२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

भारत जिप दुर्घटना: ७ नेपालीको मृत्यु भएको पुष्टि, बाँकेकाे एउटै गाउँका ५ जना

भारतको नैनीतालमा भएको सवारी दुर्घटनामा सात जना नेपालीकाे मृत्यु भएकाे खुलेकाे छ।

मृत्यु हुनेमा अधिकांश बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर- ८ फत्तेपुर गाउँका स्थानीय रहेकाे बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए।

उनका अनुसार साे गाँउमा पाँच स्थानीयकाे मृत्यु भएकाे छ। दुर्घटनामा ज्यान गुमाउनेमा बैजनाथ-८ का ५० वर्षीय उदयराम चौधरी, ४१ वर्षीय तिलक चौधरी, ५० वर्षीय अन्तराम चौधरी, ६० वर्षीय विनोद चौधरी र ४५ वर्षीय धिरज चौधरी रहेका छन्।

उक्त दुर्घटनामा परी बर्दिया बबई चेपाङ निवासी ६० वर्षीय तोकबहादुर र ऊचाकोट बेतालघाटका ४० वर्षीय रमेश चन्द्रको पनि मृत्यु भएको बताइएको छ। 

दुर्घटनामा मृत्यु हुने र घाइते भएका सबै नेपाली भारतको जल जीवन परियोजनामा काम गर्ने मजदुर भएको बुझिएको छ। उनीहरु कञ्चनपुर महेन्द्रनगरको बाटो हुँदै आफ्नो घर फर्कन लागेका थिए।

प्रकाशित: २७ चैत्र २०८० २१:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App