धनुषाको शहिदनगर नगरपालिकाको कार्यालयमा आफ्ना समर्थकसहित तालाबन्दी गर्न पुगेका वडाध्यक्षलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सोमबार वडा नम्बर-६ का वडाध्यक्ष उमेश कुमार निराला नेतृत्वमा तालाबन्दी गर्न पुगेका समूहले नगरपालिकामा तोडफोड गर्न थालेपछि उनहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
नगरपालिकाका शिक्षा शाखा प्रमुख विश्वनाथ यादवलाई जिम्मेवारीबाट हटाउनु पर्ने माग राख्दै नगर परिसर पुगेका निराला समूहका प्रदर्शनकारीहरूले कार्यालयमा ढुङ्गामुङ्गा गरेपछि स्थिति नियन्त्रणका लिन उनीहरुलाई पक्राउ गरिएको धनुषा प्रहरीका सूचना अधिकारी एवं डिएसपी रञ्जन अवाले जानकारी दिए।
उनका अनुसार प्रदर्शनकारीको ढुङ्गामुङ्गाबाट सुरक्षार्थ खटिएका दुई प्रहरी सामान्य घाइते भएका छन्।
निराला नेतृत्वका प्रदर्शनकारी समूहले नगरपालिकाको कार्यालयभित्र प्रवेश गर्न खोज्दा प्रहरीले उनीहरूलाई गेटमा रोकेको थियो। पछि गेट अगाडि टायर बालेर नगर प्रमुख यादवविरुद्ध नाराबाजी गर्दै प्रदर्शनमा उत्रेका थिए।
भित्र छिर्न नपाएपछि आक्रोशित बनेका प्रदर्शनकारीहरूले बाहिरबाटै नगरपालिकाको कार्यालयमा ढुङ्गामुङ्गा गर्दा कार्यालयको परिसरमा राखिएको गाडीको सिसा समेत फुटेको छ। स्थिति नियन्त्रणमा लिन प्रहरी एक राउन्ड अश्रुग्याँस प्रहार गर्नुपरेको डिएसपी अवाले बताए।
शिक्षा शाखाका प्रमुखलाई हटाउन वडाध्यक्ष निराला निरन्तर आन्दोलन गर्दै आएका छन्। यसअघि पनि सोही समूहले शिक्षा शाखा प्रमुखको कार्यालयमा तालाबन्दी गरेका थिए। तर नगर प्रमुखले कार्यपालिकाको १९ मध्ये १८ सदस्यको हस्ताक्षरसहित ताला तोडेका थिए।
तृतीय श्रेणीका शिक्षकलाई नगरपालिकाको शिक्षा शाखा प्रमुख राख्न नपाइने भन्दै वडाध्यक्ष निराला विगत ५/६ महिनादेखि आन्दोलन गर्दै आएका छन्। तर केन्द्रले विद्यालय निरीक्षक (बिनि) नपठाएसम्म यादवलाई राख्ने कार्यपालिकाले निर्णय गरेको छ।
नगर प्रमुख यादव र वडाध्यक्ष निराला जनता समाजवादी (जसपा) नेपालबाट निर्वाचित हुन्।
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।
चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।
त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्यो।
सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्यो भने भुवन खड्का ५५ मतमा सीमित भए।
अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।
त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।
नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।
पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।
समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...