लेक लागेर तीन वर्षमा २९ तीर्थयात्रीको मृत्यु
०५ वैशाख २०८१
•
२ मिनेट पाठ
लेक लागेर तीन वर्षमा २९ तीर्थयात्रीको मृत्यु
हिमालपारिको जिल्ला मुस्ताङ भ्रमण तथा मुक्तिनाथ दर्शन गर्न आउनेको सङ्ख्या बढेसँगै लेक लागेर मृत्यु हुनेको सङ्ख्या पनि बढ्दै गएको छ।




जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार आर्थिक वर्ष २०७८/७९ देखि २०८०/८१ को चैत मसान्तसम्म लेक लागेर २९ जनाको मृत्यु भएको छ। 

चालु आवको असोजदेखि चैतसम्म मात्रै मुस्ताङ घुम्न आएका ११ जनाले लेक लागेर ज्यान गुमाएका छन्। मृत्यु हुनेमा सातजना भारतीय, तीनजना नेपाली तीर्थयात्री र एक युक्रेनी पर्यटक रहेका जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले जानकारी दिए।

उनका अनुसार आव २०७८/७९ मा पाँच महिला र एक पुरुष गरेर छ जनाको लेक लागेर मृत्यु भएको थियो। उनीहरू सबै भारतीय नागरिक थिए भने उनीहरूको ४५ देखि ७३ वर्षसम्मको उमेर समूहका रहेका प्रहरीले जनाएको छ। उनीहरूलाई मुक्तिनाथ, जोमसोम एयरपोर्ट, जोमसोम र धिमीठाँटी भन्ने स्थानमा लेक लागेको थियो।

आव २०७९/८० मा पनि पाँच महिला र सात पुरुष गरेर १२ जनाको मृत्यु भएको थियो। मृतकमध्ये सात भारतका, एक थाइल्यान्डका र चारजना नेपाली थिए। उनीहरूको उमेर ४२ देखि ७५ वर्षसम्म रहेको प्रहरी नायब उपरीक्षक पाण्डेले बताए। उनीहरूलाई मार्फा, मेसोकान्दो हिमाल, मुक्तिनाथ मन्दिर परिसर, घरपझोङ, एयरपोर्ट, यारालगायत स्थानमा लेक लागेको थियो। 

प्रहरीका अनुसार चालु आवको चैतसम्म लेक लागेरै ११ जनाको मृत्यु भइसकेको छ। असोजमा तीन, फागुनमा दुई र चैतमा छ जनाको मृत्यु भएको प्रनाउ पाण्डेले जानकारी दिए। उनका अनुसार मृतकमध्ये पाँच महिला र छ जना पुरुष रहेका छन्। उनीहरु ३५ देखि ८३ वर्षसम्मको उमेर रहेका छन्। मृतकमध्ये एक युक्रेनी, तीन नेपाली र आठजना भारतीय रहेका छन्। उनीहरूलाई थासाङ, झोङ, लेते, मार्फा, मुक्तिनाथ, जोमसोम, टुकुचेलगायत स्थानमा लेक लागेको जनाइएको छ।

गत चैतमा मात्र छ जना तीर्थयात्रु÷पर्यटकको मुस्ताङमा लेक लागेर ज्यान गएको छ। अभिलेखअनुसार गत वर्ष मुस्ताङ भ्रमण तथा मुक्तिनाथ दर्शन गर्न आएका १२ जनाको लेक लागेर मृत्यु भएको थियो। मुस्ताङ जाने पर्यटकले भोग्ने मुख्य समस्या लेक लाग्नु अर्थात् शरीरमा अक्सिजनको कमी हुनु हो। पछिल्ला तीन वर्षका तथ्याङ्कले मुस्ताङ भ्रमणका लागि मुख्य चुनौती भनेको लेक लाग्नु देखाएको छ।

दुई हजार पाँच सय मिटर वा सोभन्दा माथिको उचाइमा पुग्दा शरीरमा अक्सिजनको मात्रा कम हुने अवस्थालाई लेक लाग्नु भनिन्छ। लेक लाग्दा टाउको दुख्ने, वाकवाक लाग्ने, बान्ता हुने, श्वासप्रश्वासमा गाह्रो हुने, निद्रा नलाग्ने, खाना रुचि नहुने, थकाइ लाग्ने, कमजोरी महसुस हुने,कमजोरी हुनेलगायत सामान्य लक्षण अनुभव हुने चिकित्सकहरू बताउँछन्।

मध्यम अवस्थामा फोक्सोमा पानी जम्न थाल्ने, सास फेर्न गाह्रो हुने, आराम गर्दा पनि स्याँ–स्याँ हुने, खोकी लाग्ने, खकारमा रगत देखिने छाती भारी हुनेलगायत लक्षण देखिन्छन् भने त्यसपछिको अवस्थामा मस्तिष्कमा पानी जम्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, बेहोस हुने, कुराहरू बिर्सिने, पिसाब कम हुनेलगायत लक्षण देखिने गरेका छन्। -रासस
अर्को समाचार
मुक्तिनाथ दर्शनमा हेलिकप्टरको यात्रा
०३ साउन २०८१
•
४ मिनेट पाठ
मुक्तिनाथ दर्शनमा हेलिकप्टरको यात्रा
पाहुना लिएर मंगलबार मुस्ताङको धार्मिक गन्तव्य मुक्तिनाथ पुगेका हेलिकप्टर। जुलाईको अहिलेसम्म मुस्ताङमा हेलिकप्टरका ३६ वटा उडान भएका छन्। ती मध्ये ३३ उडान मुक्तिनाथका लागि भएका थिए। तस्बिर: नागरिक
गत मंगलबार हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथ मन्दिर नजिकैको हेलिप्याडमा छोटो समयको अन्तरालमा ६ वटा हेलिकप्टर अवतरण गरे। रोकिएका हेलिकप्टरबाट धमाधम तीर्थयात्री ओर्लिए। अनि मुक्तिनाथ मन्दिर दर्शन गरेर हेलिकप्टरमा सवार पाहुना केहीबेरपछि फेरि उडेरै फर्किए।




नियमित वर्षाका कारण यतिबेला बेनी–जोमसोम स्थलमार्ग सहज छैन। सडकको ठाउँठाउँमा पहिरो झर्ने गरेको छ। पहिरोले खुल्ने र रोकिने सडकका कारण स्थलमार्गको यात्रा सकसपूर्ण छ। त्यसबाहेक यो बेला पोखरा–जोमसोम हवाई उडान पनि रोकिएका छन्। मौसमी कारण देखाउँदै हवाई कम्पनीले यो बेला पोखरा–जोमसोम उडान रोकेका छन्।

सकसपूर्ण स्थलमार्ग र हवाई उडान नहुँदा यो बेला हिमालपारिको जिल्ला मुस्ताङको यात्रा कठिनपूर्ण छ। तरपनि पर्याप्त रकम खर्चने पाहुनाको हेलिकप्टर सवारले मुक्तिनाथ क्षेत्रमा अझै पाहुनाको चहलपहल छ।

जोमसोम विमानस्थलका अनुसार यो जुलाई महिना (१८ दिन) मा मात्र मुस्ताङमा ३६ वटा हेलिकप्टरका उडान भएका छन्। ती मध्ये २ वटा जोमसोम, एउटा लोमान्थाङ र बाँकी सबै उडान मुक्तिनाथको हेलिप्याडबाट भएका थिए। १८ दिन अवधिमा ३३ वटा उडान मुक्तिनाथका लागि मात्र भएका थिए।

‘यतिबेला नियमित हवाई उडान नभए पनि हेलिकप्टरको आउजाउ भने बाक्लै छ,’ जोमसोम विमानस्थलकी निमित्त प्रमुख बन्दना तिवारीले भनिन, ‘सबैजसो दिन हेलिकप्टर आइरहेका छन्। तीमध्ये अधिकांश उडान मुक्तिनाथ क्षेत्रका लागि भएका छन्।’

जोमसोम र लोमान्थाङबाहेक मुक्तिनाथ पुगेका हेलिकप्टरमा सवार पाहुना धार्मिक तीर्थयात्री हुने उनले बताइन्। एकैदिनमा ६ वटासम्म उडान भएको पनि उनले बताइन्।

जोमसोम विमानस्थलका अनुसार यो जुलाई महिना (१८ दिन) मा मात्र मुस्ताङमा ३६ वटा हेलिकप्टरका उडान भएका छन्। ती मध्ये २ वटा जोमसोम, एउटा लोमान्थाङ र बाँकी सबै उडान मुक्तिनाथको हेलिप्याडबाट भएका थिए। १८ दिन अवधिमा ३३ वटा उडान मुक्तिनाथका लागि मात्र भएका थिए।

‘धार्मिक उद्देश्यले हेलिकप्टर चार्टर गरेर पाहुनाहरु मुस्ताङ आउने गरेका छन्। अधिकांशको गन्तव्य मुक्तिनाथ बनेको छ,’ उनले भनिन, ‘केहीबेर दर्शन गरेर हेलिकप्टरबाटै पाहुना गन्तव्यमा फर्किने गरेका छन्।’

तिवारीका अनुसार अहिले मुस्ताङ आउने हेलिकप्टरमध्ये धेरैजसो काठमाडौंबाटै छन्। एकाध मात्र पोखराबाट पुगेको उनले बताइन। ‘एउटा हेलिकप्टरमा ५ जनासम्म पाहुना आउँछन्,’ उनले भनिन, ‘नियमित हवाई सेवा त छैन। तर, खर्च गर्ने क्षमता राख्ने पाहुना हेलिकप्टर चढेरै आएका छन्।’

मुस्ताङका प्रहरी प्रमुख डिएसपी भोजराज पाण्डेका अनुसार मुक्तिनाथ नजिकैको हेलिप्याडमा अहिले दिनहुँ जसो हेलिकप्टर अवतरण गर्ने गरेका छन्। हेलिप्याडको सुरक्षा प्रहरीले गरिरहेको छ। जहाँ एकपटकमा आठवटासम्म हेलिकप्टर अवतरण गर्न सक्छन्।

‘यो बेला स्थलमार्ग सकसपूर्ण छ, मोटरबाट आउन उत्ति सहज छैन । ठाउँठाउँमा पहिरो झर्ने र सडक बन्द हुने हुँदा सडक यात्रा सहज छैन। नियमित हवाई सेवा छैन। त्यही भएर हेलिकप्टरमा पाहुना आएका हुन। हेलिकप्टर सयर गर्दै धार्मिक पाहुना आइरहेका छन्,’ उनले भने।

पाण्डेका अनुसार पछिल्लो समय हेलिकप्टरमा आउने पाहुना भारतीय र आन्तरिक बढी छन्, जो बढी रकम  खर्च गर्न सक्छन्। ‘स्थलमार्गको झन्झटिलो आउजाउले पनि पर्यटकको खर्च बढाउने नै हो। किनकि तोकिएको समयमा गन्तव्यमा पुग्न सहज छैन। यो बेला त झन् स्थलमार्गको यात्रा सकसपूर्ण छ। बरु केही रकम थपेर चार्टर गरेर आउँदा हेलिकप्टर पनि महँगो नपर्ने रहेछ,’ उनले भने, ‘खर्च गर्ने क्षमता राख्नेका लागि हेलिकप्टर विकल्प बनेको छ।’ समूहमा मिलेर हेलिकप्टर चार्टर गरेर अहिले आन्तरिक र भारतीय पर्यटक मुक्तिनाथ दर्शन गर्न आउने गरेको उनले सुनाए।

पदयात्रा व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष धर्मराज पन्थीका अनुसार यतिबेला स्थलमार्गको यात्रा सहज नभएपछि महँगो रकम खर्चने व्यावसायिक घरानाका भारतीय र आन्तरिक तीर्थयात्रीले हेलिकप्टर चार्टर गरेर मुक्तिनाथ दर्शन गरेका हुन्।

पन्थीका अनुसार काठमाडौंबाट हेलिकप्टर चार्टर गरेर मुक्तिनाथ आउजाउ गर्दा कम्तीमा साढे ४ लाख रुपैयाँ खर्च हुन्छ। त्यस्तै पोखराबाट मुक्तिनाथ दर्शन गरेर फर्किदा पनि साढे २ लाख रुपैयाँ खर्च हुन्छ।

‘यो बेला भारतीय पर्यटक बढी छन्, जो पर्याप्त रकम खर्चन सक्छन्, ती पर्यटकले हेलिकप्टर चार्टर गरेका हुन्,’ उनले भने, ‘केही आन्तरिक पाहुना पनि छन् । महँगो रकम खर्चन सक्ने पाहुनाले हेलिकप्टर चार्टर गर्ने हुन्।’

पन्थीका अनुसार अरुबेला पाहुनाहरु हवाईजहाजमा पोखरा आउने र पोखराबाट पनि जहाजबाटै जोसमोम हुँदै मुक्तिनाथ दर्शन गरेर फर्किन्थे। तर, अहिले पोखरा–जोमसोम उडान नभएपछि पर्यटकहरु हेलिकप्टर चार्टर गरेर सिधैं मुक्तिनाथ दर्शन गर्न गएका हुन्।

‘महँगो रकम खर्चन सक्ने क्षमता राख्ने पर्यटकले वर्षायामको सिजनलाई उपयोग गरेर यात्रा गरेका छन्। पर्याप्त रकम खर्चनेका लागि हेलिकप्टरले विकल्प दिएको छ,’ उनले भने, ‘महँगा पर्यटक भित्र्याउने बाटो खुलेको छ। यसले नेपालको पर्यटनलाई थप उकास्न सघाउँछ।’
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस