सशस्त्र प्रहरीको गोदामको आगो निभाउन ४५ मिनेटपछि दमकल !
२७ चैत्र २०८०
•
५ मिनेट पाठ
सशस्त्र प्रहरीको गोदामको आगो निभाउन ४५ मिनेटपछि दमकल !
आगलागीको सिजन सुरु भएको छ। देशभर दैनिक सैयौंको सङ्ख्यामा आगलागीका घटना भइरहेका छन्। त्यसै पनि चैत आगलागीका लागि सबैभन्दा जोखिम महिना मानिन्छ।




यसैबिच सोमबार साँझ करिब पाँच बजे सशस्त्र प्रहरी बल (एपीएफ) को सतुंगलस्थित स्टोरमा ठुलो आगलागी भयो।

यो कुनै सर्वसाधारणको निजी निवास वा सङ्घसंस्थामा भएको आगलागी थिएन। वा कुनै दूर दराजको गाउँमा लागेको आगलागी थिएन। यो त देशकै एउटा ठुलो फौजी सङ्गठन सशस्त्रको स्टोरमा सल्केको आगो थियो।

तर यो आगो निभाउन संघीय राजधानीका सबै संयन्त्र प्रयोग गर्दा पनि कम्तीमा ४ घण्टा लाग्यो। बाहिरी मुस्लो निभाउन मात्र यति समय लागेको हो। गोदाम भित्रको आगो त ९ घण्टा पछि मात्र नियन्त्रणमा आएको थियो।

यो संघीय राजधानीमा भएको एउटा प्रतिनिधि घटना मात्र हो। अझ दूर दराजका सर्वसाधारणको घर वा भौतिक पूर्वाधारमा लागेको आगो कसरी नियन्त्रणमा आउँछ होला ? यस घटनाले गम्भीर प्रश्न छोडेको छ। 

आगलागी सुरु भएदेखि करिब ४५ मिनेटसम्म बिना रोकटोक आगो दन्किरहेको थियो। यति बेलासम्म त्यो आगो नियन्त्रणको प्रयास कतैबाट हुनै सकेन। आगोले स्टोर बनाएको पुरै घर जल्यो। आगलागीबाट भएको क्षतिको विवरण भने मंगलबार साँझसम्म पनि आइसकेको छैन।

आगलागी भएको करिब दुईदेखि तीन घण्टाभित्रमा आगो नियन्त्रणमा आएको सशस्त्र प्रहरी बलका प्रवक्ता राजेन्द्र खड्का दाबी गर्छन्। उनी भन्छन्, ‘आगो नियन्त्रण र पुरै निभेको कुरा फरक हो। आगो करिब करिब दुई तिन घण्टापछि हाम्रो नियन्त्रणमा थियो। बेलुका करिब ९ बजेदेखि आगो हाम्रो नियन्त्रणमा नै थियो।’
तर गोदाममा भएका सामग्रीहरू जलेको हुँदा भित्र भने आगो बलिरहेको थियो। त्यसलाई पूर्ण रूपमा निभाउन चैँ हामीलाई समय लागेको नै हो।’

गोदाममा लागेको आगो पूर्ण रूपमा भने बिहान २ बजे निभेको उनले बताए। आगलागी सुरु भएको करिब ३० देखि ४५ मिनेटपछि मात्र दमकल घटनास्थलमा पुगेको थियो। आगलागी सुरु भएपछि काठमाडौँ महानगर चन्द्रागिरि नगरपालिका, गोकर्ण नगरपालिका बाट दमकल पुगेको थियो। सशस्त्रको वाटर क्यानन पनि निर्वाचन आयोगमा रहेको र त्यहाँबाट घटनास्थलसम्म पुग्न समय लागेको थियो।

‘घटनास्थल नजिक कुनै दमकलहरू थिएनन्। काठमाडौँ महानगर महानगर, चन्द्रागिरि नगरपालिका, गोकर्ण नगरपालिकाका दमकलहरू घटनास्थलसम्म पुग्दा ३० देखि ४५ मिनेट लाग्यो। हाम्रो वाटर क्यानन पनि निर्वाचन आयोगमा थियो। त्यहाँबाट घटनास्थलसम्म पुग्दा पनि ३० मिनेट लाग्यो। त्यति ठुलो आगोलाई बाल्टीमा पानी ओसारेर हाल्ने कुरा पनि भएन,’ खड्काले नागरिकन्यूजसँग भने।

उनका तर्क यस्ता छन्, ‘घटनास्थल पुग्ने सडक साँगुरो छ। सोमबार उपत्यकामा घोडेजात्रा चलिरहेको थियो। सडकहरू व्यस्त थिए। दमकलहरू समयमै पुग्न सकेनन्। घोडेजात्राका दिन ठाउँ ठाउँमा जात्राहरू निस्केर सडक जाम हुँदा पनि दमकललाई पुग्न समय लागेको  हो।

खड्का भन्छन्, ‘गोदाम ठुलो थियो। आगो धेरै फैलियो। सोमबार घोडेजात्रा पनि भएकाले सडकमा जाम थियो। बलम्बुसम्म पुग्ने सडक पनि साँघुरो भएकाले दमकललाई त्यहाँ पुग्न समय लाग्यो। त्यसैले पनि दमकल ढिला पुग्यो।’

गोदाम नजिकै प्रहरीको अस्पताल छ। तर अस्पतालमा एम्बुलेन्स र अन्य अपरेसनका गाडीहरू मात्र थिए। सशस्त्रले आफ्नो वाटर क्यानन पनि सहर केन्द्रित गरेर निर्वाचन आयोगमा राखेको थियो।

आगोको मुस्लो बढेका कारण दमकललाई पनि आगो नियन्त्रण गर्न हम्मे हम्मे परेको थियो। सबैबाट दमकलले राम्रोसँग पानी हानेपछि आगो नियन्त्रणमा आएको थियो। आगो नियन्त्रणका लागि ७ वटा दमकल प्रयोग भएका थिए।

आगो नियन्त्रणकै लागि ९ वटा ट्याङ्करहरूले पानी लगातार ल्याइरहेका थिए। मातातिर्थबाट र सशस्त्र प्रहरी बलकै कार्यालयमा पनि रिजर्भ राखिएको पानी प्रयोग गरिएको खड्काले बताए। उनले भने, ‘आगो नियन्त्रणका लागि पानी चाहियो। उपत्यकामा पानीको अभावै छ। तर हाम्रो कार्यालयमा रिजर्भ पानी थियो। त्योसँगै मातातिर्थबाट पानी ल्याएका थियौँ। कतिपय पानी कम्पनीहरूले ल्याइदिनुभयो। तरपनि समयमै नियन्त्रण गर्न सकेनौ।’
घटनास्थलमा दमकल भने पुग्नुपर्ने समय भन्दा ढिला पुगेको खड्का स्वीकार गर्छन्। समयमै दमकल पुगेको भए अझै चाँडो आगो नियन्त्रणमा आउने रहेको उनको भनाइ छ। तर दमकल पुगेपछि भने संयमतापूर्वक काम गर्दा आगो नियन्त्रणमा आएको र अन्य घरहरू भने जल्नबाट बचेको उनले बताए। 

गोदाम भएको घर पुरै जल्यो भने घर भन्दा अगाडि पनि रहेको सानो गोदामको सामानहरू निकालेको खड्काले जानकारी दिए। आगो नफैलँदै नियन्त्रणमा लिन सकेको भए ठुलो गोदामको पनि सामान जोगाउन सकिने सम्भावना भएको उनको भनाइ छ। तर ती सामग्री जोगिएनन्।

ठुलो आगो नियन्त्रणमा आएपनि भित्र बलिरहेको आगो निभाउन कठिनाइ भएको उनले बताए। जलेका सामानहरूलाई एक्स्काभेटर खोतल्दै आगो निभाइएको थियो।

‘दुई ओटा एक्स्काभेटर खोतल्दै आगो निभाइएको थियो। तर एक्स्काभेटर पनि आगोले तातेर निरन्तर चलाउन नसक्ने भएपछि पूर्ण रूपमा आगो निभाउन कठिन भएको हो। निरन्तर एक्स्काभेटर चल्न पाएनन्। पानी हालेको हिलो र तातोले एक्स्काभेटर चलाउन गाह्रो भयो त्यसैले पूर्ण रूपमा आगो निभाउन समय लाग्यो,’ उनले भने।

सतुंगलमा रहेको गोदाम सशस्त्रको अस्थायी गोदाम हो। बाहिर पठाउनका लागि ल्याइएका सामग्रीहरू उक्त गोदाममा राख्ने गरिन्थ्यो। गोदाममा प्रहरीका बुट, टेन्ट, कपडा लगायतका सामग्रीहरू राखिएका थिए। कागजपत्र भने राखिएको थिएन। 

‘तर विडम्बना ती सामग्री गत मङ्सिरदेखि वितरण नगरेर थन्काइएको थियो। आखिर किन वितरण गरिएनन् ती सामग्री ? सशस्त्र प्रहरी बल स्रोतले नागरिकन्यूजसँग भन्यो। स्रोतका अनुसार यतिसम्म की फौजका महत्त्वपूर्ण सामग्रीहरू राखिएको गोदामको वरपरको दृश्य कैद गर्नका लागि अहिलेसम्म कतै सिसी क्यामेरा समेत जडान नगरेको पाइयो। ‘यस्तो महत्त्वपूर्ण गोदामको सुरक्षामा किन चुक्यो सशस्त्र प्रहरी प्रशासन ?’, स्रोतले भन्यो।
आगलागी भए लगतै घटनास्थलमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललगायत पुगेका थिए। विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक आकलन गरिएको छ।

क्षतिको पूर्ण विवरण भने आएको छैन। घटना छानबिनका लागि सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशिराज दाहालको अध्यक्षतामा ९ सदस्यीय छानबिन समिति गठन गरिएको छ।

यो प्रतिनिधि घटनाले नेपाल प्रकोपप्रति कति तम्तयार छ भन्ने देखाएको छ। 

तस्विर: नेपाल फोटो लाइब्रेरी
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
१ मिनेट अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock २५ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस