२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सवारीको ठक्करले पैदलयात्रीको घटनास्थलमै मृत्यु, ठक्कर दिने सवारी अझै फरार

अज्ञात सवारी साधनको ठक्करले उदयपुरमा एकजना पैदलयात्रीको घटनास्थलमै निधन भएको छ भने ठक्कर दिने सवारी साधनको खोजी भइरहेको छ।

बिहीबार दिउँसो ३ बजे अज्ञात सवारी साधनको ठक्करबाट त्रियुगा नगरपालिका ९ राजाबासका २४ वर्षीय बबी दनुवारको निधन भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एसपी रमेश थापाले बताएका छन्।

उनका अनुसार साथीसँगै बिहेमा जन्ती जान निस्केका बबीलाई मदन भण्डारी लोकमार्गअन्तर्गत गाईघाट–चुहाडे खण्डको राजाबासभन्दा केही पर सुनसान ठाउँमा गाडीले ठक्कर दिएर घटनास्थलमै मृत अवस्थामा स्थानीयले फेला पारेका थिए।

मृतक दनुवारलाई ठक्कर दिएको कसैले नदेखेका कारण भाग्न सफल सवारी साधनको खोजी भइरहेको प्रहरीले बताएको छ।

सडकनजिकै घर भएका उनी आफन्तको विवाहको निम्तो मान्न निस्किएका थिए। प्रहरीले बिहीबार दिनभर मदन भण्डारी लोकमार्गमा चलेका सवारी साधनको अभिलेख लिएर अनुसन्धान गरिरहेको जनाएको छ।

प्रहरीका अनुसार शंकास्पद एउटा मालवाहक साधनलाई शुक्रबार नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ।  

प्रकाशित: ८ वैशाख २०८१ ०९:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App