कार्ययोजना
२३ चैत्र २०८०
•
२ मिनेट पाठ
कर्णालीमा तयार भयाे सात वर्षे स्वास्थ्य सेवा रणनीतिक कार्ययोजना
कर्णाली प्रदेशमा स्वास्थ्य सेवा रणनीतिक कार्ययोजना तथा स्वास्थ्य पुनःस्थापना लागि सात वर्षे ‘स्वास्थ्य सेवा रणनीतिक कार्ययोजना’ तयार पारिएको छ।




प्रदेशमा पर्याप्त, दक्ष जनशक्ति, पूर्वाधार, औषधि र उपकरणको अभावले स्वास्थ्य सेवामा सहज पहुँच पुग्न नसकेको, सेवाग्राहीको न्यून सचेतना, भौगोलिक कठिनता, लगानी बढी लाग्ने लगायत समस्या रहेकाले प्राथमिकताअनुसार त्यसलाई समाधान गर्न ‘स्वास्थ्य सेवा रणनीतिक कार्ययोजना’ तयार गरिएको हो।

कर्णालीमा सडक दुर्घटना, भौगोलिक अवस्थाबाट अपाङ्गता हुने क्रम बढेकाले सचेतीकरण, उपचार र पुनः स्थापनाका लागि स्वास्थ्य पुनःस्थापना रणनीतिक कार्ययोजना तयार गरिएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख वृषबहादुर शाहीले बताए।

उक्त कार्ययोजनामा स्वास्थ्य नीतिले अङ्गीकार गरेका लक्ष्य प्राप्तिका लागि प्रदेश सरकारले विशेष कार्यनीतिहरूको माध्यमबाट विभिन्न क्रियाकलाप गर्ने योजना बनाएको उनले बताए। उपलब्ध साधन स्रोत र अवसरको अधिकतम उपयोग गरी दिगो विकास लक्ष्यले तोकेका सूचकको उपलब्धि हासिल गर्ने लक्ष्य रहेको उनको भनाइ छ।

सङ्घीयतापछि कर्णालीको स्वास्थ्य अवस्थामा क्रमशः सुधार आउँदै गरेको, प्रदेशका अधिकांश जिल्ला अस्पताल निर्माणाधीन अवस्थामा रहेका छन्। स्थानीय पालिकमा पनि अस्पताल तथा स्वास्थ्य केन्द्र निर्माण भइरहेका शाहीले बताए।

कर्णालीमा प्रोत्साहन भत्ता उपलब्ध भएकाले स्वास्थ्यकर्मीको आकर्षण बढेको, महामारी रोकथाम, नियन्त्रण, निदानका लागि स्वास्थ्यजन्य औजार तथा उपकरण उपलब्ध भएको, औषधि तथा उपकरणको सहज वितरणका लागि प्रादेशिक स्वास्थ्य आपूर्ति तथा व्यवस्थापन केन्द्रको स्थापना भएको, प्रदेशका सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू भएको महाशाखा प्रमुख शाहीले बताए।

“यति हुँदा हुँदै पनि सर्ने रोग तथा नसर्ने रोगको सङ्क्रमण बढ्दै गएको छ। प्रदेशको भौगोलिक अवस्थाले प्राकृतिक विपद्, सडक दुर्घटना, रूख तथा भिरबाट खसेर घाइते भएकाको पुनःस्थापना हुन सकेको छैन”, उनले भने, “स्वास्थ्य क्षेत्रमा १० प्रतिशत पनि बजेट विनियोजन हुन नसक्दा ती समस्या आएका हुन्।”

खाद्य पदार्थमा अत्यधिक विषादीले मानव स्वास्थ्यमा बढी असर परिरहेको उनको भनाइ छ।

प्रदेश योजना आयोगका उपाध्यक्ष योगेन्द्रबहादुर शाहीले स्वास्थ्य रणनीतिक कार्ययोजना तयार भएकाले अब प्राथमिकीकरण गरेर काम गर्न सहज हुने बताए। तयार कार्ययोजनाअनुसार काम गर्न सके कर्णालीको स्वास्थ्य क्षेत्रमा थप सुधार आउने उनको दाबी छ।

प्रदेश स्वास्थ्य सेवा निर्देशक डा. रविन खड्काले सीमित स्रोतसाधनबाट धेरै लाभ लिन सक्ने योजनाहरू कार्ययोजनामा समावेश गरिएको बताए। कर्णालीको कठिन भूगोलले अपाङ्गता हुने क्रम पनि बढिरहेकाले अपाङ्गता तथा पुनः स्थापनाको क्षेत्रमा पनि काम गर्न अत्यावश्यक भएको उनले बताए। 
अर्को समाचार
लागूऔषधसहित चार जना पक्राउ
२९ मिनेट अघि
•
१ मिनेट पाठ
लागूऔषधसहित चार जना पक्राउ
झापा। झापामा लागूऔषध ब्राउन सुगरको कारोबारमा संलग्न रहेको आरोपमा दुई युवतीसहित चार जना पक्राउ परेका छन्।
मेचीनगर–६ काँकडभिट्टास्थित एक होटलबाट तीन जना र बिर्तामोड–५ जिराइत टोलबाट शनिबार साँझ एक महिला पक्राउ परेकी हुन्। सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले काँकडभिट्टाको होटलमा छापा मार्दा तीन ग्राम ७२० मिलिग्राम ब्राउन सुगर बरामद भएको थियो।




त्यस्तै, बिर्तामोडमा पक्राउ परेकी पार्वता राजवंशीको साथबाट १८ ग्राम ४८० मिलिग्राम ब्राउन सुगर बरामद भएको थियो। उनको कोठाबाट डिजिटल तराजु, छुरी, कैँची र नगद १३ लाख ३९ हजार  रुपैयाँ पनि बरामद भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीका अनुसार पक्राउ पर्नेमा मेचीनगर–२ का २३ वर्षीय सचिन राई, दमक–७ की ३० वर्षीया मिना राई, सोही ठाउँकी २६ वर्षीया प्रतिमा राई र मेचीनगर–१५ की ३६ वर्षीया पार्वता राजवंशी रहेका छन्। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
-रासस
मुगुको रारा ताल पुग्यो  दशौं राष्ट्रिय खेलकुदको ट्रफी
खेल
Clock २ मिनेट अघि | १ मिनेट पाठ
मुगुको रारा ताल पुग्यो दशौं राष्ट्रिय खेलकुदको ट्रफी
कर्णालीको पर्यटन प्रवर्धन र राष्ट्रिय खेलकुदको प्रचारप्रसारलाई एकैसाथ अघि बढाउने उद्देश्यले सुरु गरिएको टर्च तथा ट्रफी टुरले रारासम्मको यात्रा तय गरेक...
Whatsapp
लागूऔषधसहित चार जना पक्राउ
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित चार जना पक्राउ
झापामा लागूऔषध ब्राउन सुगरको कारोबारमा संलग्न रहेको आरोपमा दुई युवतीसहित चार जना पक्राउ परेका छन्।
Whatsapp
'प्रहरी निरीक्षक हुँ' भन्दै दुई लाख रुपैयाँ माग्ने पाँच जना पक्राउ
अपराध
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
'प्रहरी निरीक्षक हुँ' भन्दै दुई लाख रुपैयाँ माग्ने पाँच जना पक्राउ
प्रहरी निरीक्षक भएको भन्दै मुद्दा नचलाइदिने बहानामा दुई लाख रुपैयाँ माग गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्।
Whatsapp
चार महिनामा २० अर्ब ४८ करोडको विद्युत् निर्यात, कात्तिकमा मात्रै ४ अर्ब बढी आम्दानी
अर्थ
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
चार महिनामा २० अर्ब ४८ करोडको विद्युत् निर्यात, कात्तिकमा मात्रै ४ अर्ब बढी आम्दानी
नेपालले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा २० अर्ब ४८ करोड रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गरेको छ।
Whatsapp
दुई हजारले बढ्यो सुन, चाँदी पनि महँगियो
बजार
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
दुई हजारले बढ्यो सुन, चाँदी पनि महँगियो
नेपाली सुनचाँदी बजारमा आइतबार सुन र चाँदी दुबैको मूल्य बढेको छ।
Whatsapp
यस वर्षको भूतपूर्व सैनिक सम्मेलन भोलि कोशी प्रदेशबाट सुरु हुँदै
समाज
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
यस वर्षको भूतपूर्व सैनिक सम्मेलन भोलि कोशी प्रदेशबाट सुरु हुँदै
सैनिक कल्याणकारी कोषको व्यवस्थापनमा यस वर्षको भूतपूर्व सैनिक सम्मेलन भोलि कोशी प्रदेशबाट सुरु हुँदैछ।  
Whatsapp
अमेरिकाको क्यालिफोर्नियामा ५.० म्याग्निच्युडको भूकम्प, विमानस्थलमा अवतरण हुन लागेका विमान फर्काइए
अन्तर्राष्ट्रिय
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकाको क्यालिफोर्नियामा ५.० म्याग्निच्युडको भूकम्प, विमानस्थलमा अवतरण हुन लागेका विमान फर्काइए
अमेरिकाको क्यालिफोर्नियामा शनिबार बिहान ५.० म्याग्निच्युडको भूकम्प गएको छ।
Whatsapp
इरानमा ‘कमसल’ मदिरा सेवनबाट ३२ जनाको मृ’त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इरानमा ‘कमसल’ मदिरा सेवनबाट ३२ जनाको मृ’त्यु
इरानका विभिन्न प्रदेशमा अक्टोबर ३१ देखि ‘गुणस्तरहीन’ पेय पदार्थ सेवन गरेपछि कम्तीमा ३२ जनाको मृत्यु भएको छ।
Whatsapp
राष्ट्रिय युवा परिषद्का १७ सदस्यले लिए शपथ
समाज
Clock १ घण्टा अघि | ० मिनेट पाठ
राष्ट्रिय युवा परिषद्का १७ सदस्यले लिए शपथ
युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको राष्ट्रिय युवा परिषद्मा नियुक्त भएका १७ जना सदस्यले शपथ ग्रहण गरेका छन्।
Whatsapp
नवजात शिशुको मृ*त्युदर घटाउन रोग पहिचान प्रणाली विस्तार अपरिहार्य
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
नवजात शिशुको मृ*त्युदर घटाउन रोग पहिचान प्रणाली विस्तार अपरिहार्य
जन्मँदा स्वस्थ देखिने सबै शिशु रोगमुक्त हुन्छन् भन्ने हुँदैन। कतिपय नवजात शिशुमा जन्मजात तथा वंशाणुगत रोगका लक्षण जन्मेको केही दिनपछि मात्र देखिन थाल्...
Whatsapp
राप्तीमा धान खरिद सुरु
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राप्तीमा धान खरिद सुरु
जिल्लाको देउखुरीस्थित राप्ती गाउँपालिकामा शनिबारदेखि सरकारी समर्थन मूल्यमा धान खरिद कार्य सुरु गरेको छ। 
Whatsapp
सूक्ष्म संवेदनाहरूको जीवन्त दस्तावेज ‘इन्द्रेणी सौन्दर्य’
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सूक्ष्म संवेदनाहरूको जीवन्त दस्तावेज ‘इन्द्रेणी सौन्दर्य’
निबन्धकार ज्ञानेन्द्र विवशको ‘इन्द्रेणी सौन्दर्य’ निबन्धहरूको संग्रह हो। यसमा पाठकले सहजै अनुभूतिहरूको यथार्थ र सौन्दर्यको सङ्गम भेट्छन्।&...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस