२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सकिँदै सडकपेटी, हराउँदै पैदलमार्ग (फोटोफिचर)

महानगरजस्ता ठूला सहरमा पैदल यात्रीको सहजता तथा सुविधाका निम्ति सडक पेटीको व्यवस्था गरिएको हुन्छ । अन्तर्राष्ट्रिय मान्यताअनुरूप सडकपेटी कम्तीमा पनि डेढ मिटर चौडा हुनुलाई उपयुक्त मानिन्छ।

पैदल यात्रु हिँड्नका लागि प्रयोगमा आउने भएकै कारण सडकपेटीमा कुनैपनि किसिमका अवरोध हुन नहुने यसको महत्वपूर्ण विशेषता हो। तर नेपालको राजधानी सहर तथा मुलुककै पहिलो महानगरपालिका काठमाडौंंका सडकपेटीको अवस्था बेग्लै छ।

सडकपेटी असाध्य साँघुरा छन् र कतिपय स्थानमा त सडक पेटीको व्यवस्था नै छैन। भएका सडक पेटीमा पनि निर्माण सामग्री छरपस्ट छन् त कतै भत्किएको, बिग्रिएको अवस्था यत्रतत्र छ। यसले सडकपेटीहरु सकिइरहेका छन्, पैदलमार्ग हराइरहेका छन्। 

राजधानी काठमाडौंमा मात्र होइन उपत्यकाभित्रै धेरैतिर सडक पेटीको राम्रो व्यवस्थापन छैन। सडकपेटीहरु निर्माणको पर्खाइमा छन्। लाग्छ सडकपेटी उद्धारको पर्खाइमा छन्। स-साना व्यापारीहरूले सडकपेटीलाई व्यापार गर्ने थलो बनाउँछन्।

एकातिर सडकपेटी खुला तथा अवरोधरहित हुनुपर्ने मान्यता छ भने काठमाडौंका सडक पेटीको अवस्था त्यसको ठिक विपरीत पाइन्छ। 

न्युज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका लथालिङ्ग र भताभुङ्ग सडकपेटीका केही तस्बिरहरू : 

प्रकाशित: ८ वैशाख २०८१ १५:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App