२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

ससुरामाथि मुद्दा लगाउन धर्नामा बुहारी

सम्बन्ध–विच्छेद मुद्दामा अदालतको मेलमिलाप केन्द्रमा श्रीमान–श्रीमतीबीच छलफल चलिरहेका बेला ससुराले लुकाएर भिडियो बनाउन लगाएको भन्दै बुहारीले ससुरामाथि मुद्दा दर्ता गराउन जिल्ला प्रहरी कार्यालय धनुषाअगाडि धर्नामा बसेकी छन्।

बिहीबार जिल्ला अदालत धनुषाको मेलमिलाप केन्द्रमा छलफल चलिरहेका बेला ससुराले भोगेन्द्रप्रसाद यादवले एक नबालकमार्फत लुकाइछिपाइ भिडियो बनाएर अदालतको अवहेलना र अनुमतिविना भिडियो गरेको भन्दै बुहारी कृतीका यादवले उनीमाथि मुद्दा दिन प्रहरीमा पुगेका थिइन्, तर प्रहरी उनको जाहेरी दर्ता गर्न नमानेपछि बिहीबार रातीदेखि नै उनी धर्नामा बसेकी छन्।

जनकपुरधाम उपमहानगरपालिका ४ का ३३ वर्षीय राजु यादव र ३१ वर्षीय श्रीमती कृतिका यादवकी सम्बन्ध–विच्छेदका मुद्दा जिल्ला अदालतमा चलिरहेका छन्। अदालतले सुरुमा दुवै पक्षलाई मेलमिलाप केन्द्रमा बोलाएर छलफल गराउन आदेश गरेपछि छलफल चलिरहेका बखत एक नबालकले झ्यालबाट भिडियो गरिरहेका थिए।

ती नबालकले भिडियो बनाइरहेको देखेपछि भिडियो किन बनाएको सोधपुछ गर्दा भोगेन्द्रले बनाउन लगाएको भनेपछि उनी ससुरा भोगेन्द्रविरुद्ध जाहेरी लिएर प्रहरीमा पुगेकी कृतिकाले बताइन्।

कसैले अनुमतिविना कसैको फोटो भिडियो खिच्न पाइँदैन तर अदालतमा छलफल चलिरहेका बेला मेरा ससुराले एक नबालकलाई प्रयोग गरी छलफलको भिडियो बनाउन लगाएर व्यक्तिको गोप्यनीयता मात्रै होइन, अदालतको अवहेलनासमेत गरेकाले उनीमाथि मुद्दा दर्ता गराउन आफू प्रहरीमा पुगेको बताइन्।

उनले भनिन्, ‘त्यही दिन म जाहेरी लिएर प्रहरीमा पुगेपछि प्रहरीले मेरा ससुरलाई बोलाएको पनि थिए, तर केहीबेर राखेर उनलाई प्रहरीले छादिदिए। मेरो ससुरालाई प्रहरीले हिरासतमा राखेर मद्दा चलाउनुपर्ने मेरो माग छ।’

कसैले अदालतको बर्खिलाप छलफल चलिरहेका बखत फोटो भिडियो खिच्यो भने उनीमाथि अदालतले आफैं मुद्दा चलाउने हो, यसमा प्रहरीले केही गर्न नमिल्ने धनुषा प्रहरी प्रवक्ता एव डिएसपी रञ्जन अवा बताउँछन्।

उनले भने, ‘उनीहरुको बिहीबार अदालतको मेलमिलाप केन्द्रमा छलफलका बेला भिडियो खिच्नेमाथि मुद्दा दर्ता गर्न भनिरहेको छ, तर अदालतले प्रहरीलाई त्यस्तो केही जानकारी गराएको छैन। प्रहरीले कानुनअनुसार चल्ने हो कसैले कसैमाथि रिसरागका कारण मुद्दा चलाउने होइन।’

शुक्रबार राती प्रहरीले धर्ना छाडी छलफलका लागि बोलाउँदा कृतिका प्रहरी परिसरभित्र जान मानिरहेका थिएन। शनिबार बिहान छलफलका लागि तयार भएपछि प्रहरीले उनलाई महिला सेलमा बोलाएर सो विषयमा छलफल गराइरहेको प्रहरीले जनाइएको छ।

भारतको उत्तरप्रदेश बनारसकी कृतिका यादव र जनकपुरका राजु यादवको आठ वर्षअघि विवाह भएको थियो। कृतिकाकी ६ वर्षकी छोरीसमेत छिन्।

छोरी जन्माएकै कारण राजुले सम्बन्ध–विच्छेदको मुद्दा चलाएको कृतिकाको आरोप छ। राजुले सम्बन्ध–विच्छेदका मुद्दा  दिएपछि कृतिका जनकपुरमै भाडाको घरमा बसिरहेकी छन्।

प्रकाशित: ८ वैशाख २०८१ ११:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App