जंगली हात्तीको आक्रमणमा परेर मंगलबार टीकापुरमा एक महिलाको ज्यान गएको छ। इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार ज्यान जानेमा टीकापुर नगरपालिका वडा नं.१ की जसुदा बटाला रहेकी छन्।
उनलाई जंगली हात्तीको बथानले टीकापुर नगरपालिका वडा नं.२ स्थित भुराखानी सामुदायिक वन भित्र आक्रमण गरेको डिएसपी विश्वराज अधिकारीले जानकारी दिए। मृतक बटाला स्थानीय महिलासँगै भुराखानी सामुदायिक वन क्षेत्रमा घाँस काट्न गएकी बताईएको छ।
प्रहरी घटनास्थलमा पुगेको र घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । यस क्षेत्रमा बेलाबेलामा बर्दिया राष्ट्रिय निकुञ्जबाट आउने जंगली जनावरको आक्रमणमा परेर सर्वसाधारणले ज्यान गुमाउने गरेका छन्।