‘क्वार्ज क्रिष्टल’ ले गोरखाको पर्यटन प्रवर्द्धनमा इँट्टा थपेको छ : दाहाल
२३ चैत्र २०८०
•
२ मिनेट पाठ
‘क्वार्ज क्रिष्टल’ ले गोरखाको पर्यटन प्रवर्द्धनमा इँट्टा थपेको छ :  दाहाल
फाइल तस्बिर
प्रधानमन्त्री पुष्पकमल दाहालले बहुमूल्य धातु ‘क्वार्ज क्रिस्टल’ ले गोरखाको पर्यटन प्रवर्द्धनमा नयाँ इँट्टा थपेको बताएका छन्।

गोरखा नगरपालिकाले आज गोरखा दरबारपरिसरमा आयोजना गरेको क्वार्ज क्रिस्टल प्रतिस्थापन कार्यक्रममा उनले ऐतिहासिक र पुरातात्विक महत्व बोकेको जिल्लामा बहुमूल्य धातु क्वार्ज क्रिस्टलको प्रतिस्थापन हुनुले यहाँको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए।

‘क्वार्ज क्रिस्टल प्रतिस्थापनले यस क्षेत्रको महत्व र भूमिकालाई व्यापक रुपमा स्थापित गर्छ भन्ने मेरो विश्वास छ’, दाहालले भने, ‘यसले गोरखाको पर्यटन विकासमा पनि थप गुणात्मक भूमिका खेल्ने छ।’ उनले क्वार्ज क्रिस्टलको सुरक्षा व्यवस्था गम्भीरतापूर्वक मिलाउन र ऐतिहासिक स्थललाई थप व्यवस्थित बनाउन सम्बन्धित सबैलाई निर्देशन दिए।

तत्कालीन राजा पृथ्वीनारायण शाहको गद्दी कक्षमा उक्त क्वार्ज क्रिस्टल प्रतिस्थापन गर्नुअघि दरबार परिसरमा उक्त क्वार्ज क्रिस्टलमा शिला पूजासमेत गरिएको थियो।

‘ऐतिहासिक तथा पुरातात्विक महत्वको गोरखा दरबारमा बहुमूल्य धातुको प्रतिस्थापन गर्दै गर्दा म गणतन्त्र नेपालको घोषणासँगै पहिलोपटक दरबार परिसरमा आएर यहाँको अवलोकन गर्ने मौका पाएको छु’, प्रधानमन्त्री दाहालले भने, ‘योसँगै अर्को ऐेतिहासिक कामको थालनी भएको छ। बहुमूल्य धातु क्वार्ज क्रिष्टल प्रतिस्थापन गर्ने अवसर पाएकामा खुसी छु।’ उनले गोरखाको ऐतिहासिकतालाई संवर्द्धन गर्न आफ्नो ठाउँबाट भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे।  

‘गोरखा जिल्लाका नागरिकले केही ऐतिहासिक विकास कार्य शुभारम्भ होस् भन्ने चाहेका छन्। बूढीगण्डकी जलविद्युत् आयोजना, गोरखाकाली रबर उद्योग, प्राद्यौगिक पार्क निर्माणलगायत क्षेत्रमा काम गर्नुपर्ने छ’, प्रधानमन्त्री दाहालले भने, ‘साथै पूर्वाधार विकास, सडक तथा पुल निर्माण गर्नुपर्ने विषयलाई मैले प्राथमिकतामा राखेको छु।’

चालु आर्थिक वर्षको नीति कार्यक्रम र बजेटमा यस क्षेत्रका केही विषय समेट्न सहज नभए पनि आगामी आवको नेतृत्व आफैंले गरिरहेकाले आगामी आव नयाँ, विकाससँग सम्बन्धित र जनतालाई उत्साहित पार्ने किसिमक बजेट आउने उनले बताए। –रासस
अर्को समाचार
गोरखामा ३० प्रतिशत मत खस्यो
२१ फागुन २०८२
•
१ मिनेट पाठ
गोरखामा ३० प्रतिशत मत खस्यो
गण्डकी प्रदेशको गोरखा जिल्लामा हालसम्म २८ प्रतिशत मत खसेको छ। विहान ७ बजेदेखि शुरु भएको सो जिल्लामा दिउँसो साढे २ बजेसम्म ३० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ।

गोरखामा हालसम्म ३४ हजार १ सय ४९ जनाले मतदान गरिसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालय गोरखाका कर्मचारी टेक रानाले जानकारी दिए। उनका अनुसार दिउँसो साढे २ बजेसम्ममा महिला १६ हजार ६ सय २३ र पुरुष १६ हजार ५ सय ४५ मत खसेको छ।

मतदान शान्तिपूर्ण रुपमा भइरहेको गोरखाका निर्वाचन अधिकारी टेकबहादुर कोइरालाले जानकारी दिए। मतदान शान्तिपूर्ण छ,उनले भने,‘अवाञ्छित क्रियाकलाप कहीँ छैन।’

दुई निर्वाचन क्षेत्र रहेको गोरखामा क्षेत्र नम्बर १ मा १ लाख २० हजार ५ सय २५ जना मतदाता रहेका छन् भने २ मा १ लाख ८ हजार ५ सय ३३ मतदाता छन्। गोरखा १ मा एक स्वतन्त्रसहित १२ जना र गोरखा २ मा एक स्वतन्त्रसहित १३ जना उम्मेदवार रहेका छन।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस