१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

मनकामना केबलकार शुक्रबार बन्द हुने

मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द हुने भएको छ।

केबलकार टावरमा सामान्य मर्मत गर्नुपर्ने भएकाले यही वैशाख ७ गते शुक्रबारका दिन केबलकारको सेवा बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ।

सेवा शनिबारदेखि नियमित सञ्चालनमा आउने प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए।

चितवनको इच्छाकामना गाउँपालिका– ४ कुरिनटारबाट गोरखाको सहिदलखन गाउँपालिका– ३ स्थित प्रसिद्ध धार्मिकस्थल मनकामना माईको मन्दिर जाने भक्तजनको सहजताका लागि २०५५ सालमा उक्त केबलकार सञ्चालनमा ल्याइएको हो। –रासस

प्रकाशित: ६ वैशाख २०८१ १३:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App