विसं २०८० : वन मन्त्रालयमा के–के काम भए ?
३० चैत्र २०८०
•
६ मिनेट पाठ
विसं २०८० : वन मन्त्रालयमा के–के काम भए ?
वातावरण संरक्षण तथा उपयोग, जलवायु परिवर्तन, समस्या समाधान र नीतिगत क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गर्न २०८० साल उपलब्धिमूलक नै रह्यो।




खासगरी जलवायु परिवर्तनका असरबाट नेपालले भोग्नुपरेका चुनौतीका विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा ध्यानाकर्षण गराउन नेपाल सरकारले धेरै हदसम्म सफलता हासिल ग¥यो। वन तथा वातावरण मन्त्रालयले जलवायु परिवर्तन, वातावरण संरक्षण, वन स्रोतको दिगो उपयोग, नीतिगतलगायत क्षेत्रमा उल्लेखनीय काम गरेको जनाएको छ।

पछिल्लो समय देशभर ठूलो चुनौतीका रुपमा देखिएको मानव वन्यजन्तु द्वन्द्वलाई व्यवस्थापन गर्न मन्त्रालयले सोसम्बन्धी निर्देशिका स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ। वन्यजन्तु द्वन्द्व व्यवस्थापन तथा वन्यजन्तु पीडितलाई सर्वसुलभ तरिकाले राहत वितरण गर्ने गरी ‘वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका, २०८०’ स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको छ।

कृषि बालीको हानि–नोक्सानी गर्ने बँदेललाई कृषि हानिकारक प्रजाति घोषणा गरिएको मन्त्रालयका प्रवक्ता बद्रीराज ढुङ्गानाले जानकारी दिए। उनका अनुसार वन्यजन्तु अपराध नियन्त्रण र कानुन कार्यान्वयनलाई प्रभावकारी बनाउन तीन तहका सरकारबीच समन्वय र सहकार्य गर्ने उद्देश्यले वन्यजन्तु अपराध नियन्त्रण आदेश, २०८० स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको छ।

वन्यजन्तुको व्यावसायिक पालन प्रजनन तथा उपयोगसम्बन्धी मापदण्ड, २०८० स्वीकृत भएको मन्त्रालयका प्रवक्ता ढुङ्गानाले बताए। यसमा भएका व्यवस्थाअनुसार वन्यजन्तु (खरायो, रतुवा, चित्तल, लगुना, नीलगाई, दुम्सी, बँदेल, सर्प, मगर गोही, कछुवा, भ्यागुता पाहा, मयुर, कालिज, लुइचे, बट्टाई, च्याखुरा, तित्रा, पिउरा, ढुकुर, मैना, सुगा) को व्यावसायिक पालन, प्रजनन, दिगो संरक्षण तथा उपयोगबाट आर्थिक समृद्धि हासिलमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

यसैगरी वन्यजन्तु बासस्थान व्यवस्थापन कार्यविधि, २०८० हालै स्वीकृत भएदेखि निकुन्ज, आरक्ष, संरक्षण क्षेत्रमा वन्यजन्तुको बासस्थान व्यवस्थापनको लागि घाँसे मैदान तथा सिमसार क्षेत्रको व्यवस्थापनमा सहयोग पुग्ने प्रवक्ता ढुङ्गानाले जानकारी दिए। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागअन्तर्गत अग्रपङ्क्तिमा रहेर वन्यजन्तु संरक्षणमा दिनरात खटिने एक हजार एक सय ६४ कर्मचारीको दुर्घटना बीमाको व्यवस्था गरी कार्यक्षेत्र (फिल्ड) का कर्मचारीको मनोबल उच्च राखिएको छ।

वन (प्रथम संशोधन) नियमावली, २०८० जारी गरिएको र यसबाट खानी तथा खनिज पदार्थसम्बन्धी प्रचलित नियम र वन नियमावली, २०७९ मा बाझिएका विषयको हकमा खानी तथा खनिज पदार्थसम्बन्धी प्रचलित ऐन तथा नियमबमोजिम हुनेगरी संशोधन गरिएको छ। परिणामस्वरुप खानीजन्य पदार्थको उपभोगमा सहजता भएको मन्त्रालयको दाबी छ।

यस अवधिमा मन्त्रालयले वन ऐन, २०७६ को दफा ७७ अनुसार नयाँ सूचना जारी गरिएको मन्त्रालयका प्रवक्ता ढुङ्गानाले बताए। फलस्वरुप पुरानो सूचनाअनुसार प्रतिबन्ध लागेको झ्याउ प्रजातिको प्रतिबन्ध फुकुवा भई सङ्कलन तथा ओसारपसार खुला भएको छ। साथै निजी वनमा रहेको साल प्रजातिको व्यावसायिक प्रयोजनको लागि कटान तथा ओसारपसार खुला भएको छ।

अन्तर्राष्ट्रिय बजारमा खपत हुने जटामसीको सङ्कलन तथा व्यवस्थापनमा अवलम्बन गरिँदै आएको केन्द्रीकृत व्यवस्थापन पद्धतिलाई सुधार गरी स्थानीय जनताले सहजै सङ्कलन अनुमति लिन सक्नेगरी आवश्यक व्यवस्था गरिएको छ।

मन्त्रालयका प्रवक्ता ढुङ्गानाका अनुसार सङ्घीय पुनसंरचनापश्चात् फाजिलमा रही हालसम्म प्रदेशहरुमा कार्यरत रहेका वन सेवाका कर्मचारीहरू (राजपत्र अनंकित द्वितीय श्रेणी (प्रा) फरेस्टरहरु ३८२ जना) को सम्बन्धित प्रदेशमा समायोजन गरिएको छ।

विकास र वातावरणबीच समन्वय गर्ने सरकारको ध्येयअनुसार ५० वटा वातावरणीय प्रभाव अध्ययन (ईआईए) र २१ वटा प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) गरी ७१ वटा विकास आयोजनालाई सहमति प्रदान गरिएको प्रवक्ता ढुङ्गानाले जानकारी दिए। उनका अनुसार विभिन्न विकास आयोजनाका लागि यस अवधिमा ३२५ हेक्टर बढी राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न र ३२ हजार ६३८ वटा रुख हटाउन सहमति दिई राष्ट्रिय प्राथमिकताका आयोजना कार्यान्वयनमा सहजीकरण गरिएको छ।

जनतामा पर्न गएको जलवायु परिवर्तनको असर कम गर्न एकीकृत जलाधार संरक्षण एवं व्यवस्थापनको अवधारणाअनुसार मन्त्रालयअन्तर्गतका निकायहरुबाट मात्र ७६ स्थानमा खोला किनार संरक्षण, ६२८ वटा पानीका मुहान संरक्षण, २८९ पहिरो नियन्त्रण र २३.३ हेक्टर क्षेत्रफलमा तारवार र ४४३ हेक्टर क्षेत्रफलमा बहुउपयोगी प्रजातिका बिरुवा वृक्षरोपण गरिएका छन्।

विभिन्न प्रजातिका सात लाख ३६ हजार जडीबुटी बिरुवा तथा करिब एक करोड ६८ लाख विभिन्न वनजन्य प्रजातिका बिरुवा नर्सरीमा उत्पादन गरी निजी क्षेत्रमा वृक्षरोपण गर्न निःशुल्क वितरण गरिएको मन्त्रालयले जनाएको छ। पन्ध्रौं योजनाको अन्त्यसम्म तीन करोड घन फिट काठ उत्पादन लक्ष्य राखिएकामा चौथो वर्षमा तीन करोड ३३ लाख घन फिट काठ र एक हजार १३९ चट्टा दाउरा उत्पादन भएको छ। यस अवधिमा वन क्षेत्रबाट चार अर्ब ६२ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ।

स्थानीय वनस्पति प्रजाति एक हजार १२३ सङ्कलन गरी वनस्पति उद्यानहरुमा संरक्षण गरिएको, एक लाख ६१ हजार हर्बेरियम नमुनाको डिजिटाइजेसन गर्ने कार्य सम्पन्न गरी अनलाइन प्रणालीमा समेत अभिलेखीकरण गरिएको मन्त्रालयका प्रवक्ता ढुङ्गानाले बताए।

वनको कार्बन व्यापारका सन्दर्भमा नेपालको तर्फबाट तराईका १३ जिल्लाको वन क्षेत्रको कार्बन मापन गरी तयार गरिएको ‘मेजरमेन्ट, रिपोर्टिङ र भेरिफिकेसन रिपोर्ट’ भुक्तानीका लागि विश्व बैंकसमक्ष पेस गरिएको छ। नवप्रवद्र्धनात्मक कार्यअन्तर्गत कोसी टप्पु वन्यजन्तु आरक्षमा दुईवटा गैँडा स्थानान्तरण गरी अध्ययन–अनुसन्धान भइरहेको छ। साथै चितवन राष्ट्रिय निकुञ्ज भित्रै ६ गैँडाको आन्तरिक स्थानान्तरण गरिएको छ।

त्यस्तै ड्रोन प्रविधिको प्रयोग गरी भौगोलिक रूपले विकट र सुक्खा क्षेत्रमा पर्यावरणीय पुनरुत्थानको लागि विभिन्न प्रजातिको बीउ छरी हरियाली प्रवद्र्धन गर्ने कार्य सुरु गरिएको छ। संरक्षित क्षेत्रलाई आर्थिक समृद्धिसँग जोडन २० वटै संरक्षित क्षेत्रहरुलाई आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न प्रचारप्रसार, समन्वय तथा बजेट विनियोजन र कार्यक्रम सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ।

यसै अवधिमा संयुक्त अरब इमिरेट्सको दुबईमा सम्पन्न संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप– २८) मा नेपालले उच्चस्तरीय सहभागिता जनाई विश्वसमुदाय समक्ष नेपालमा जलवायु परिवर्तनले पारेका असर र भोग्नुपरेका समस्याका सम्बन्धमा ध्यानाकर्षण गर्न र सन्देश प्रवाह गर्न सफल भएको छ। साथै मन्त्रालयले राष्ट्रिय अनुकूलन योजना (२०२१–२०५०) र जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकूलन राष्ट्रिय कार्यान्वयन कार्ययोजना (२०८०–२०८७) स्वीकृत गरेको छ।

सो अवसरमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कोप– २८ को उद्घाटन सत्र तथा नेपालले आयोजना गरेको गोलमेच बैठकमा नेपाल र नेपाली जनताले भोगेका जलवायु परिवर्तनका असर र प्रभावका बारेमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएको थियो। यसबाट नेपाललगायत पर्वतीय देशहरुको सशक्त पहलमा जलवायु परिवर्तनको प्रभावका बारेमा हिमाल र जलवायु परिवर्तन विषयका विज्ञ समूहबीच सम्वाद आयोजना गर्न कोप– २८ बाट निर्णय भएको थियो। –रासस
अर्को समाचार
‘जलवायु परिवर्तनले मानव जीवनशैली नै परिवर्तन’
१४ पौष २०८१
•
३ मिनेट पाठ
‘जलवायु परिवर्तनले मानव जीवनशैली नै परिवर्तन’
पोखराको मासबारस्थित मदरल्याण्ड माविमा आइतबार जलवायु परिवर्तनले ल्याएको असरबारे चित्र कोर्दै विद्यार्थी। तस्बिरः नागरिक
पछिल्लो समय जलवायु परिवर्तनको असरबारे सर्वत्र चर्चा छ। हिमालमा हिउँ नदेखिँदा त झनै यसको असरबारे बहस नै चल्ने गरेको छ। पोखराबाट हेर्दा सेतै देखिने माछापुच्छ्रे हिमालको अहिले कालो पत्थर मात्र देखिएको र त्यसो हुनुमा जलवायु परिवर्तन मुख्य कारक भनेर बहस पनि भईरहेको छ।  




जलवायु परिवर्तन र त्यसले पारेको असरबारे जानकारी दिलाउन र विद्यार्थीमार्फत सचेतना फैलाउनका लागि यहाँस्थित मदरल्याण्ड माविमा आइतबार जलवायु परिवर्तनसँग सम्बन्धित रहेर बहसमुलक र चित्रकलाका गतिविधि गरिएको छ। जलवायुको क्षेत्रमा कार्यरत संस्था जिस्ट इन्टरनेशनल फाउन्डेसन, नेपाल–अमेरिका अलुम्नाई नेटवर्क र विद्यालयको आयोजनामा भएको कार्यक्रममा विभिन्न मुलुकका विद्यार्थीले जलवायु परिवर्तनको असर कस्तो हुन्छ भनेर चित्र, भित्रेपत्रिका, जलवायु ओलम्पियाड र बहसमार्फत प्रस्तुत गरेका थिए।  

विभिन्न मुलुबाट आएका विद्यार्थी र विज्ञ गरि करिब एकसयजना सहभागि उक्त कार्यक्रममा विद्यार्थीले जलवायु परिवर्तनको असरले मानवमा परेको प्रभावलाई फरक तरिकाले प्रस्तुत गरेका थिए। विद्यालयका प्राचार्य डा.नारायण बरालका अनुसार जलवायु परिवर्तन र त्यसले मानव जीवनमा पारेको असरबारे जानकारी दिलाउने उद्देश्यले यो कार्यक्रम गरिएको हो। बरालका अनुसार जलवायु परिवर्तनको असर पछिल्लो समय बढ्दै गएको र त्यसले जनमानसमा असर पारेकोले बेलैमा सचेत बनाउनका लागि कार्यक्रम आयोजना गरिएको हो।  

‘जलवायु परिवर्तनको असर हरेक दिन बढिरहेको छ। मौसममा परिवर्तन आउँदा विभिन्न समस्या थपिन थालेका छन्,’ उनले भने, ‘मौसममा बदलाव आएसँगै मानव जीवनमा पनि असर परेको छ। थाहै नपाउने गरि मानव जीवनमा परिवर्तन आएको छ। यसलाई चिर्न जरुरी छ।’ विद्यार्थीमार्फत जलवायु परिवर्तनको असरलाई कम गर्नका लागि सचेतना फैलाउने प्रयास गरिएको उनले बताए।

प्राचार्य बरालका अनुसार अमेरिका, अस्ट्रेलिया, भारत, बंगलादेश र भीयतनामका विभिन्न विश्वविद्यालयका प्राध्यापक र अनुसन्धाकर्ताहरु सहभागि थिए। त्यसबाहेक विभिन्न मुलुकका स्कुले विद्यार्थी पनि सहभागि थिए । नेपालभित्रैका विभिन्न विद्यालयबाट समेत विद्यार्थीहरु यो कार्यक्रमका सहभागि थिए। ती विद्यार्थीले चित्रकला, भित्तेपत्रिका, जलवायु ओलम्पियाड र जलवायुबारे बहस गर्दै फरक अनुभव साटेका थिए। विभिन्न विधामा भएको प्रतिश्पर्धामा उत्कृष्ट विद्यार्थीलाई उक्त अवसरमा पुरस्कृत पनि गरिएको थियो।  

विद्यालयका प्लस टु इन्चार्ज नारायण आचार्यले विदेशी र स्वदेशी विद्यार्थी र विज्ञविचको अनुभव साटासाटले जलवायु परिवर्तनको असर घटाउन नयाँ तौरतरिका थाहा हुने बताए। ‘विभिन्न मुलुकका विद्यार्थीले जलवायु परिवर्तनको असरलाई फरक फरक शैलीमा बुझेका छन् । सबैतिर एकैखालको प्रभाव नहुन सक्छ। त्यसैले अनुभव साट्ने यो अवसरले विद्यार्थीमा नयाँ ज्ञान हासिल हुनेछ,’ आचार्यले भने, ‘एकअर्का मुलुकमा परेको असरबारे पनि ज्ञान आदानप्रदान हुनेछ।’

कार्यक्रममा जलवायु परिर्वतनको क्षेत्रमा काम गर्न सक्रिय संस्था जिस्ट ग्लोवलका अध्यक्ष डा. सब्यासाची मजुमदारले पछिल्लो समय जलवायु परिवर्तको असर प्रत्यक्ष देख्न सकिने अवस्था रहेको बताए। हिउँ पर्ने हिमाल अहिले कालो देखिने पनि उनले बताए।  

‘हिमालमा हिउ पग्लने गति बढेको छ। हामीले यस्तै सम्मेलनमार्फत बालबालिकालाई जलवायु परिवर्तनको असर कुन तहसम्म परेको छ भनेर बुझाउन जरुरी छ,’ मजुमदारले भने, ‘अहिलेका बालबालिका भविश्यका अभिभावक हुन। उनीहरुलाई जलवायु परिवर्तनले पारेको असर बारे बेलैमा बुझाउन पाएमा भविश्य उज्जवल बन्न सक्छ।’ मजुमदारले जलवायु परिवर्तनको कारण मानवले जीवनशैली नै परिवर्तन गर्न जरुरी पर्ने अवस्था आएको पनि बताए।  
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस