१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

अवैध रुपमा भारत लैजाँदै गरेको चुरोट बरामद

अवैध रुपमा भारततर्फ लैजाँदै गरेको चुरोट प्रहरीले बरामद गरेको छ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १५ जमुनाहाबाट एक हजार दुई सय ८० प्याकेट खुकुरी चुरोट बरामद गरिएको हो।

उक्त चुरोटको अन्दाजी मुल्य एक लाख ५८ हजार ७ सय २० रुपैयाँ रहेको छ।  

नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरी टोलीले फेला पारी ढुवानीमा संलग्न तीनजनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

बरामद गरिएको चुरोट र नियन्त्रणमा लिइएका व्यक्तिलाई आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीले जनाएको छ।

प्रकाशित: ५ वैशाख २०८१ १३:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App