१७ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

छुट्टाछुट्टै ठाउँमा दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। मोरङको उर्लाबारी र सुनसरीको बराह क्षेत्र भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

सोमबार राति कानेपोखरीबाट बिर्तामोडतर्फ जाँदै गरेको मे ७ प ८४८० मोटरसाइकलले मोरङको उर्लाबारी ३ मंगलबारेमा पैदलयात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ। ठक्कर दिएपछि अनियन्त्रित भएको मोटरसाइकल विपरीत दिशाबाट जाँदै गरेको डब्लु ७६ बी ०१११ नम्बरको भारतीय  ट्याङ्करसँग ठोक्किएको बताइएको छ।

त्यस्तै सोही दुर्घटनामा परी मोटरसाइकल चालक ३३ वर्षीय धनबहादुर जोगीको मृत्यु भएको छ भने पैदल यात्री उर्लावारीका ४५ वर्षीय रामकिशोर चौधरी र मोटरसाइकलमा सवार दर्पण जोगी घाइते भएका छन्।

यसैगरी सोमबार चतराबाट पकलीतर्फ जाँदै गरेको प्रदेश १–०२–०४२ प ५०४९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सुनसरीको बराह क्षेत्र ५ जमटोकीस्थित पकली–चतरा सडक खण्डमा विद्युतको पोलमा ठोक्किंदा एक जनाको मृत्यु भएको छ।

दुर्घटनामा मृत्यु हुनेमा भोजपुरको षडानन्द १ नेपालेडाँडा बस्ने २२ वर्षीय सुजन गौतमको मृत्यु भएको छ। उनी मोटरसाइकल चालक हुन् भने मोटरसाइकलमा सवार २३ वर्षीय रुद्र लुइँटेल घाइते भएका प्रहरीले जनाएको छ।

प्रकाशित: ४ वैशाख २०८१ १०:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App