ट्र्याक खुलेको २० वर्षपछि बागलुङ-भकुण्डे सडक कालोपत्रे
२६ चैत्र २०८०
•
३ मिनेट पाठ
ट्र्याक खुलेको २० वर्षपछि बागलुङ-भकुण्डे सडक कालोपत्रे
फाइल।
विसं २०६० मा ट्र्याक खोलिएको बागलुङको गलुवा–भकुण्डे सडक अब भने कालोपत्र हुने भएको छ। जनश्रमदान र चन्दा उठाएर खनेको सडक २० वर्षपछि कालोपत्र हुने भएको हो।  




पर्यटकीय गाउँका रुपमा रहेको भकुण्डे पुग्ने सडक स्तरोन्नति नहुँदा पर्यटकलाई समेत त्यहाँ पुर्‍याउन सास्ती हुँदै आएको थियो। बागलुङ नगरपालिका र सङ्घीय सरकारको समपुरक बजेटमा सडक कालोपत्र गर्न थालिएको हो। गलुवा–काउले–देउराली सडक अन्तर्गतको छ किमि सडकमध्ये पहिलो चरणमा तीन किलोमिटर सडक कालोपत्र गर्न थालिएको हो।

बागलुङ नगरपालिकाको पाँच करोड र सङ्घीय सरकारको पाँच करोड गरी १० करोड लागतको सडक ठेक्का सम्झौता गरेर कालोपत्रका लागि आवश्यक पूर्वाधार निर्माण भइसकेको छ। भकुण्डे जिल्लाकै पहिलो घरबास सञ्चालन गरिएको गाउँमा पर्दछ।

‘बीस वर्षअघि स्थानीयले चन्दा उठाएर सडक खनेका हौँ, पहिला तित्याङबाट सडक खनिएको थियो, छोटो सडकका लागि गलुवाबाट भकुण्डेका लागि खोलिएको ट्र्याक २० वर्षपछि कालोपत्र हुन थालेको छ’,स्थानीयवासी नरबहादुर थापाले भने ‘जनताले श्रमदान र चन्दा दिएर खनेको सडकमा बागलुङ नगरपालिका र सङ्घीय सरकारको समपुरक बजेटले थोरै भए पनि कालोपत्र गर्न थालिएको छ, हामी स्थानीयवासी अहिले खुसी छौँ।’

बागलुङ नगरपालिका–१० भकुण्डेका वडाअध्यक्ष तिलबहादुर थापाले भकुण्डे पुग्ने ६ किमि सडक कालोपत्रको योजना रहेकोमा पहिलो चरणमा तीन किमि सडक कालोपत्रका लागि पूर्वाधार निर्माण गरिसकेको जानकारी दिए।

उनले समयमै काम सक्न बजेट अभाव भएको बताउँदै जतिसक्दो छिट्टै कालोपत्र गर्ने तयारीमा पूर्वाधार निर्माणको काम सकिएको बताए। हाल सडक चौडा बनाउने, नाली निर्माण गर्ने, कल्भर्ट निर्माण, पक्की पर्खाल लगाउने, ग्याबिन जाली लगाउने र घुम्ती तथा भिरालो सडक ढलान गर्ने काम सकिएको थापाको भनाई छ।

१० करोडको लागत अनुमान गरिएको सडक सात करोड २९ लाखमा केबी पूर्णचण्डी ताण्डवेश्वर जेबीसँग दुई वर्षमा काम सक्ने गरी २०८० जेठ १९ गते सम्झौता भएको थियो। सडक कालोपत्रका लागि आवश्यक पूर्वाधारको काम अन्तिम चरणमा पुगिसकेको बागलुङ नगरपालिकाका इञ्जिनियर सोविन घर्तीले जानकारी दिए।

सम्झौता भएको नौ महिनामै सडकको पूर्वाधार निर्माण अन्तिम चरणमा पुगे पनि सङ्घ सरकारबाट चालु आर्थिक वर्षमा थप बजेट नआउदा कालोपत्रमा केही ढिलाइ हुने बताए। विसं २०८२ जेठ १९ गते सक्नुपर्ने कालोपत्रको काम त्यस अगावै सक्ने तयारीमा निर्माण व्यवसायी रहेपनि बजेट अभावले आगामी आर्थिक वर्षसम्म कालोपत्रको काम सकिएर नगरपालिकालाई उक्त सडक हस्तान्तरण भइसक्ने छ।

‘कामको गति निकै तीव्र थियो, १० महिनामा सडक कालोपत्रका लागि आवश्यक पूर्वाधार, सडकको मापदण्ड अनुसार कटिङ, ग्याबिन, मेसिनरी पर्खाल, नाली तथा घुम्ती सडक ढलान भइसकेको छ’, इञ्जिनिएर घर्तीले भने, ’बहुवर्षीय ठेक्का भएका कारण आगमी वर्षसम्म ठेक्का धकेलिएको हो, उक्त सडक कालोपत्र सकिएलगत्तै थप तीन किमिका लागि ठेक्का खोल्ने नगरपालिकाको योजना छ।’

यस्तै, नगरपालिकाको ठूलो लगानीमा पञ्चकोट पुग्ने सडक समेत कालोपत्र गर्न ठेक्कामा गएको इञ्जिनियर घर्तीको भनाइ छ। पञ्चकोटबाबा परिक्रमा सडक ६ नम्बर वडा कार्यालयदेखि पञ्चकोट पुग्ने सडक कालोपत्र गर्न सङ्घीय सरकार र बागलुङ नगरपालिकाको समपूरक योजनामा सडक कालोपत्रका लागि १० करोड लागत मूल्याङ्कन गरेर स्वीकृतिका लागि पठाइएको उनले बताए।
अर्को समाचार
धनगढी-दिपायल द्रुतमार्ग धमाधम कालोपत्र हुँदै
२२ चैत्र २०८०
•
१ मिनेट पाठ
धनगढी-दिपायल द्रुतमार्ग धमाधम कालोपत्र हुँदै
धनगढी–खुटिया–बिपीनगर–दिपायल द्रुतमार्ग कालोपत्र गर्न थालिएको छ। सो सडकअन्तर्गत धनगढी–स्याउलेखण्डमा कालोपत्र गर्न थालिएको हो।




सडक निर्माणका लागि चालु आर्थिक वर्षमा सङ्घीय सरकारले २५ करोड बजेट विनियोजन गरेपछि कालोपत्रको काम पनि प्रारम्भ गरिएको सडक आयोजना कार्यालयका इन्जिनियर दिनेश रैखोलाले बताए। उक्त सडकखण्ड एक महिनाभित्रै कालोपत्र सम्पन्न हुने गरी धमाधम काम भइरहेको उनले जानकारी दिए।

धनगढी–स्याउले सडकखण्डको १३ दशमलव ४ र दिपायलको तिखा–मेल्लेख सडक खण्डको १५ किलोमिटर सडक कालोपत्रका लागि २०७८ साल वैशाखमा सम्झौता भएको थियो। हाल डोटीको दिपायल तिखा–मेल्लेख सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र भइरहेको छ।

आयोजनाअन्तर्गत कैलालीमा ८० प्रतिशत र डोटीमा  ६५ प्रतिशत कालोपत्रको काम पूरा भएको छ। धनगढी–स्याउले सडक खण्डमा खड्का–कृष्ण–नारायण–बगलामुखी जेभीसँग २०७८ मा पिपलचौतारादेखि स्याउले महेन्द्र राजमार्गभन्दा तीन किलोमिटर अगाडि १३ दशमलव ४ किलोमिटरमा कालोपत्र गर्न भ्याटबाहेक १६ करोड ४० लाख रूपैयाँमा सम्झौता भएको इन्जिनियर रैखोलाले जाचनकारी दिए।

-रासस
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock २ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस