१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

सार्वजनिक सेवा प्रवाह प्रभावकारी बनाउन जनप्रतिनिधि – प्रशासन अन्तर्क्रिया

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले समग्र सार्वजनिक सेवा प्रवाह तथा सुशासन र शान्ति सुरक्षाकेन्द्रित जनप्रतिनिधि–प्रशासन अन्तरक्रिया कार्यक्रम सुरु गरेको छ। ६ वटा विषयलाई केन्द्रित गरी जनप्रतिनिधि–प्रशासन अन्तरक्रिया सुरु भएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराईले जानकारी दिए।

उनका अनुसार अन्तक्र्रियामा शान्तिसुरक्षा तथा स्थानीय तहमा अपराध न्यूनीकरणसम्वन्धी सचेतना तथा अवैध हातहतियार, महिला तथा बालबालिकाविरुद्धको अपराध नियन्त्रण, लागुऔषध दुव्र्यसन तथा अवैध कारोबार नियन्त्रण सम्बन्धमा छलफल हुने छ।

यस्तै नागरिकता, पञ्जीकरण तथा विविध सिफारिस सेवा, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, समग्र सार्वजनिक सेवा प्रवाह तथा सुशासन व्यवस्थापन र स्थानीय विपद् व्यवस्थापन समितिसँग समन्वय तथा उक्त समिति चलायमान बनाउन गरिने गृहकार्यका विषयमा अन्तरक्रिया हुने बताइएको छ।

तालिकाअनुरूप वैशाख ७ मा पाथिभरा याङवरक गाउँपालिकामा जनप्रतिनिधि–प्रशासन अन्तरक्रिया हुने भएको छ। प्रजिअ रवीन्द्रप्रसाद आचार्यले उल्लिखित सबालमा जनप्रतिनिधि–प्रशासनबीचका बुझाइ थप घनिष्ट बनाउँदै सेवा वितरण सहज र पारदर्शी बनाउने अभियानस्वरुप यस्तो अभियान अघि बढाइएको बताए।

प्रजिअ आचार्यले सिरिजंगा गाउँपालिकाबाट जनप्रतिनिधि–प्रशासन अन्तरक्रिया कार्यक्रम सुरु गरेका थिए। उनका अनुसार सिरिजंगा गाउँपालिका अध्यक्ष लालकृष्ण चौहान, प्रमुख प्रशासकीय अधिकृत मधुर नेपालीसहित बिवायगत शाखाका प्रमुख, स्थानीय जनप्रतिनिधि र सेवाप्रदायक निकायसमेतको सहभागितामा तेल्लोकमा जनप्रतिनिधि–प्रशासन अन्तरक्रिया भइसकेको छ।

प्रकाशित: ५ वैशाख २०८१ ११:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App