१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

रारा पदमार्ग निर्माण अलपत्र

रारा ताल वरिपरि निर्माण हुने रारा पर्यटकीय पूर्वाधार निर्माण आयोजनाको काम अलपत्र परेको छ। निर्माण कम्पनीले जिम्मा लिइएको काम लापरबाहीले गर्दा तीन वर्षदेखि पदमार्गको काम अलपत्र परेको हो।

रारामा पर्यटकीय पूर्वाधार पदमार्ग निर्माणका लागि सरकार संघीय सरकार वन तथा वातावरण मन्त्रालयअन्तर्गत आर्थिक वर्ष २०७८/७९ मा ४५ करोड २९ लाखमा खानी थोदुङ क्याराभान कन्ट्रक्सन प्रालिले ठेक्का पाएको भए पनि काम अझैसम्म हुन सकेको छैन।

योजना निर्माणको जिम्मा पाएको खानी थोदुुङ क्याराभान कन्ट्रक्सन प्रालिका प्रोपाइटर चन्द्र थकालीले आठ करोड पेस्की लिएर काम नगरी योजना अलपत्र पारेका छन्।

राराताल वरिपरि १५ किलोमिटर पदमार्ग सोलिङ, पिसिसि, नालीलगायतका काम अधुरै छन्। तोकिएको समयमा काम सक्नेगरी योजना सम्झौता भएको भए पनि ठेक्का कम्पनीको लापरबाहीका कारण काम अगाडि बढ्न नसकेको जिल्ला वन डिभिजन कार्यालय मुुगुुका निमित्त कार्यालय प्रमुुख अमरप्रसाद साहले बताए।

बहुुवर्षीय योजना २०८२ सालसम्म सक्नुपर्ने भए पनि हालसम्म ठेक्का कम्पनीको लापरबाहीले काम अगाडि नबढेको र ठेक्का कम्पनीको कुनै पनि व्यक्ति सम्पर्कमा नआएको उनले बताए।

‘आठ करोड पेस्की गएको छ, काम अलिकति मात्रै भएको र त्यही पनि अधुरो अवस्थामा छ। तीन वर्षसम्ममा पनि सोचेअनुरूप काम नभएपछि पेस्की फिर्ताको बारम्बार चिठी पठाएका छौं,’ साहले भने।

कार्यालयको तर्फबाट रकम फिर्ताको प्रक्रियागत उपाय पनि अपनाउने र ठेक्का कम्पनीले राज्यको पैसा दोहन गर्ने काम नगर्ने ब्याज मात्र असुली गर्नेजस्तो देखिएकाले सम्बन्धित निकायमा रकम असुलीको पत्र बारम्बार कार्यालयको तर्फबाट पठाउने काम भएको साहले बताए।

यसैबीच रारा, रारा राष्ट्रिय निकुुञ्जका वरिष्ठ संरक्षण अधिकृत राजु घिमिरेका अनुसार रारा राष्ट्रिय निकुुञ्जभित्र पर्यटकीय पूर्वाधार निर्माण हुने भनिएको वर्षौं भए पनि काम नभएको बताएका छन्।

‘रारा राष्ट्रिय निकुञ्जभित्र पूर्वाधार निर्माण हुने भएकाले हामीले अनुुमति मात्र दिइने हो। तर, एकपटक अनुमति लिन आएका बेला कार्यालयको तर्फबाट अनुुमति दिइएका भए पनि काम अगाडि बढ्न सकेको छैन।

काम गर्ने म्याद पनि भएकाले विस्तारै काम सुरु गरौंला भनेर ढिलाइ गरेको हुन सक्ने घिमिरेले बताए। उनले रारा तालमा बन्ने पुल पनि कसले बनाउने भन्ने कुरामा अन्योल भएको बताए। अहिले ठेकेदार कम्पनी नै फरार भएको बुझिएको बताए।

ठेकेदार चन्द्र थकालीका अनुसरा अबका केही दिनमा काम सुरु गर्ने बताएका छन्। आफ्नो अरू ठाउँमा पनी ठेक्का भएकाले स्थानीयलाई जिम्मा दिएर काम ढिलो भएको उनको भनाइ छ।

पर्यटकीय पूर्वाधार निर्माण भए रारा घुम्न आउने पर्यटकलाई सहज हुने छ। अहिले काम नहुँदा एकातिर राज्यको रकमको दोहन भएको छ,भने अर्कोतिर राराको सौन्दर्यमा आँच आएको छ स्थानीयको भनाइ छ।  

प्रकाशित: ६ वैशाख २०८१ २०:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App