२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बार्सिलोनामा विदेशी पर्यटकलाई नेपालीहरुले दिए भरतपुर भ्रमणकाे निम्तो

भरतपुर भ्रमणका लागि स्पेनमा रहेका नेपालीहरूले यहाँका नागरिकहरूलाई निम्तो दिएका छन्। 

बार्सिलोना स्थित साग्रदा फामिलिया अगाडि नेपाली जन प्रगतिशील मञ्च स्पेनले आयोजना गरेको ‘नेपाल पर्यटन प्रवर्द्धन तथा नेपाली नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान कार्यक्रम’ मा नेपालीहरूले भ्रमणको निम्तो बाँडेका हुन्।

उनीहरुले चार सय बढी विदेशी पर्यटकलाई भरतपुर भ्रमण वर्षको पीन समेत हस्तान्तरण गर्दै गन्तव्यबारे जानकारी गराएका थिए।

कार्यक्रममा नेपाली विभिन्न जातजाति, भाषा संस्कृति झल्केका तमु समुदाय, मगर समुदाय, तामाङ समुदाय, क्षेत्री समुदाय, आर्य खस समुदाय, मोना स्पेन, नेपाली पाठशालाका स-साना कलाकार नानि बाबुहरूले आ-आफ्नो प्रस्तुतिहरू दिएका थिए।

साे कार्यक्रम करिब १० हजार पर्यटकले अवलोकन गरेको मञ्चका महासचिव तथा कार्यक्रमका संयोजक सूर्य प्रसाद सापकोटा धिरजले जानकारी दिए।

सांस्कृतिक कार्यक्रम सहित नेपाल पर्यटन बोर्डले तयार गरेका नेपालका गन्तव्य सम्बन्धी प्रचार सामाग्रीहरू, भरतपुर महानगरपालिकाले तयार गरेका भिजिट भरतपुर २०२४ सम्बन्धी प्रचार सामाग्री, झन्डा, पोष्टर, लोगो, पम्पेलहरू, भिजिट नेपाल लेखेका टिसर्टहरू, पोस्टरहरू, नेपाली झन्डा, ढाका टोपी सहितका स्टलमा विदेशी पर्यटकको बाक्लो भिड देखिएको थियो।

प्रकाशित: १० वैशाख २०८१ २०:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App